लाखौ नेपाली हरुको ढुक ढुकी अन्याय विरुद्ध लड्ने पत्रकार राजु थापाको पक्षमा यसरी उभिए (भिडियो सहित)

Spread the love

काठमाडौँ। सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथी कार्यक्रम सञ्चालक राजु थापाले प्रश्न सोधेका कारण बिगत १२ बर्षदेखि प्रसारण हुँदै आएको नेपाल टेलिभिजनको एक कार्यक्रम बन्द भएको छ । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन्।

यसै संदर्बमा चर्चित पत्रकार रवि लामिछाने राजु थापाको पक्षमा उभिएका छन् र उनले आफ्नो फेसबुकमा लेखेका छन् -”प्रश्नको सामना गर्न नसक्नेहरुको दाउपेच बारे छिट्टै मेरा अनुभवकोपनि खुलासा गर्दैछु। कार्यक्रम बन्द मात्र होइन देशबाटै लखेट्ने सम्मको खेलमा सम्लग्नहरुको एक एक हिसाब राखेको छु। बर्गेनिङ गर्ने,मान्छेलाई आत्महत्या गर्न बाध्य पार्ने, अर्काको चरीत्र हत्या गर्ने, अकुत सम्पत्ति कमाएर आधा सन्सार घुम्ने, जिन्दगीभर अर्काको फ्री मा खाने मान्छे प्रेस काउन्सिलमा भए सम्म त्यसताले सिफारिस वा हस्ताक्षर गरेको प्रेस पास बोकेर सिंहदरबार छिर्नु छैन मलाई। मलाई “पख्लास” भन्नू हुने पत्रकार महोदय, म अब धेरै कुर्न सक्दिन।”

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन ।