चलचित्र उद्योग पनि कुनै पनि मुलुकको दरिलो आर्थिक मेरुदण्ड हो । देशको कला-संस्कृति-भाषा र साहित्यलाई विश्वमाझमा पुराउने सरल माध्यम पनि हो चलचित्र उद्योग । यस प्रकारको उद्योगलाई राष्ट्रले पनि उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने हुन्छ तर हाम्रो यस उद्योगले अझैपनि गति लिन सकेको छैन कारण राज्यले सहि दृष्टिकोण बाट यसलाई हेरेकै छैन । वितरक¸हलवाला र निर्माताको विचको घम्साघम्सिले पनि कहिले काहि यो उद्योग तरंगित हुने गर्दछ । सांचो मनले भन्ने र हेर्ने हो भने निर्माताहरु मर्कामा परेकै हो । आर्थिक रुपमा पारदर्शि हुन सकेको छैन यो उद्योग अझैपनि । तैपनि केहि चलचित्रकर्मिहरु एकपछि अर्को चलचित्र निर्माणमा जुटि नै रहेका छन । यसलाई उनीहरुको दुस्साहस मान्नेहरु पनि छन तर म चै यस्लाई उनीहरुको नेपाली चलचित्र प्रतिको लगाव¸स्नेह र माया हो भन्दछु । किन कि उनीहरु यो आशमा चलचित्रमा लगानी गरिरहेका छन कि एक न एक दिन नेपाली चलचित्रले पनि पक्कै सहि दिसा लिने छ । यिनै चलचित्रकर्मी हरुको भिडमा एकजना युबा निर्माता (जो अहिले निकै चर्चामा छन) सन्तोष सेन लगातार चलचित्र निर्माणमा लागीरहेका छन । राम्रो चलचित्र निर्माणको लागी खर्च गर्न कन्जुस्याई नगर्ने निर्माताको रुपमा चिनिने सन्तोष सेनले बेरोजगार युबाहरुको कथामा राष्ट्रियताको सन्देश पस्कदै चंखे संखे र पंखे नामक चलचित्र निर्माण गरे । लगानीको हिशाबमा यो चलचित्र असफल रहेपनि उन्ले तत्काल यात्राको क्रममा भेटिएका जोडीको वियोगान्त प्रेमकथामा प्रेमगीत नामक चलचित्र निर्माण गरे¸यो चलचित्रले निकै राम्रो ब्यापार गर्न सफल भयो । त्यसपछि निर्माता सेनले प्रवासी नेपाली युबती र नेपाली युबको प्रेम¸ प्रेममा आउने बाधा-अडचन र वियोग हुनै लाग्दा हुने मिलनको कथामा प्रेमगीत २ नामक चलचित्र निर्माण गरे¸यो चलचित्रले पनि निकै राम्रो ब्यापार गर्नुका साथै वाहवाही बटुल्न पनि सफल भयो । यसरी एक पछि अर्को अब्बल चलचित्र निर्माण गर्न खप्पिस निर्माता सेनले आमा र छोरा विचको सम्बन्धको बारेमा मेरो मामु शिर्षकको चलचित्र निर्माणको घोषणा गरेका छन । मलमास पछि फ्लोरमा जाने यस चलचित्र पनि सफल हुनेमा सेन विश्वस्त छन ।
आमा र छोराको विचको सम्बन्ध¸उतारचढावको बारेमा धेरै चलचित्र बने होलान विदेशमा । यहा पनि केहि एकाध चलचित्र बनेका छन तर एउटी महिला किन आमा बन्न चाहन्छे ? कस्तो सन्तानको आशा राख्छे?कति सम्म त्याग गर्ने सक्छे आफ्नो सन्तानको लागी ? सन्तान जन्माएर मात्र आमा कहलिन्छे वा कहलिन्न ? अन्य बच्चामा पनि आफ्नै सन्तानको प्रतिविम्ब देख्छे या देख्दिन ? अनि एउटा बालक जो आफ्नो जन्मदिने महिलामा मात्र आमाको रुप देख्छ ? अरु महिलालाई किन नकारात्मक देख्छ ? शब्दमा शाब्दिक तर्कहरु प्रस्तुत गर्न नसके पनि उस्ले कस्तो खालको ममता चाहेको छ ? जो आफुसंग छैन किन उसैलाई मात्र सम्झिन्छ र जस्ले अगाध माया गर्छे उस्मा किन आमाको रुप देख्दैन ? यिनै एउटि ममतामयी आमा र अबोध बालक विचको अन्तरद्धन्द¸ माया खोजिरहेको मायाको भोको र माया बाडन नपाएकी महिला विचको मनोबैज्ञानिक कारणहरुमा केन्द्रित रहेर चलचित्र निर्माण गर्दैछन निर्माता सेन । जन्माएर आफ्ना सन्तानको तिरस्कार गर्ने महिलाहरु पनि छन समाजमा¸ फोश्रो सामाजीक संस्कारमा रहेर आमाको परित्याग गर्ने सन्तान पनि छन यहि समाजमा । के बच्चा जन्माउनु मात्र आमा बन्नु हो त ? आमा शब्दको परिभाषा बयान गरेर साध्य छैन । किन र के कारण ले एउटा बच्चाले अरु महिलामा आमाको रुप देख्न सक्दैन ? के चाहन्छ उ ? आफ्नो लागी अहोरात्र मरिमेटने महिलालाई किन उ आमा भन्न सक्दैन ? किन सम्बन्ध टिक्न सकिरहेको छैन ? यि यावत प्रश्नहरुको सहज उत्तर हो यो चलचित्र । हामिले किश्साहरुमा सुन्छौ¸कथाहरुमा पढछौ कि सन्तानको लागी एउटी आमाले आफ्नो मुटु पनि झिकेर सन्तानको हातमा दिन्छिन¸त्यो सन्तान आमाको मुटु लिएर आफ्नि मायालुको समिपमा दौडेर जांदा लडछ¸अनि त्यहि आमाको मुटुले यसो भन्छः बाबु तिमिलाई चोट त लागेन नि ? सम्हालिएर हिडनु बाबु….. कहानि मै सुन्छौ हामि कि तिनवटा स्याउ चार जना सन्तानलाई बराबर खुवाउन आमाले मात्र सक्छिन… सन्तानलाई खुवाउदा आफ्नो भाग रित्तिय पनि मलाई भोक नै लागेको छैन भनेर खुशि हुने आमा मात्र हुन… सन्तानले हजार प्रश्न बारम्बार गर्दा पनि नथाकिकन र नरिसाईकन सहि सहि उत्तर दिने आमा मात्र हुन । सन्तानको खुशि खोज्दा खोज्दा आफ्नो भागको सबै खुशि रित्तिएको पत्तो नपाउने आमा मात्र हुन ।बाबु-आमाको लागी संसारको सबै सुख सुविधा त्याग्ने सन्तानहरु पनि नभएका हैनन तर आमाको ममताको अगाडि ति सबै गौण मानिन्छन । एउटा बालकको मनस्थिति बुझ्न कति कठिन हुन्छ¸ उ के चाहन्छ¸ किन चाहन्छ¸ यो कुरा बुझे मात्र सन्तान पनि सहि मार्गमा चल्न सक्छ । यस्ता हाम्रै घरमा अनि समाजमा हुने ममताको सम्बन्धलाई यो मेरो मामु चलचित्रले उठान गरेको छ । स्क्रिप्ट लेखनमा निकै समय खर्च गरेको आसुसेन फिल्मसले यस चलचित्रलाई अब्बल बनाउन कुनै सम्झौता नगर्ने बताएको छ । चलचित्र मात्र ढाईघण्टा मनोरन्जनको लागी मात्र नभएर हलबाट निस्किसकेपछि त्यसबाट केहि कुरा सिकेर जिवनमा लागु गर्न सके मात्र सम्बन्ध मजबुत हुन सक्नेछ । प्रस्तुतिकरण कस्तो छ¸ मेरो मामु शिर्षकलाई कसरी परिभाषित गरिएको छ¸ केहि महिना पश्चात पक्कै पनि हामिले नियाल्न पाउने नै छौ । अहिलेलाई यति भनौ प्राविधिक रुपमा अब्बल हुदै गएको हाम्रो चलचित्र उद्योग राम्रो कथा बाचनमा पनि आउन थालेको छ । कथा चलचित्रको मुटु¸ पटकथा मेरुदण्ड हो निर्देशक चलचित्रको मगज हो¸ निर्माता पोषक तत्व हो जस्ले स्वस्थ मुटु र दरिलो मेरुदण्डलाई सदा बलियो राख्न मद्धत गर्दछ । चलचित्र उद्योगका यति पोषिला निर्माता सन्तोष सेनले पक्कै पनि यो चलचित्रलाई मन छुने किसिमले निर्माण गर्नेमा कुनै शंका छैन । अन्त्यमा यस चलचित्रमा बालकलाकार/ नायक आयुब सेन सरप्राईज प्याकेजको रुपमा पदार्पण गर्दैछन।