काठ्माण्डौंका अनिल रोक्का आफ्ना चार जना साथीहरुसंग कक्षा १२ को परीक्षा सकिएपछि पोखरा घुम्न आए । पोखराको लेकसाईडमा १२ गते होटल बुक गरे । १३ गते बिहान तालबाराही दर्शनको लागी गए । खाना खाएपछि अनिलसहित पाँच जना फेवा तालमा बोटिङमा गए । पाँच जना भएपछि उनीहरुले गाईड लान आवश्यक ठानेनन् । फेवातालमा डुङगा लिँदा चार्को घाम लागेको थियो । पाँच जान युवाहरु रमाईलो गर्दै फेवा तालको बीचमा पुगे । फेवा तालको बीचमा पुगेपछि पानी र हावाहुरी चल्न थाल्यो । उनीहरु आत्तिए र मन्दिर भएतिर आउन प्रयास गरे । हावाको बेग मन्दिरबाट माथितिर थियो, उनीहरुको डुंगा माथितिरै गयो, उनीहरु झन पानीको बिशाल भागमा फस्न पुगे ।
घाईते अवस्थामा उद्दार भएका अनिल रोक्का भन्छ––‘हामी सबैले बलप्रयास गरेर डुंगा किनार लगाउन खोजियो तर हावाको बेग र असिना पानीका कारण सकिएन’। आकाशबाट असिना झरेको थियो भने चट्याङ्का आवाजहरुले उनीहरुलाई अत्यास लागेको थियो । अनिल सम्झन्छन् –‘एक पटक आकासमा ठूलो गर्जन सहित चट्याङ पर्यो, हामी सबै डुंगाबाट उछिटियौं, यसो हेर्दा सबै थियौं साथी सुप्रिम थिएन’ । आईतबार पोखराको फेवातालमा तिब्र हावाहुरीका कारण डुगां पल्टिदा एक जना बेपत्ता भएका छन भने ४ जनालाई सशत्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । आईतबार दिउसो सवा ३ बजे डुगां पल्टिदा रामेछापका १८ बर्षिय सुप्रिम लामा बेपत्ता रहेका छन भने सशत्र प्रहरी नायब निरिक्षक गौतम राज कुँवर नेतृत्व १५ जनाको उद्धार टोलीले सिन्धुलीका १८ बर्षिय बिशाल थापा, काठमाडौं सितापाईलाका १७ बर्षिय अनिल रोक्का, भक्तपुरका १९ बर्षिय मन्दिप मल्ल, र सोही ठाउँकै १७ बर्षिय शुनिल कुँवरको सकुशल उद्धार गरेको हो ।
आईतबार एपिएफको टोली र नेपाल प्रहरी मिलेर गोताखोर सहित सुप्रिमको खोजि भएपनि फेला परेन । सोमाबार बिहानैदेखी खोजी कार्य गरियो तर पनि फेवातालमा हराएका भेटिएनन् । बेपत्ता सुप्रिमका मामाले करिब ५ बजे फेवातालमा भाञ्जा हराएको थाहा पाए । उनी तुरन्तै बस चढेर पोखरा आए । सोमबार बिहान ३ बजे उनी पोखरा झरे । खोजी गर्नकालागी उनी पनि सँगै गए । सोमबार, मंगलबारसम्म अझै सुप्रिमको पत्तो लागेन । सुप्रिमका मामाका अनुसार उनी(सुप्रिम) फिल्मी स्वभावका थिए । फोटो खिच्न, नयाँ भिडियो खिच्नमा शोख थियो, सायद फेवातालमा पनि उनी त्यही गर्दै थिए । फेवातालमा जाने जो कोहीले बिना रोकावट ढुंगा आफै लान पाउँछन् । निश्चित समयको पैसा तिरेपछि उसले ढुंगा चलाउन जाने पनि नजाने पनि त्यसको कुनै महत्व छैन, बस ! पौसा तिर्यो ढुंगा लग्यो । यो हिसाबले पनि बर्षेनी फेवातालमा मानिस हराउने र मर्ने प्रकृया रोकिएको छैन । ढुंगा शयर गर्नको लागी लाईफ ज्याकेट अनिवार्य गरिएको छ , तालको किनारमा लगाएको ज्याकेट केही पर गएपछि फालिन्छ वा त्यसको सहि प्रयोग हुँदैन । यसको उदाहरण आईतबारको घटनाले देखाएको छ । ज्याकेटको लक राम्रोसंग लागएको भए सायद सुप्रिम पानीमा डुब्ने थिएनन् । साथीहरुकै भनाईलाई आधार मान्नेहो भने पनि गर्मीको कारण सुप्रिमले ज्याकेटको लक खोले, जसका कारण उनी पानीभित्रै पसे ।
सुप्रिम जीउँदै फर्किन्छन् भन्ने कसैले सोचेका पनि छैनन् । उक्त घटनाका एक पात्र बिशाल थापाका अनुसार चट्याङ परेपछि सुप्रिम उत्ता उछिटियो, उ केही चलेकै थिएन । ढुंगामा रहेका ५ जना मध्ये एक जना पानीमा तैरीरहेको थियो, त्यो थियो सुप्रिम, पछि अर्को साथी हेलमेट सहित पानीमा पस्यो, उस्ले पानीमै हेल्मेट खोल्यो, सुप्रिमको ज्याकेटमा समायो, ज्याकेटमात्र आयो, सुप्रिम पानिभित्र छिर्न थाल्यो । साथीले सुप्रिमको ज्याकेट छोडेर कपालमा समयो, कपिल चिप्लो थियो फुत्कीयो र झन तल तल गयो, पानी धमिलो र आकाशबाट पनि पानी परिरहेकाकाले उसले थप जोखिम मोल्न चाहेन, ढुंगातिर हेर्दै चिच्याएर बोलाउन थाल्यो ।