पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक

Spread the love

काठमान्डौं: नेपाल आइडल सेसन २ को २७ औं एपिसोडमा बाँकी रहेका आठै प्रतिस्पर्धीहरु बिभिन्न नेपाली भेषभुसामा सजिएर लोकगीत बिशेष एपिसोडको रुपमा आयोजित एपिसोडमा सबैले निर्णायक मण्डलले सोंच्दै नसोचेको स्तरको प्रस्तुतिका कारण जयनन्द लामा अचम्म मान्दै खुशीले गदगद भएको हाउभाउ स्पस्ट देखिन्थ्यो भने  निर्णायक सदस्य इन्दिरा जोशीद्धारा पिपिपि उपनाम पाए र न्ह्यू बज्राचार्यलाई खुशीको आँशु झार्न वाध्य पारिदिंदै  “चमत्कारी मान्छे” बिशेषण पाए । उनै  पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक भएको छ आफ्नै शब्द, संगीत र संगीत संयोजनमा ।

गायक पवन आफैँले भिडियोको निर्देशन गरेको उक्त गीतमा अभिनेत्री प्रतिभा रानीको अभिनय  छ । म्युजिक भिडियो Pawan Giri युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीत ‘वास्तविकता’ जीवनका यथार्थ, भोगाइ र भावनालाई आत्माबाट उब्जिएको स्वरमा अभिव्यक्त गर्न खोजिएको एक सांगीतिक यात्रा हो । झुटो मुस्कान, बनावटी सम्बन्ध र मुखौटाको भीडमा हराउँदा जीवनले दिएको चोट र सिकाइबाट जन्मिएको हिम्मतलाई गीतको केन्द्रबिन्दु बनाइएको छ ।

यस गीतमा गिरीले जीवनका जटिल पक्षलाई गहिरो र विश्लेषणात्मक दृष्टिकोणबाट प्रस्तुत गरेका छन जसले श्रोताहरूसँग एक गहिरो भावनात्मक जडान स्थापित गर्ने विश्वास गरिएको छ।

ललितपुरको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा सम्पन्न ‘वास्तविकता’ को प्रीमियर समारोहमा नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका चर्चित संगीतकर्मी, सञ्चारकर्मी तथा गायक-गायिकाहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा बोल्दै गlरीले भने, “यो गीत मेरो जीवनका केही अनुभूति र देखेका यथार्थ घटनाहरूको प्रतिनिधित्व हो। दर्शक(श्रोताले यसलाई आत्मासँग जोड्नेछन् भन्ने विश्वास छ। यो  गीत सबैलाई समर्पण गर्न चाहन्छु, जसले हाम्रो समाजका वास्तविकतालाई सही तरिकाले प्रस्तुत गर्दछ। तपाईंहरूको निरन्तर माया र प्रेरणाले मेरो लागि अपार मूल्य राख्दछ।’