स्कटनेपाल,
आईतबार एकाएक प्रहरी र पत्रकारहरु श्रीया बिकको घर पुगे । केही दिन अघि मात्र छिमेकीले बलत्कार पछि हत्या गरेका थिए १० बर्षकी श्रीयालाई । प्रहरी र संचारकर्मीहरुको ठूलै समुह पुम्दीपुभ्दीमा पुग्दा गाउँलेहरुले आश्चर्यमा परे ।
पोखरामा सम्पन्न भएको केफसिटी मिडिया कपको उपबिजेता बनेको आयोजकले प्राप्त पुरस्कार रकम लिएर कास्की जिल्ला प्रहरी प्रमुख ओम राना सहितको टिम पुगेको थियो । बाईस हजार दुई सय बाईस रुपैया हस्तान्तरण पछि एसपी रानाले अपराधीलार्ई आजिवन काराबास हुनसक्ने बताए ।
स्थानीयले जानकारी दिए अनुसार बलत्कारी कुसुम पौडेललाई जेल चलान नभएर सम्म कुसुमको लास उठान नगर्ने सोच संघर्ष समितिले बनाएको र पछि फेरी लास जलाएको जानकारी दिए । आयोजक केफ सिटी मिडियाका प्रबन्धक भीम थापाले जितेको रकम रमाईलोमा खर्च गर्न भन्दा श्रीयाको परिवारलाई दिनु उचित ठानेर सहयोग गरेको बताए । हेर्नुहोस श्रीया बिकको घरमा पुग्दा हामिले यस्तो देखियो भिडियो