कबि तथा समालोचक रमेश शुभेक्षुका दृष्टिमा “ब्रिटिश ओइदर “

Spread the love

ब्रिटिश ओइदर रामहरि पौड्याल (भरतपुर महानगरपालिका १२/१९३, चितवन । सुपुत्रः शालिग्राम र दुर्गादेवी पौड्याल) को कथा सङ्ग्रह हो । पौड्याल हाल स्वान्जी युनिभर्सिटी, बेलायतमा पि.एच.डी. गर्दै हुनुहुन्छ । उहाँ पेसाले इलेक्ट्रिकल इञ्जिनियर हुनुहुन्छ । उहाँ नेपाल इञ्जिनियरिङ्ग परिषद्, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल ओभरसियर एसोसिएसनको ताल्कालिक सगरमाथा प्रतिनिधि र केन्द्रिय सदस्य , नेपाल ट्रेड युनियन काग्रेस सम्बन्ध उदयपुर सिमेन्ट उधोग लिमिटेड कर्मचारी संघ केन्द्रिय समितिका निर्बाचित सभापति , नेपाल बिद्यार्थी संघ पस्चिमाञ्चल क्याम्पस इकाई सभापति , नेपाल जनसम्पर्क समिति बेलायतका संस्थापक केन्द्रिय सदस्य संबद्ध भएर सांगठानिक काम पनि गर्नुभएको छ । बिद्यालय देखि महाबिध्यालयसम्म धेरै पटक साहित्यिक कार्यक्रमा पुरष्कृत हुनुभएको छ ।


गरिमा , मधुपर्क , समकालीन साहित्य , रचना , अभिव्यक्ति , मिर्मिरे , मनोभाब , समस्टॆ, बैजयान्ति , शारदा , बगर , तन्नेरी , बेलायतका कबि र कबिता , चितवनका कबि र कविता , वाशिंगटन डीसीका सुसेलीहरु , शब्द संयोजन आदिमा ४ दर्जन कथाहरु , कविताहरु , नियात्रा , लघुकथा र आफ्नो पि. एच . डी. का लागि आइ .

