धुर्मुसलाई रबि लामिछानेको साथ, धुर्मसलाई जग्गा खोज्न रबि पनि पुगे पोखरा (भिडियो सहित)

Spread the love

अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली फाउण्डेशनले आफ्नो कामलाई निरन्तरता दिईरहेको छ । देशमा एउटा पनि अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला नभएको र क्रिकेटको बिकाश गर्न पर्छ भन्ने उद्देश्यका साथ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले देशका बिभिन्न ठाउँमा क्रिकेट रंगशाला निर्माणको लागी जग्गा हेरिरहेका छन् । चितवन, भैरहवा, काठ्माण्डौं, हेटौंडा लगायका ठाउँमा जग्गा हेरेपछि उनिहरु शनिबार पोखरा आएका हुन् । खेलकुद मन्त्री जगत बिश्वकर्माले काठमाण्डौंमा रंगशाला सरकारले बनाउने र पोखरामा बनाउन सल्लाह दिएसंगै टोली पोखरा आएको हो । टोलीमा धुर्मस मात्र छैनन् पत्रकार रबि लामिछाने पनि आएका छन् । पोखराको रंगशाला र भरतपोखरी लगायतका ठाउँहरुमा टोलीले जग्गा हेरीसकेको छ । अब सबै ठाउँको जग्गालाई मध्यनजर गरी र क्रिकेटको मापदण्ड, यातायात, बिमास्थल लगायतको कुराहरुलाई लिएर छिटै स्थान छनौट गर्ने धुर्मुसले बताएका छन् ।