एनआरएन विज्ञ विस्व सम्मेलन र समृद्ध नेपाल

Spread the love
दोश्रो विस्वयुद्धमा ध्वस्त भएको जापान आँफैमा साधन र श्रोत यथेष्ट नभए तापनि जनताको भावना र बिज्ञान र प्रबिधि मार्फत छोटो समयमा नै बिकासको त्यो अवस्थामा पुग्न सफल भयो जहाँ विस्व ब्यापारमा लामो समय अमेरिकालाई आच्छु आच्छु पारिराख्यो र अहिले चीन, भारत र कोरिया पनि त्यही बाटोमा छन । अत: बिज्ञान र प्रबिधिको आजको युगमा यस्लाई राष्ट्रिय प्राथमिकताको बिषय बनाइन्न भने विकास संभब होला कसरी र ?
  • इ रामकुमार श्रेष्ठ, डा राजु अधिकारी **

नेपालले राजनीतिक परिबर्तनको एउटा चरण पार गरिसकेकोले अबको मूल लक्ष समृद्ध नेपाल भएको कुरामा जोड दिइरहेको बेला विदेशमा बस्ने नेपालीहरुको नेपालको आर्थिक समृद्धिका खातिर पुँजी लगानीमा बिगत करीब १५ बर्ष केन्द्रित भैरहेको गैरआवासीय नेपाली संघ काठमाण्डौंमा आगामी १२ र १३ अक्टोवरमा दुई दिने विज्ञ विस्व सम्मेलन र विधानसभाको आयोजनाको अन्तिम तयारीमा छ बिदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने अवधारणालाई कार्यान्वयन गर्ने अभिप्राय अनुरुप ।

विदेशमा रहेर विभिन्न क्षेत्रमा अनुभव, दक्षता र विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसंग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न बिभिन्न संस्थालाई जोडेर उनीहरुको दक्षतालाई नेपालको लागि सदुपयोग गर्न नेपाल सरकार र एनआरएनले उनीहरुको लागि उपयुक्त वातावरण बनाउनु पर्छ भन्ने मान्यताका साथ यो सम्मेलन आयोजना गर्न लागिएको हो ।

विदेशमा बस्ने नेपालीले सिकेका ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस् निष्कर्ष निकाल्ने र सोही अनुसारको नीति निर्माणमा सरकारको ध्यानाकर्षण गराउने सम्मेलनको उद्धेश्य हो । नेपाल र विस्वमा अभ्यासमा रहेका विद्यमान नीतिहरुलाई नेपालको परिप्रेक्ष्यमा कसरी सान्दर्भिक बनाउने भन्नेमा सम्मेलनको जोड रहनेछ । देशले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माणका खातिर दक्ष गैरआवासीय नेपालीहरुको पहिचान गर्दै उनीहरुको ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहनेछ ।

नेपालकाबारे अध्ययन, अनुसन्धान गरेका भारत, ईटाली, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायतका देशबाट करिब १० जना विदेशी विज्ञहरुले सम्मेलनमा भाग लिनेछन । खासगरी हामी जस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरुको अनुभव हाम्रा लागि प्रभावकारी हुन सक्छ भनेरै उनीहरुलाई पनि सहभागी गराउन लागिएको हो । युनेस्कोका विज्ञान तथा प्रविधी नीति सम्बन्धि विज्ञको पनि सहभगिता रहनेछ सम्मेलनमा ।

प्राप्त करिब २४३ कार्यपत्र छन् भने थप ५० जना प्यानलिष्ट र अन्य गरी करिब ४ सय जनाले सहभागिता जनाउने यो सम्मेलनको मुख्य उद्धेस्य नै नेपाल सरकारको नीति निर्माणमा सहयोग गर्ने नै हो ।

प्राज्ञिक क्षेत्रका गैरआवासीय नेपालीहरुलाई पनि आफ्नो ज्ञान र क्षमता देखाउने यो अवसर हो । यस्तो सम्मेलन हरेक दुई बर्षमा नेपालमा आयोजना हुनेछ ।

आफ्नो स्थापना कालदेखि हालसम्म ७६ देशमा आफ्नो सन्जाल बिस्तार गरी ७०,००० सदस्य बनाउन सफल एनआरएनले बिदेशमा रहने नेपालीको दक्षतालाई नेपालको बिकासमा योगदान दिने अभिप्रायले २००९ मा स्कि (Skill, Knowledge and Innovation, SKI) टास्क फोर्सको स्थापना मार्फत औपचारिकता दियो यो अबधारणालाई । त्यसपछि नै यस्ले एनआरएनभित्र अन्तरिक छलफल गर्दै नेपालको ज्ञान र सीप अभिवृद्धि कार्यमा सेतुको रुपमा काम गर्न नेपाल सरकारका बिभिन्न निकायसंग बिभिन्न संझौता गरेको छ । स्किको नीति नेपालको राष्ट्रिय प्राथमिकतामा पर्ने शिक्षा, स्वास्थ्य, कृषि, आधारभूत संरचना, बातावरण जस्ता क्षेत्रको बिकासका लागि नेपाल सरकारका सम्बन्धित निकायसंग सहकार्य गर्नु हो ।