, नागरिक दैनिक , काठमान्डौ पोस्ट, नेपाल बिद्युत प्राधिकरण को अर्धबार्षिक जर्नल बिद्युत , वि नेपाली डट कम , स्पोट लाइट आदिमा नेपालको उर्जा सम्बन्धि दर्जनौं अनुसन्धान मुलक लेखहरु लेख्नु भएको छ ।
उर्जा सम्बन्धि कार्यपत्रहरु इलेक्ट्रिकल इञ्जिनियरिङ्ग कांग्रेस को अन्तरास्ट्रिय सम्मेलन , ब्रिटिश नेपाल एकडेमिक काउन्सिल , इन्जिनियर समाज युके , उदयपुर सिमेन्ट उद्योग , हेटौडा सिमेन्ट उद्योग , सेन्टर फर इनर्जी स्टडिज पुल्चॊक इञ्जिनियरिङ्ग क्याम्पस र नेपाल इञ्जिनियरिङ्ग एसोसिएसन मा पेस गर्नु भएको छ ।
साहित्य, सोधका अतिरक्त उहाँ म्याराथन (४२ किमि ) धाबक हुनुहुन्छ । पेरिस म्याराथन २०१७ , बर्लिन म्याराथन २०१८ गर्नु भएका उहाँ २०१९ मा लन्डन म्याराथन गर्दै हुनुहुन्छ । बिगत १५० हप्ता देखि किंग्सलिन र स्वन्जी पार्क रनमा हरेक शनिबार बिहान ९ बजे (www.parkrun.com) ५ किमि दौडदै आउनुभएका उहाँले २०१५ मा भुकम्प को बेलामा हेल्प नेपलका लागि दौडियेरै लगभग ८०० पौण्ड उठाउनुभएको छ । रोयल पार्क लन्डन हाफ , लन्डन बिग हाफ , स्वन्जी हाफ गरि तीन वटा हाफ म्याराथन २१ किमि दौड गरिसकेका उहाँ सबैलाई स्वस्थ्कलागी दौडन पर्ने अभियानका अभियन्ता हुनुहुन्छ । सकारात्मक उर्जाले समाज बदल्ने उहाँ देशकै उर्जा संकटलाई नाबिकरनीय उर्जाले कसरि शीघ्र समाधान गर्न सकिन्छ भनेर बिगत चार बर्ष देखि लागि पर्नु भएको छ ।
उहाँका कथाहरु यसअघि फुटकर रूपमा मात्र पढिँदै आएकामा आज सङ्ग्रह नै विमोचन भएको छ ।
प्रायः आफ्नो पेसा र जीवनका भोगाइलाई नै उहाँका कथाको पृष्ठभूमिमा पाउन सकिन्छ । यहाँ युरोपीय भूगोलमा नेपाली युवाले देखेभोगेका कुराहरु नै बढी छन् । यी मध्ये एक तिहाइ कथा मैले पत्रपत्रिकामै पढिसकेको थिएँ । यहाँ समेटिएका कथाहरु हुन् । त्यो महानतालाई सलाम, फर्वाडेड म्यासेज, रुमानियन रूपसी, फेरि उसको याद आएको छ, होलिडे डिज्यास्टर, बुद्ध बर्न इन नेपाल, रिसेसन, रिप्mयुजी, स्टेप ड्याड,टेस्ट्युव बेबी, अविरल यात्रा रोमाञ्चक द्धन्द्धहरु, साइबर प्रेम, सरोगेट कन्ट्री, ब्रिटिस ओइदर, मृत्यु उत्सव, सरोगेट मदर, बेलायती पासपोर्ट, बायोलोजिकल डटर, मेरो गाउँ, सर्टिफिकेटको चाबी र बेलायती बाढी । यी शीर्षकहरु पढिरहँदा समकालीन अन्य कथाभन्दा नौला लाग्छन् । पुरै शीर्षक आगन्तुक शब्द र पदावलीमा देखिन्छन् । मैले पढिसकेको भए पनि सबै कथाको चर्चा यहाँ सम्भव छैन । म केही अलि नौला लाग्ने कथाका बारे केही चर्चा मात्र गर्छु । रिसेसन युरोपेली बजार, जीवनशैलीको कथा । रिप्mयुजी गैरकानुनी रूपमा बेलायत पसेको मुस्लिम धर्मावलम्बी युवाको कष्ट र जोखिमपूर्ण जीवनको कथा । अविरल यात्रा रोमाञ्चक द्धन्द्धहरु ः जापानमा बस्ने विदेशीको समस्यामा केन्द्रित कथा हो । यसमा फिलिफिनो युवतीबाट बचेर हिँड्न सफल युवकको कथा छ । यहाँ समेटिएका उक्त विदेशी परिवेशका कथाहरु आफ्नै पाराका रमाइला लाग्छन् । त्यस्तै नेपाली परिवेशका कथाहरुमा सर्टिफिकेटको चावी, सेरोगेट कन्ट्री साइबर प्रेम मेरो गाउँ आदि दीर्घप्रभावी छन् । साइबर प्रेममा घले दम्पत्तिकी छोरी एलिना साइबर प्रेमबाट मृत्युका मुखमा पुगेकी छ ।

उसलाई इन्टरनेटबाट प्रेम गर्ने केटाले कसैगर्दा डेटिङ जाने समय नदिएको झोकमा हत्या गरेको छ । यहाँ आकाश र एलीनाका माध्यमबाट साइबर सन्त्रासलाई देखाइएको छ । साइबर संस्कृतिको दुरूपयोगलाई देखाइएको छ । सेरोगेट कन्ट्रीले समाजवादको रटानको विरोध गरेको छ । पुराना आदर्श नेतालाई मागीखाने भाँडो बनाएर वर्तमान भ्रष्ट नेताले देशलाई बन्दक बनाएको पक्ष समेटिएको छ । कमिसन, भ्रष्टाचार, अनाचार घुसखोरी आदिको धज्जी उडाइएको छ । चौबिस वर्षका बीच एक्काइस प्रधानमन्त्री बनेको, विदेशी चलखेल बढेको देशको अवस्थालाई बाहिर ल्याइएको छ, जस्तै ः आऊ बच्चा बनाऊ भाडामा छन् आमाहरु । आऊ देश बनाऊ भाडामा छ देश । विक्रीमा छ देश,(पृ ७४) । यी समस्या र आवाजहरु विदेशमा अर्काको दास बनेको बिर्खे पात्रका माध्यमबाट बाहिर ल्याइएको छ । यस्ता नेपाली परिवेश र समस्यामा प्रायः आधा जति कथा छन् । त्यस्तै युरोपेली परिवेशका कथाहरु हुन् टेस्ट्युव बेबी, सरोगेट मदर, बायोलोजिकल डटर । यी शीर्षक आगन्तुक पदावलीकै तहमा छन् । यी कथाले पश्चिमी संस्कार, अस्थिर दाम्पत्य जीवनले उब्जाएका समस्या, सन्तान प्राप्तिका अभिभावकका र सन्तानकै समस्या आदिलाई समेटेका छन्, जस्तै ः क) जोनले त्योभन्दाअघि आठओटा असफल प्रेम ब्यहोरेको थियो भने जेनिसाले सातओटा त्यस्ता अत्यास लाग्दा कहरहरु काटेकी थिई,(पृ ८७) । यो सरोगेट मदरको अंश हो । यस उदाहरणका जोन र जेनिसा यसका नायक नायिका हुन् ।

