महेश नेपाल,
एक समयको कट्टर राजतन्त्र बिरोधी मान्छे हुँ म । जन आन्दोलनमा पानीको भरमा तातो घाममा रगत उमालेर, घोक्रो सुकाएर, ज्यानकै बाजि लगाएर ३ हात माथी उफ्रीने मान्छे हुँ म । अझ कमल थापाले जनाअन्दोलन दबाउन बोलेका हरेक शब्द सुन्दा रगत उम्लिएर काँचै खाउँ जस्तो लाग्ने मान्छे हुँ म । समयले कोल्टे फेर्यो । अब म राजतन्त्र जिन्दाबाद भन्ने अवस्थामा पुगेको छु । जब बिश्वकै एक मात्र हिन्दु राज्य नेपालको अस्तित्व मेटेर, डलरमा हाम्रो धर्म बेचेर धर्म निरपेक्ष बनाईयो त्यसपछी कमल थापा जिन्दाबाद भन्न थालेको मान्छे हुँ म ।
भन्नेले त भन्लान आफैले थुकेको चाट्यो भनेर । हो मैले आफैँले थुकेको चाटेको हुँ किनकी मलाई मेरो देश भन्दा ठुलो मेरो ब्यक्तिगत इज्जत छैन । “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे…” – भाषा बेचियो चुप बसियो, पोशाक बेचियो चुप बसियो, धर्म बेचियो अझै चुप बसियो अब देशनै लिलाम हुन लाग्यो मेरो धर्मले अब सहन सकेन । हो छबिलाल काका राजनितिमा जे पनि सम्भब हुने रहेछ । तपाईको एमाले संग स्वाट्टै दुरी घटे जस्तै मेरो पनि राजतन्त्र संग, नेपाली सेनासँग र कमल थापाहरु संग स्वाट्टै दुरी घट्यो । मेरी आमाले सानामा भनेको भनाईले झनै मलाई हौस्यायो र प्रेरणा दियो ‘नहुनु मामा भन्दा कानो मामा नै जाती’ । (माफी चाहन्छु शारिरिक अपाङ्गता भएका दाजुभाई दिदी बहिनिहरुमा)
देश टुक्राउने ग्राइण्ड डिजाईनर सिके राउत खुलम खुल्ला भुक्दै हिँड्न हुने, १७ हजार नेपालीको रगत चुस्ने आतँककारी प्रधानमन्त्रीको कुर्सिमा बिराजमान हुन हुने, राष्ट्रपती, उपराष्ट्रपती बन्न मिल्ने, ईष्ट ईण्डिया कम्पनीको दास भारतिय बिस्तारबादीको बफादार कुत्ता बिमलेन्द्र निधि देशको गृहमन्त्री हुन मिल्ने, आङ्काजी शेर्पा जस्ताले दिनदहाडै खुलमखुल्ला जातिय सद्भाव बिथोल्ने भाषण ठोक्न मिल्ने, राजेन्द्र महतो, महन्थ ठाकुर जस्ता गद्दारहरुले जे सुकै भुके पनि हुने अनि कैयौँ टुक्रामा बिभाजित नेपालको भुमिलाई जोडेर २३७ बर्ष अगाडि देखी नेपाललाई एकढिक्का बनाएर राखेको र २ पटकसम्म राजा बनिसकेको ब्यक्ती ज्ञानेन्द्रले देशमा सद्भाव बिगृयो, हिमाल-पहाड-तराईमा फाटो ल्याउन लागियो भनेर चिन्ता ब्यक्त गर्न नमिल्ने? यो तिम्रो कस्तो गणतन्त्र हो ? तिमी आफुले जे मनपरी गर्न पनी पाईने अनि अरुले बोल्नै नपाईने ?
देश टुक्रीने चिन्ता भो भन्दा तिम्रो मालिक रिझाउन ज्ञानेन्द्रलाई राजदरबार हत्या काण्डको अनुसन्धान गर्छु भनेर धम्क्याउने ए बिमलेन्द्र निधि ! तिम्रो मालिकको बफादार कुत्ता रञ्जित रे लाई गल्लिको ‘गु’ खुवाएर साङ्ग्लाले बाँधेर राख्ने हैसियत छ ? यतिका बर्ष तिम्रा किचुली परेका आँखा फुटेका थिए ? तिम्रो गोबर भरिएको दिमागमा के यतिन्जेल धमिराले च्याउ उमार्दै थियो ? आफ्नो मालिकले अर्हाएको ग्राइण्ड डिजाईन पूरा गर्न नपाएसी मान्छे कति सम्म गिर्दो रहेछ र कति सम्म बिक्षिप्त हुँदो रहेछ यो घटनाले घाम जस्तै छर्लङ्ग पारेको छ ।
के गर्न देश टुक्राईँदैछ हनुमानज्युहरु ? पहिले नै टुक्राईएको छ त ५ बिकास क्षेत्र, १४ अंचल, ७५ जिल्ला, हजारौँ गाबिस, नगरपालिका र वडाहरुमा । तिमिहरुको बिकाश गर्ने सोच भएको भए यहि काफी छ । मात्र तिमिहरु आफू बन्न चाहन्छौ । राजनिती गर्ने कुनै बिषय पाउँदैनौ अनि कहिले जातका कुरा उचाल्छौ, कहिले धर्मका कुरा निकाल्छौ, कहिले सिमाङ्कनका कुरा पछार्छौ र हामी नेपाली नेपालिमा झगडा गराएर रगतमा पौडी खेल्न चाहन्छौ । तिम्रा ब्यक्तिगत फाईदाका लागि कतिञ्जेल देश रित्ताउँछौ नरपशुहरु ? अलिकती मानबियता र बुद्दी छैन ज्यानमाराहरु हो ? दिनदहाडै हजारौँ हेक्टर सिमा मिचिन्छ, भारतिय सेनाले नेपाल आमाको छातिमा बुट बजार्छ, अहिले भएको नेपाल बाहेक लगभग २ भाग भुभागमा उसैले बर्षौँ देखि राज गर्दै आईरहेको छ । त्यो फिर्ता ल्याउने हिम्मत छ? अन्तराष्ट्रीय अदालतमा गएर यी कुरा राख्ने तागत छ ? द्वन्द्वको मुद्दा बल्झाएर हेग पुर्याउला भनेर मालिकको अगाडि टाङमुनी पुच्छर लुकाएर हिड्ने भुस्याहाहरुले कहिले ग्रेटर नेपालको मुद्दा बिउँझाउने हिम्मत गरेकाछौ ?
अब त हुँदा हुँदा नेपाली सेनालाई भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको कुरा एकाएक बाहिरियो । अब बाँकि के रह्यो ? हामिलाई देश सिध्याउने तिम्रो गणतन्त्र चाहिएन । तिम्रो स्वतन्त्रता चाहिएन । राजतन्त्रले बिकाश गरेका बिश्वका कैयौँ देश हामीले देखेका छौ । मुस्लिमको कयौँ देश हामिले हेरेकाछौं । कृश्चियनको कयौँ राज्य हामी पुगेकाछौ । तर बिश्वमै भएको एक मात्र हिन्दु राज्य नेपाल सक्काउने तिमिहरुको गणतन्त्र चाहिँदैन । जति लुट्यौ, सक्यौ ठिकै छ । अब सारा नेपालीको माग छ सेना तिमी ब्यारेकमा नबस । सडकमा आउ सैनिक शासन लागू गर । राजा आउ देश बचाउ । राजतन्त्र जिन्दबाद । शैनिक शासन जिन्दाबाद ।
राजा विरेन्द्रका बारेमा नेपाली माता सविता सरु शर्मा