एनआरएनएको ‘बृहत एकता’ संवाद

Spread the love

वर्तमान परिस्थितिमा गैर आवासीय नेपाली संघलाई थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि साझा समाधान खोज्नु अत्यन्त आवश्यक भएको भन्दै सोही आवश्यकता पूर्तिका लागि ११ मार्चमा नेपालको समय : बेलुका ५ बजे ‘बृहत एकता’ संवाद कार्यक्रम आयोजना गरिएको थियो जुम मार्फत । सहभागीको संख्या बढ्दै गएर ४०० कटेको थियो र कार्यक्रमलाई फेसबुक मार्फत लाइभ पनि गरिएको थियो । कार्यक्रम शुरु भएको करीब २ घन्टापछि भने सहभागीको संख्या घटना शुरु गरेको थियो । वक्ताहरुमा सबै पूर्व अध्यक्ष लगायत गैर आवासीय नेपाली संघका केही उल्लेख्य ब्यक्तिहरु थिए, तर कार्यक्रममा पूर्व अध्यक्षद्धय शेष घले र देव मान हिराचन मन्तब्य दिने बेलामा नदेखिएपस्चात अनुपस्थित रहेको थाहा लाग्यो ।

अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षको रुपमा डा बद्री केसी र अन्य ४ पूर्व अध्यक्षहरु बोलेपस्चात संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास र एनआरएनएकी पूर्व संरक्षक इन्द्रा बनको मन्तब्यपछि मात्रै मन्तब्यको रुप फेरियो । त्यस अघिका मन्तब्यहरु भाषण मात्रै जस्तो भएको र समाधान Action-oriented कुरा आउन नसकेको आवाज उठ्यो । कार्यक्रमहरु फोटो सेसन जस्तो र खादामुखी बन्नु र समयको महत्वलाई कहिल्यै पनि ध्यानमा दिन नसक्नु दु:खदायी भएको स्विकारोक्ति आए ।

त्यस अघि नै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनएमा उत्पन्न परिस्थितिले एनआरएनए भन्नै लाज मान्नु पर्ने अवस्था सिर्जना भएको बताउँदै लचकता अपनाउँदै एकता हुन सक्ने अवस्था नआए गैर आवासीय नेपाली संघ उच्चस्तरिय समितिमा नबस्ने बताएका थिए, तर संस्थापक अध्यक्ष र एनआरएनएको ईतिहास दुई पटक अध्यक्ष हुने एक मात्रै ब्यक्ति भएको कारण महतोले त्यसो भन्नुको अर्थ एनआरएनएलाई एकताबद्ध गराउने जिम्मेवारीबाट पन्छेको आरोप लाग्ने भएकोले उनीबाट त्यसो गरिनु हुन्न ।

उक्त कार्यक्रम भएको एकाध दिनमा नै “गत अप्रिल २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्ण पाठ पनि प्राप्त भयो । अदालतको फैसलाको ६ महिना पछि अक्टोबर २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो। उक्त निर्देशन प्राप्त भएको ३० दिन भित्र १९ नोभेम्वर २०२४ मा उच्चस्तरीय समितिको पहिलो बैठक बस्यो। त्यस संगसंगै ६ महिना भित्र अन्तरराष्ट्रिय साधारण सभा आयोजना गर्नु पर्ने समयावधि पनि शुरु भयो,” भन्दै एनआरएनएको सिड्नी भेलामा गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन ।

११ मार्चको कार्यक्रममा पूर्व अध्यक्षद्धय शेष घले र देव मान हिराचन अनुपस्थित रहेको देखिनुको कारण अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षको रुपमा डा बद्री केसी भएर कार्यक्रम आयोजना गरेको देखिनु हुन सक्छ । किनकि सर्बोच्च अदालतको निर्णयले अन्तर्राष्ट्रिय समन्वय परिषदलाई शेष घले अध्यक्ष भएको अवस्थामा फर्काएको छ ।

एनआरएनएका उच्चस्तरिय ब्यक्तिहरु यसरी आ-आफ्नै अडानमा बस्ने र आरोप प्रत्यारोपमा नै केन्द्रित हुने हो भने एनआरएनएको एकता सम्भव छैन । यस्को अर्थ संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनएमा उत्पन्न परिस्थितिले एनआरएनए भन्नै लाज मान्नु पर्ने अवस्था सिर्जना भएको भन्ने आशयको भनाइले सार्थक रुप लिनु हो । अत: डा महतोले गैर आवासीय नेपाली संघ उच्चस्तरिय समिति छाड्ने अभिमत जाहेर गर्नुभन्दा पनि घलेद्धारा सर्बोच्चको निर्णय अनुरुप आगामी मे महिनामा काठमान्डौंमा महाधिबेशन गर्न गैरहेको देखिएकोले अबिलम्ब गैर आवासीय नेपाली संघ उच्चस्तरिय समितिलाई अत्यन्तै कृयाशिल तुल्याएर फुटबाट जोगाउनतिर लाग्नु नै श्रेयकर देखिन्छ ।

श्रोत: आजको सान्दर्भिक बिषयबस्तु भएको कारण लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुक पेजबाट लिइएको @Ramkshrestha