थानेश्वर गौतम
हामिले सुनेको या थोरै भएपनि भोगेको कुरा पहिले हाम्रा पुर्खा अनि अग्रज हरुको पालामा कतै घटना घट्यो भने सारा दुनियाँ अचम्मित हुन्थे ,कोहि कसैको मृत्यु भयो भने दुखित हुँदै सबै लाई थाहा दिन्थे र गन्धर्व हरु त्यसै लाई गीत को माध्यमबाट सबै लाई जानकारी दिन्थे ,कसैलाई केही पर्यो भने सबै एकजुट भएर सहयोग गर्थे तर आज भोलीका मान्छेहरु किन निर्दयी बन्दै छन?
प्रसंग जोडौ नेपालले मात्र नभएर विश्वले चिनेको र मानेको धेरै नेपाली र विदेशीको भगवान बनेर उभिने उनै डा.उपेन्द्र देवकोटा आज उनी जिन्दगीको कठोर अनि पिडादायी क्षणमा तड्पिरहेका छन। तर उनै डाक्टरलाई श्रद्धाञ्जली लेख्न कति हतार भएको? के हामी भित्र माया करुणा अनि मानवता छैन? त्यसै गरि राष्ट्र कवि माधवप्रसाद घिमिरे पनि त्यस्तै हल्ला चलाईएको थियो।
हामी यान्त्रिक हुदैछौ हामीमा मातृत्व,भातृत्व अनि आत्मीयता हराउदै छ। हामीलाई फेसबुक या विभिन्न सामाजिक सन्जालले एकोहोरो अनि रोगी बनाउदै छ। एकपल्ट सोचौ कुनैपनि मृत्यु या घटना जसलाई परेको हुन्छ उसलाई र उस्को परिवारलाई मात्र सबैभन्दा पीडा हुन्छ।
अर्कोको मृत्युमा RIP लेख्न हतार गर्ने निर्दयीता प्रकट नगरौ,उसको जिवन कति मुल्यवान छ एक शब्द हार्दिक श्रद्धाञ्जली लेख्न पनि हामीलाई हतार छ, RIP लेखेर हामी पन्छिन्छौ, भोलि पीडा सबैलाई पर्छ सोचौ उपेन्द्र देवकोटा जस्ता देशका अमुल्य सम्पत्तिलाई गुमाउदाको पिडा अनि देशलाई अनि जनतालाई हुने हानी मनन गरौं आदरणीय डा.उपेन्द्र देवकोटाको स्वास्थमा सुधार होस भगवानको आशीर्वाद रहोस ।