स्किका महत्वपूर्ण परियोजनाहरुमा गैरआवासीय नेपालीको खुला विस्वबिद्यालय, नेपाल साइन्स फाउण्डेसन ट्रस्ट, रोड सेफ्टी प्रोजेक्ट, स्कि सेमिनार एन्ड स्किल इनभेण्टरी हुन । स्कि हाल एनआरएनको केन्द्रिय र राष्ट्रिय स्तरमा कार्यरत छन । २०१७ को एनआरएनको ग्लोबल कन्फेरेन्समा स्किका उपलब्धीहरु र दीर्घकालिन रणनीतिबारे छलफल गर्यो भने देशको आर्थिक रुपान्तरणको लागि ज्ञान र सीप लगानी प्राथमिकतामा पार्न एनआरएन अध्यक्ष भबन भट्टले स्किका सबै गतिबिधिहरुलाई एउटै छाताभित्रबाट सन्चालन गर्न २०१८ मा एनआरएन अकाडेमी स्थापना गर्ने घोषणा गरे । यही सिलसिलामा नेपाल सरकारको सहकार्यमा एनआरएनको पहलमा पहिलो ग्लोबल कन्भेन्सन गर्न लागिएको हो जस्को सम्मुदघाटन सम्माननीय प्रधानमन्त्री केपी वलीले १२ अक्टोबरमा गर्नुहुनेछ ।

ओसिनिया क्षेत्रिय संयोजक धर्म राज अधिकारी र सम्बन्धित समूहको पहलमा ग्लोबल कन्भेन्सन अघि सेप्टेम्बर १५ मा सिड्नीमा एक दिवसिय प्रिग्लोबल कन्फेरेन्स मिटिङको रुपमा ओसिनिया क्षेत्रिय कन्फेरेन्स आयोजना गरिएको थियो जुन कृषि, आधारभूत संरचना (रेल, टनेल, सडक), शिक्षा, स्वास्थ्य आदि बिषयमा केन्द्रित थियो । एनआरएन स्कि कार्यक्रममा ओसिनिया क्षेत्रले शुरुदेखि नै नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएको छ र् यो कन्फेरेन्सले ग्लोबल कन्भेन्सनलाई फलदायी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विस्वास गरिन्छ ।

नेपालले पहिलो पटक १९६१ मा बिज्ञान र प्रबिधि नीति निर्माण गरेपस्चात कयौं अनुसन्धान केन्द्रहरु खुलेका छन । शुरुका केही दशक ती केन्द्रहरुले आफ्ना स्थापनाको अर्थ साबित गर्ने राम्रा लक्षणहरु देखाए तापनि बिज्ञान र प्रबिधिले जादुमय फड्को मारिरहँदा पछिल्लो समय झन आफ्नो औचित्य साबित गर्ने किसिमका गतिबिधि दिन सकिरहेका छैनन भने सरकारी स्तरबाट पनि यो क्षेत्रलाई खासै प्राथमिकतामा पारेको देखिन्न । दोश्रो विस्वयुद्धमा ध्वस्त भएको जापान आँफैमा साधन र श्रोत यथेष्ट नभए तापनि जनताको भावना र बिज्ञान र प्रबिधि मार्फत छोटो समयमा नै बिकासको त्यो अवस्थामा पुग्न सफल भयो जहाँ विस्व ब्यापारमा लामो समय अमेरिकालाई आच्छु आच्छु पारिराख्यो र अहिले चीन, भारत र कोरिया पनि त्यही बाटोमा छन । अत: बिज्ञान र प्रबिधिको आजको युगमा यस्लाई राष्ट्रिय प्राथमिकताको बिषय बनाइन्न भने विकास संभब होला कसरी र ?

विकासका लागि आबस्यक थुप्रै प्राकृतिक र मानबीय श्रोतको प्राचुर्यता भएको नेपालमा लामो समय राजनीतिक अस्थिरताबाट स्थिरतातर्फ उन्मुखको लक्षण देखा परेको छ संगै स्वतन्त्रता प्राप्त गरेका देशहरुलाई विकासका दृष्टिकोणले टोपी खस्ने गरी हेर्नुपर्ने स्थिति सिर्जना भएपछि । आफ्नै देशभित्र भएका प्राकृतिक र मानबीय श्रोतको प्राचुर्यताले खासै अर्थ राख्दैन जबसम्म यथोचित ब्यबस्थापन, समुचित र समयोचित प्रयोग गर्न सकिएन भने । विज्ञान, प्रविधि र नवाचार कुनै पनि देशको आर्थिक समृद्धिको कडीको रुपमा मानिने यस्तो जटिल तर महत्वपूर्ण समयमा एनआरएनले बिदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने प्रतिबद्धता अनुरुप जुन बिज्ञ विस्व सम्मेलन गर्दैछ यो अत्यन्तै समय सान्दर्भिक र प्रसंशनिय छ । यो सम्मेलनद्धारा प्राप्त हुने उपलब्धिहरुको प्रभाबकारी कार्यन्वयनको लागि ठोस योजना बनाइनु पर्छ र कार्यन्वयनको क्रममा प्राप्त उपलब्धीहरुलाई नियमित मूल्यांकनद्धारा ब्यबस्थित गरिनु पनि त्यत्तिक्कै महत्वपूर्ण हुन्छ ।

**    Engr. Ram Kumar Shrestha, Lumbini-Kapilvastu Global Campaign Global Coordinator, NRNA Australia Adviser
       Dr. Raju Adhikari, Member Conference Organising Committee, Co-Chair, NRN Academy