दुबई, युएई !
करोडौ यात्रुले यात्रा गर्ने दुबई मेट्रोको यात्रा सहज छैन | यंहा मानिसहरु हतार हतार र तंछाड-मछाड गर्दै आफ्नो कामका लागि भागिरहेका देखिन्छन | यँहा कसैलाई कसैको वास्ता छैन, न कसैले कसैलाई बोलाउने गर्छ, नत कसैले कसैलाई चिने झैँ गर्छ | नचिनेझैं गरे भनौभने पनि यंहा करोडौ यात्रु भएनी, आफु आउने जाने समयमा चिनेका मानिस कमै भेटिन्छन | र धेरै मानिस इन्टरनेट खोलेर यात्रा अबधिभर समाजिक संजालमा नै रमिरहेका, च्याट गफगाफमै व्यस्त रहेका हुन्छन | अनि कहिले काँही त अफिस टाइम र सार्वजनिक बिदाको दिनमा यति ठुलो भिड लाग्छ | हामी हिन्दुहरु तथा बौध्द्द धर्मावलम्बीले मनाउने कुनै पर्व मेला झैँ रंगिचंगी भेषभुषामा सु-सज्जित मानिसहरुको लर्को हुनेगर्छ | मानिस कोहि छुट्टी मनाउन आएका बिन्दास भेटिन्थे भने केहि मानिस कार्यालय पुग्न हतार गर्दै भिड छिचोल्दै अघि सर्न निकै संघर्ष गर्दै पनि हुन्थे | यस्तो लाग्थ्यो ‘ गोकर्ण मेला ‘ ‘ पशुपतिको बोलबम मेला ‘ ‘ बर्ह्बर्शे गोदावरी मेला ‘ वा तराईको छठ मेला ‘ भनौ वा हिमालको ‘ सोनाम ल्होसार मेला ‘ झैँ भिडभाड युक्त मानिसको उपस्थिति ‘ दुबई मेट्रो ‘ मा हुने गर्छ |
आज पनि सार्वजनिक बिदा युएईको एकता दिवस डिसेम्बर २ को अवसरमा DEC १, २, ३ तोकिएपछी ‘ सोलिडारि डे ‘ संघारमा मनाउने चलन रहेको छ | मलाई त्यो बुर्जुमान मेट्रो स्टेशन को भिडले आकुल-ब्याकुल गरेको थियो जँहा ‘ ग्रिन लाइन ‘ र ‘ रेड लाइन ‘ गरेर दुइतर्फी रुपमै करिब चार रेल को जमघट एकैपटक हुने गर्छ | जसमा एक रेलमा कम्तिमा एक पटकमा एक हजार यात्रुको मात्र हिसाब राखे नि चार हजार मानिस भेला भएका थिए | खचाखच र मानिसको भिड भरिभराऊ नै थियो | उक्त भिडबाट बाहिरिंदै ” जुनेली ” म भएतिर आइन | म केहि संयमित भए, मेरो पाइलाको डेग जुन द्रुतगतिमा थिए, अटोमेटिक ब्रेक लाग्यो | मेरो गति ६० बाट झरेर २० को गतिमा हिंडेको गाडी जस्तै सुस्त भयो | केहि मानिसको आवत-जावत भइरहेपनि मैले हेर्दाहेर्दै उनि लिफ्ट नजिक पुगिसकेकी रहेछिन | म अलि छिटो हिंडे र एकै लिफ्टमा हामी बाहिर ( exit ) तिर पुग्यौ | म अझ नि हतार मै रहेछु, मैले तब महसुस गरे जब बाहिरिने क्रममा ४ नम्बर गेटबाट इमिरेट्स एन बि डी ब्यांक पुग्दै गर्दा को त्यो ओरालो फुटपाथ पुगे | मलाई अचम्म संग चेत खुल्यो कि ! म पछी आउने ति जुनेलीले यँहाबाट कसरि ‘ ह्विल-चेयर ‘ मा यात्रा गर्न सक्लिन ? म सोच्नथाले र एकछिन टक्क अडिए |
आफ्नै सुरमा यात्रारत हजारौको भिडमा एक्ली जुनेली मन गह्रुङ्गो भयो | र म उनलाई सहायता गरौ भनि आफु पछी फर्केर उनि छेउ पुग्न खोजें, म नपुग्दै जुनेली लाई सहायता गर्ने अर्को एक नारी हात ‘ ह्विल-चेयर ‘ धेकल्दै मलाई पछी पार्दै अघि बढे | म फेरी वाल्ल परें, सोध्न पनि सकिन, र भन्न पनि सकिन कि ! सुन्नुस त ! म लिएर जान्छु ? यो शब्द मेरो रुद्रघन्टी मा आएर अड्कियो | अब म पछी थिएँ र अघि बढ्दै गरेका जुनेली र जुनेलीको सहायक जुनेली मेरो अघिल्तिर | मैले ति फिलिपिन्सकी झैं देखिने महिलालाई सोध्न खोजें | तपाई त् निकै सहयोगी हुनुहुँदो रहेछ, साँची तपाइको नाम के होला ? तर फेरी सोचें के कारणले पो ति अपरिचित को म परिचय मागौं र फेरी म चुप बसें | मैले त्यसबेला सम्म मेरो पाइन्टको खल्तीमा रहेको मोबाइल हातमा झिकिसकेको थिए र थाहा नपाउने गरि पछाडीबाट दुई ओटा तस्विर निकालीहालें | मलाई केहिले युएईको फोटोग्राफर उपनाम दिएकाछन | साएद ! मेरो केहि नौलो कुरा देख्यो कि क्लिक गरेर राख्ने बानीलाई मन पराइदिएर यो नामदिएका हुन | त्यसो त म दैनिक १० भन्दा; माथि मोबाइलमा र बिदाको दिनमा DSLR बोकी हिंडे भने दुईचार सय फोटो निकाली हाल्छु | जिन्दगीमा कुनै त्यस्तो कुलत लागेन तर फोटो र लेख्ने कुरामा भने नौअठो लत बसेको छ | तिनै जुनेली को ‘ व्हिल-चेयर ‘ धकेल्दै जुनेलीलाई अप्ठेरो बाटोमा सहयोगी बनेकी उनलाई तस्विरमा यसरि उतारे |
सहयोगीको साथमा जेब्राक्रस बाट बाटोकाट्दै जुनेली |
जब जुनेलीलाई छोडी उनि साएद ! आफ्नो कार्यालय जानु फिर्ता भइन | सहयोगी महिलाको साथले इरानी बैंक नपुग्दैको बस स्टेशनमै रोकिएकी जुनेलीसंग मैले भेट गरें | विदेशमा नचिनेको मान्छेसंग बोल्न जो कोहीलाई अप्ठेरो लाग्ने गर्छ तर मैले जुनेलीसंग बोल्न कुनै संकोच मानिन | मलाई यस्तो लाग्दैथ्यो यो मेरो उनीसंगको पहिलो भेट होइन | हामी पहिले नि भेटेका, चिनेका र बोलेका झैँ आत्मविश्वास पलाएर आयो र सोधें ” कंहा बस्नुहुन्छ, म सहयोग गरौँ ? ” म अल्फहिदी बस्छु | मात्र भनेर उनि मौन भइन | मैले उनको मौनतामै हुन्छ भनेझै बुझें र म उनको व्हिल-चेयर लाई अगाडी बढाउन थाले | केहि पर आएपछि मैले नै भनें, मेरो बस्ने नि नजिक हो ! तर म तपाईलाई आज पहिलो चोटी देख्दैछु | उनि म तिर हेर्दै फेरी चुप बसिन | सोचें अपरिचितसंग बोल्न अप्ठेरो लाग्यो होला | र अघि बढिरहे |
एकैछिनमा याद गरे र फेरी सोंधे ” आज बिदाको दिन होइन र ! कता गएर आउनु भएको त यो चार बजे ? ” प्रश्न मेरो सकिन नपाउँदै उनि बोलिन | ” आज त बिदा थिएन तर भोलि र पर्सि शनिवार बिदा छ | ” अनि काम चै कता हो ? बिजनेस बे भन्ने जबाफ आउन नपाउदै सोधे त्यति टाढा, ( DAILY UP & DOWN ) दिनकै आउने जाने ? टाढा होर, मेट्रोले लगिदिहाल्छ नि भन्ने जबाफ आयो |
यो जवाफले नै म बिश्वस्त भएँ उनमा कति धेरै आत्मविश्वास रहेछ | र आफ्नो खुट्टा नचलेपनि हात र सरिरको सहाराले दैनिक दुइ तिन घन्टा यात्रा गर्दा नि नैरसियता सानो झल्को नि उनको मुहारमा थिएन| त्यतिबेला म आफूतिर हेर्दै आफैंलाई बेग्लै देख्न थालिसकेथे |
अनि अघिको कुरा जोड्न खोजे ! ” बाटोमा संधै सहयोगी भेटिन्छन र बाटो काट्न अनि अप्ठेरो छिचोल्न गाह्रो हुन्न ? ” यतिखेर उत्तर मैले खोजेजस्तो आएन | र म झन्डै आफ्नो प्रश्नको लागि माफी माग्न लागिसकेथे | उनको जवाफ थियो | ” किन र ? यति धेरै प्रश्न ? के जानकारी चाहिएको होर ? तपाई को हो ?
