काठमाडौँ : बिगत पन्ध्र बर्ष देखि अमेरिका बस्दै आएका बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी तथा गीतकार पुष्कर पन्त बिदेशमा बसेर पनि आफ्नो कला सस्कृतिलाइ जोगाउन तल्लिन छन् l भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन्। तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए l नेपाली कला सस्कृति भाषालाइ सधै माया गर्ने पुष्कर पन्त चलचित्र निर्माणको साथै गीतकारको रुपमा अहिले चर्चित बन्दै गएका छन् l एकताका नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको २ वटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन् l
फरक फरक धारमा काम गर्न रुचि राख्ने पन्त अमेरिकामा समेत हरेक सामाजिक कार्य देखि विभिन्न सास्कृतिक कार्यक्रमहरुमा सदैब अग्रणी भूमिका निर्बाह गर्दै आएका छन् l कलाकारिता आफ्नो प्रत्येक नशामा बग्ने रगतको थोपा थोपामा भएको बताउने पुष्कर मिलनसार, इमान्दार तथा सधै आफ्नो काम प्रति निष्ठाबान रहेर जन्मभूमि नेपाल प्रतिको दायित्वलाइ बोध गर्दै कर्मभुमि बाट जन्मभूमिको कला सस्कृति जगेर्ना गर्न लागिपरेका छन् l चाडैनै आफ्नो शब्द रचनामा अर्को नया ब्लाष्ट गीत “हे गौरी” नेपाली सागीतिक बजारमा लिएर आउन लागेका गीतकार पुष्करको गीतमा गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको आवाज रहने भएको छ l कलाकार तथा गीतकार पुष्कर पन्त कलाकारिता क्षेत्रमा मात्र नभएर सामाजिक कार्य समेत उत्तिकै सक्रिय रहेर नेपाल र नेपालीको सेवा गर्न तल्लिन छन् l
समय अनुसार परिबर्तन हुदै गईरहेको नेपालि सामाजिक परिबेशमा उनले समय सामेक्ष आफुलाई समेत परिपक्क बनाउदै गित संगीत तथा कलाकारिता क्षेत्रमा परदेशी भुमि बाट जन्मभूमि प्रतिको आफ्नो माया दायित्वलाई बोध गर्दै थप उर्जाशील बनाउन लागिपरेका छन् l लाखौ प्रबासी नेपालीहरुको लागि मार्गदर्शक बनि उत्प्रेरणा दिन सफल कलाकार पन्त भविष्यमा नेपाली कला, सस्कृति, भाषाको संरक्षण गर्दै नेपाली कलाकारिता, गित संगीतमा समर्पित हुने बताउछन l