यिनीहरुको परिवेश बेलायतको किङ्सलिन टाउन हो । ख) एउटी नेपालबाट झिकाइएकी पहाडी दिदी पैसाका लागि तिनको भाडाको गर्भ बोकिदिने भइन् । त्यो वापत उनले बाह्र लाख रूपैया पाउने भइन् । गरिबीले बनाएको खाडल पुर्न उनीले त्यो काम स्वीकार गरिन्, (पृ.८९) । यहाँ पश्चिमी परिवेशसँगै नेपालको गरिवीले जे पनि गर्न बाध्य पार्ने परिवेश पनि छ । म धेरै उदाहरण लिन सक्तिनँ । यसमा देखाइएको फरक संस्कृतिको अर्को कथा मृत्यु उत्सव हो । आफन्तको मृत्युलाई उत्सव झैँ मनाउने बेलायती संस्कृति छ यस कथामा । यी कथामा डायस्पोरिक चेतना पनि छ । बेलायती पासपोर्ट, बेलायती बाढी, बुद्ध बर्न इन नेपालले डायस्पोरिक चेतना आत्मसात गरेका छन् । एउटा उदाहरण ः देश भनेको भूगोल होइन, त्यहाँको ढुङ्गा माटो र बाटो होइन, त्यो त मान्छेको मनभित्र सजिएर रहने जीवन्त अनुभूति हो, रगतको नसा नसामा बगिरहने, मुटुको प्रत्येक धड्कनमा बजिरहने एउटा संगीत हो । ( भदौ २०७५ ्र अग्निचक्र राष्ट्रिय मासिक ्र द्दढ बेलायती पासपोर्ट) । यस्ता उदाहरणहरु प्रसस्तै छन् । जन्मभूमिप्रतिको प्रेम गहिरो देखिन्छ, आफन्त र जन्मभूमिसँग जोडिएका स्मृतिहरु, कर्मभूमिबाट गरिएका जन्मभूमिका चाडपर्व र आफन्तका सम्झना, वाल्य–जीवनको सम्झना, नेपालको दूरावस्थाको सम्झना आदि । भाषाशैलीका दृष्टिले आगन्तुक शब्द विशेषत अंग्रेजी शब्दका पद पदावली प्रशस्तै प्रयोग भएका छन् । ती अघि मैले दिएका उदाहरणमा र कथाका शीर्षकमै पनि झल्कन्छन् । नियात्रापरक, संस्मरणपरक निबन्धको भाषा अलि बढी छ तैपनि त्यस्तो भाषाले पाठकलाई डोहो¥याएकै छ । समग्र कथा पढ्यो भने लेखकका कर्म र जन्मभूमिलाई समेटेको उपन्यास नै हो कि जस्तो लाग्छ तर फरक शीर्षक र विषयवस्तु छँदैछ । प्रायः कथा कम पात्र र क्षीण कथानक भइकन पनि संस्मरणात्मक र वर्णनात्मक शैलीले आकर्षक बनाएको देखिन्छ । कथाको परिवेश अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय पनि छ । यस कथाकृतिलाई परिवेशका दृष्टिले वा पर्यावरणीय दृष्टिले, सांस्कृतिक चेतनाका दृष्टिले, डायस्पोरिक चेतनाका दृष्टिले, साइबर सांस्कृतिक चेतनाका दृष्टिले, समाजशास्त्रीय दृष्टिले पनि अध्ययन गर्न सकिन्छ । मैले अहिले संकेत मात्र गरेर लेखकलाई निरन्तर साधनाको कामना गरेँ ।