प्रश्नमाथिको प्रतिप्रश्न ले म नै तिन छक्क परें | मानिसको गुण अबगुण जे भन्नुस, मानिस आफुले अपेक्षाकृत नहुँदा बिचलित हुने गर्छ | तर म झन आफ्नो प्रश्नको जवाफ नजिक पुगेको झैँ आत्मविश्वासी भएँ | र जवाफ दिएँ |
” म तपाइको भाईजस्तै हो ! बरु ! मलाइ फेरी भेट्दा, वा देखेमा भाई भनेर बोलाउनु ल | ” सुन ! तिमि त बाठो र बोलैया रैछौ | मेरो बारे किन जान्न चाहन्छौ मलाई सरोकार छैन | तिम्रो जवाफ म दिन्छु | ” भनिन |अनि भन्नु न त यँहा सबै मानिस आफ्नै काम-कुरोमा व्यस्त हुने गर्छन | दुबई मेट्रो को त ! कुरा नगरौं, संधैभरी भिडभाड अनि कोलाहलको यात्रा हो | मेरो काम एक बहुराष्ट्रिय कम्पनि हो, म त्यंहा प्रशाशनिक सहायिका को पोस्ट’ मा कार्य गर्छु | दैनिक जसो हप्ताको छ दिन कार्यालय जान्छु | यो त संयोगमात्र हो ! कहिलेकाँही केहि मानिसले आफ्नो फुर्सद निकालेर मलाई बाटो काट्न र अप्ठेरो, उकालो चढ्न सहयोग गर्छन | तर अन्य दिनमा म एक्लै हिड्ने गर्छु | ” गाह्रो हुन्न र ? ” उनि मुस्कुराईन | म पनि फिस्स हाँसे | आफुले जान्ने भएदेखि म एक्लै हिड्ने गरेको हुँ | मेरो देश … ( अन्यत्र नबताउने सर्तमा ) हुँदा यति सफा फराकिलो र समथर जमिन नभएकै ठाममा घाम पानी, हिलो धुलो नभनी यात्रा गरें | यो त ति ठाम हेरी स्वर्ग हुन |
” ए ! काम गरे अनुसार पारिश्रमिक पाउनु भाछ त ? ”
” मैले प्रशसनिक फाँटमा काम गर्छु | हाहा ,, म त खुशिसाथ भन्छु, मेरो तलव ७००० ( नेपाली दुइलाख ) हो | अन्य आम्दानी कहिलेकाँही आउने गर्छ | र कुरा गर्दै जाँदा उनले आफु एम बि ए ग्रादुयेट महिला र पहिले देशमा शिक्षिका हुँ | उक्त कम्पनीको अन्तरवार्ता टोलि संग प्रत्यक्ष रुपमा समावेश भइ, प्राक्टिकल, मौखिक ( ORAL ) परिक्षा नै पास गरि युएई को दुबई आएकी बताइन | उनको सारीरिक दुर्वलता भन्दा मानशिक क्षमता निकै माथि रहेछ | जसले उनलाई आत्मविश्वासी, निडर, स्वाभिमानी र निर्भिक भएर बाँच्न सक्षम बनाएको छ | हामी केहि मानिस देख्छौ | जो सारीरिक रुपमा सक्षम देखिए पनि मानसिक रुपमा दुर्बल र पराजित छन, जसले भन्ने गरेका हुन्छन ‘ भाग्य नै छैन | के प्रयास गर्नु जति खेरै भने जस्तो केहि हुन्न | र ति प्रयास गर्न छोडीदिन्छन तर जब म जुनेली’ संग नजिकिए र यति संघर्षको कहानी छोटो समयमै जान्न पाए | म त अघिको म नै रहिन | उनीले ” मेरो बस्ने यतै हो | अब म जान सक्छु | ” भनिन |
” टेक केयर ! सिस्टर | BYE ! यु टू टेक केयर, गड ब्लेस यु भन्दै मुसुक्क हाँसेर जुनेली विदा भईन |
