ज्वाला संगौला, टोकियो,
होटलमा कार्यकर्तालाई खुवाएको बिल नतिर्ने, बाढीले सप्तरी डुबाईरहँदा काठमाण्डौका साँघुरा नाइट क्लब ब्यबस्थित गरिनुपर्छ भनेर माँग राख्ने , बिदेश भ्रमण जाँदा भुँइसी बाँध्ने दाम्लोभन्दा मोटो सुनको सिक्रीले घाँटी पासो लाउने आर्जु रानी तथा देश गरीब छ भन्ने जान्दाजान्दै सुरक्षाको लागि करोडौंको बुलेटप्रूफ़ गाडी माँग गर्ने, राष्ट्रपतिको सपथ खाएका दिन “आज कस्लाई सबैभन्दा बढी सम्झनु भएको छ?” भन्ने प्रश्नको जबाफमा आफ्नै शिरमाथी भित्तामा फ्रेम गरिएको मदन भण्डारीको फोटो बिर्सने बिधा रानी जस्ता गणतन्त्रका दुईटी सम्पन्न महारानीहरु भन्दा त परिवर्तनका सुनौला सपनाहरु बोकेर हजारौं युवाहरुको बुलन्द आवाज बोल्ने यी दुई कलिला अनुहारहरु नै मेरालागि प्रेरणाका स्रोत हुन्।यस्ता युवाहरुको क्षमतालाई तिखारेर नेतृत्व गर्ने र बिना कुनै लालच आफ्नो सुखसयल र आरामको जिन्दगी तिलान्जली दिएर देशको भलो चाहँदै राजनीतिको फोहोर सफा गर्न होमिएका रबीन्द्र , सुर्यराज र उज्जवल जस्ता सच्चा ,इमानदार र पढेलेखेका देशभक्तहरुलाई हराउने काला कंशहरुका बिरुद्द लड्न भएपनि आफ्नै देश फर्कनु पर्ने रहेछ भन्ने सोचाईले उद्वेलित बनाईदिएको छ। रबीन्द्र र बाबुरामले हारेभने आउँदिन भन्दै थिस् त अब के गर्छस् भन्न थालेका छन् कोहि केहि मान्छेको अनुहार दुरुपयोग गरेर भेडा बनेका जन्तुहरु ! तर खुरुखुरु गुण्डा, भ्रष्ट र माफियालाई बारम्बार बोक्ने तिमीहरुका बोसोले पुरिएका थलथले काँध खुईल्याउन भएपनि पनि नेपाल नआई नहुने भो। जे गर्छ समयले गर्छ मित्र। त्यसैले अबको पाँच बर्षपछि तलको तस्वीरमा जरुर अर्को अनुहार थपिने छ ..! म कहिले नेपाल फर्कन्छु भन्ने नकचरो चिन्ताले हिजोदेखि निंद हराम भएका ल्वाँठ महोदयहरु सबैलाई मेरो यति ख़्याल राखेकोमा धन्यबाद। तर आफूहरू पनि भेडाको दिमाग दोबाटोमा सेलाएर मान्छे बन्ने कोशिस गर्नु ..!
“A man can be destroyed but never be defeated”.?
#जययुवा