अमेरिकामा बिमलेन्द्र निधिले मेरिल्याण्डको पशुपति -बुद्ध मन्दिरलाई जानकी माताको मूर्ति दिने पहल गर्ने प्रतिबद्धता

Spread the love

विजय थापा ,नेपाल सरकारका पूर्व उप प्रधानमन्त्रि बिमलेन्द्र निधिले मेरिल्याण्ड पशुपति -बुद्ध मन्दिरलाई जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिर जस्तै जानकी माताको मूर्ति दिने भएका छन् । र ,यसको लागि निधिले पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

नेपाली कांग्रेसका समेत उप सभापति रहेका निधि निजि भ्रमणमा आफ्नी जीवन संगिनी साथ आफ्नो छोराको दिक्षान्त समारोहमा आएका समयमा अमेरिकाको मेरील्याण्ड राज्यमा रहेको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र स्थित पशुपति -बुद्ध मन्दिर को भ्रमणमा उनले उक्त प्रतिबद्धता जाहेर गरेका हुन् ।

उनलाई उक्त मन्दिर अवलोकन गराउन एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा) का वर्तमान अध्यक्ष विजय सिंहले समेत पहल गरेका थिए । निधिले भ्रमण कै क्रममा मन्दिरका पदाधिकारी तथा अन्य नेपाली समुदाय संग भेटघाट समेत गरेका थिए ।

उनले पूजा समाप्त गरे पछि भेटघाट कै क्रममा उनले मन्दिरलाई थप जनकपुरधाम जस्तै जानकी माताको मूर्ति स्थापना गर्न पहल गर्ने बताएका छन् । उनले मन्दिरका पदाधिकारी ,समिति सदस्यहरुलाई तपाईहरु अरुले यस्तो प्रस्ताव ल्याएमा नलिनु भने । उनले अगाडी मन्तब्य राख्दै आफू जनकपुरको भएकोले त्यहीका स्थानीय समुदायसंग गएर छलफल गरेर र उनीहरुबाट नै जानकी माताको प्रतिमा अमेरिका ल्याई दिने पहल गर्ने बताए ।

पशुपति -बुद्ध मन्दिर रहेता पनि पनि नेपालका एक मात्र डलर अर्बपति उद्योगपति बिनोद चौधरीले पुन: मन्दिरलाई शिवको मुर्ति दिने भएका छन् । चौधरीले बुद्धको ठुलो मुर्ति दिएका छन् भने उक्त मूर्तिको समुद्घाटन चौधरी कि पत्नीले गरेकी थिईन ।

उक्त भेटघाट कार्यक्रममा नेपाल सरकारका अमेरिकाको मेरील्याण्ड तथा पेनसेल्भेनियाका लागि महाबाणिज्यदुत प्रेम राजा महतले जानकी माता आए पछि पशुपति बुद्ध जानकी मन्दिर नामकरण गर्नु पर्ने सुझाव पेश गरेका थिए । महाबाणिज्य दुतले यस्तो प्रस्ताव राखे पछि उपस्थित सबैले कर्तल ध्वनिले स्वागत गरेका थिए । उक्त कुरा सुने पछि आन्टा अध्यक्ष सिंहले निधिले जानकी माताको राम्रो प्रस्ताव ल्याएको र आफू खुशी भएको बताए ।

यसको साथै नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र स्थित पशुपति -बुद्ध मन्दिरले पनि यस बर्ष देखि छठ पर्व मनाएको हर्ष व्यक्त गरे । निधिले छठ पर्व एक बिशेष महत्वको भएकोले निरन्तरता दिन समेत आग्रह गरेका छन् । कार्यक्रम गत मे २३ तारिख बुधबार दिवा समयमा पशुपति -बुद्ध मन्दिरको प्राङ्गण अगाडी सम्पन्न भएको थियो । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रका सभापति खिलेन्द्र न्यौपानेले निधिलाई स्वागत गरेका थिए ।

तस्बिर सौजन्य “खिलेन्द्र न्यौपाने