बिदा मागेसंगै छुटे | अलि पर आए, ठिंग उभिए | म मेरो हात हेर्नथाले, खुट्टा हेरें, कान छामे, नाक, मुख आँखा सुम्सुमाए र चिसो मन गरेर एकछिन टक्क मुर्ति झैँ उभिएँ | अघिसम्म म आफैंलाई अभागी, पराजित मानसिकता भएको पाउंथे | हो ! म पराजित मानसिकताले ग्रस्त थिएँ | मसंग सग्ला दुइ हात खुट्टा छन, म राम्रोसंग हिड्न डुल्न र दौडन सक्छु | म राम्रोसंग सुन्न, बोल्न र हेर्न सक्छु | म त भग्यमानी पो रहेछु | तर अस्ति एकचोटी प्रयास गर्दा आफुले सोचेजस्तो नतिजा आएन भनेर लगभग, प्रत्यक्ष चिनेका, सामाजिक संजालबाट जोडिएका सबै सबैलाई गुनासो तथा आफ्नो पराजित सोच अनि बिचलित म बारे भन्न भ्याएको थिएँ | एकचोटी को प्रयास लाइ नै ठुलो मेहनत झैँ मानेर, त्यत्रो मेहनत गरें, तर केहि हात लागेन, फेरी फेल भएँ | यसरि आफुले आफुलाई नै पराजित घोषणा गरि धेरैलाई दुख बाँडे | कतिको लागि म हाँसोको पात्र बने होला, कतिले मेरो मजाक बनाएर अरुलाई नि चुटकिला झैँ हंसाउन भ्याए होला |
तर अब म नयाँ म भएको थिएँ | एकदिनको संघर्षले केहि हुने रैनछ आज मैले जुनेली लाइ भेटेपछी थाहा पाएँ | ति दिनकै संघर्ष गर्छिन तर उनले मसंग बोल्दै गर्दा दिएको मिठो मुस्कान, कुराकानीको बिचमा खित्का छोडेर आफु हास्ने र अरुलाई नि हँसाउने खालको हर्कत गरेको देख्दा लाग्यो | दुख पिडा र संघर्षले नै मानिसलाई मानिस बनाउने गर्छ जसरि फलामले आगोको राप र घनको चाप सबे सहेर तरवार बन्छ | कोइलाको पत्थरभित्र जसरि हिरा भेटिन्छ त्यस्तै दैनिक प्रयास बाट नै जिन्दगीमा असली सफलता मिल्ने गर्छ | जुनेलीले मलाई आफ्नो कहानी मात्र सुनाइनन | उनि ति संघर्षको भुमरीमा फसिरन्ह्दा, शारीरिक असक्षमताको भागी बन्दा र दैनिकी चलाउन यात्रा गर्दा भोग्नुपर्ने कष्टबीच पनि ति चम्किलो मुहारमा दाँत टलक्क टल्काएर हाँसो छोडी भन्दैथिन | ” जिन्दगिको परिभाषा बुझ्न चाहन्छौ भने सोध्न छोड ! संघर्ष गर, संघर्ष मै जिन्दगि भेटिन्छ |
यस्ता हजारौ प्रेरणामुलक चिज हामी वरिपरी नै छन | तपाई निराश नहुनुस, सुन्नुस, पढ्नुस, ति कथा जो हाम्रो जीवनमा प्रेरणा बोकेर आइरहनेछन | जुनेलीले मलाई अझै प्रयास गर्ने, संघर्षशील जिन्दगि जिउने प्रेरणा दिएर गएकी छन | उनलाई लाख लाख धन्यबाद ! संधै यस्तै रहनु, सबैलाई जीवन जिउन प्रेरणा दिनु र तिमि जीवनमा सफल हुनु | मैले फेरी भेट्दा तिम्रो अझ प्रगति भएको देख्न र सुन्न पाऊ | जुनेली तिमि ‘ जून ‘ झैँ चम्केर सबैलाई प्रेरणाको उजेलो छरिरहनु | तिमी जँहा छौ र जे छौ, स्वस्थ रहनु, व्यस्त रहनु , प्रगतिले शिखर चुम्नु मेरो भगवान संग यही प्राथना छ |
( बिदेशी अपांगता भएकी महिलासंगको वास्तविक भेटघाट र सत्यघटना )
प्रल्हाद दाहाल | (प्रेम शर्मा )
यसका लेखक बिगत ७ बर्षदेखी दूबई युएईमा कार्यरत छन |