शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा भन्दै लाइवमा के के भने रबिले (भिडियो)

Spread the love

काठमाडौं : शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् । बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो ।
यसअघि त्यसरी त्यही संख्यामा धम्मपद सामूहिक रुपमा वाचन नभएको सन्दर्भमा ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा उक्त प्रयास अभिलेखीकरण गरेर कीर्तिमान बन्ने पक्का भएको छ ।हेर्नुहोस आजको रबिलामिछाने को लाइव भिडियो यसरी बोल्छ |

आचार्य पेरिक थकाली,
आचार्य पेरिकले भारतको नाम्डोलिङ गुम्बामा स्थित ङिङ्मा विश्वविद्यालयबाट बौद्ध धर्मको सुत्र-तन्त्र लगायत सम्पुर्ण अध्ययन २०१४ सालमा पुरा गरि हाल नेपालमा बौद्ध धर्मको प्रचार प्रसारमा प्रयासरत हुनुहुन्छ। धेरै श्रोता र दर्शक माझ ज्ञानको खुराक पस्कनको लागि उहाँले युटुब फेसबुक आदि सामाजिक संजाल मार्फत प्रवचन र अन्तरक्रियाहरु प्रस्तुत गरिराख्नु भएको छ।
उहाँले बौद्ध धर्म मात्रै नभईकन सम्पूर्ण धर्मलाई संगालेर व्याख्या गर्नुहुन्छ। र विशेष गरेर (देशमा शान्ति-समृद्धिको लागि धर्म सचेतना, र सुखी जीवनको लागि धर्म र ध्यानको अभ्यास) भन्ने अभियान कार्यक्रम शुरु गर्नु भएको छ। र प्राणि रक्षा तथा शाकाहारी जीवनको संदेश अभियानमा पनि सक्रिय हुनुहुन्छ।

आचार्य पेरिक थकाली अहिलेको समयमा धर्मको अभ्यास गर्न धेरै गार्हो छ। त्यसैले हामी सबै पापकर्मबाट मुक्त हुने कोशिष गर्नु सबभन्दा जरुरी हुन्छ। र पापकर्मबाट मात्रै मुक्त हुन सकेमा अहिलेको युगमा धेरै ठुलो उपलब्धि हुनेछ। किनकि पापकर्म त्यागिएन भने धर्माभ्यास पनि हुन सक्दैन र दुखको आगमन पनि रोकिने छैन।
तसर्थ धर्मको अभ्यास र यात्रा शुरु गर्नु पुर्व दश अकुशल कर्म अन्तरगतको हिँसा काटमार अनिवार्य त्याग्नै पर्ने हुन्छ। र यथासक्य मासु सेवन पनि बन्द गर्नु पर्छ।
“बुद्ध नेपालमा जन्मेको” ।।कत्तिको उचित नारा।। के हुनुपर्छ बुद्धिष्ट को नारा? हेर्नुहोस यो भिडियो