कर्ण बहादुर अधिकारी।
बिजया दशमी अर्थात टिकाको दिन आर्य-क्षेत्री समाज मकाउले आयोजना गरेको बडा दशै,शुभकामना आदान प्रदान तथा टिका ग्रहण कार्यक्रम मकाउ बोर्डर गेट स्थित पोर्टास पार्कमा १५० जना भन्दा बढी अतिथिहरूको उपस्थितिमा टिका ग्रहणका साथ एतिहासिक रूपमा सम्पन्न भएको थियो।हिन्दुहरूको माहान चाड भनिए पनि बिभिन्न धर्माबलम्बीहरूको पनि उपस्थिति रहनु खुशीको क्षण थियो।नेपाली नेपाली बीच भावनात्मक संबन्ध बढाउनका लागि यस पालीको दशै कार्यक्रमले गहन भूमिका निर्वाह गरेको थियो।
कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद् एशिया प्यासेफिकको आर्थिक सह अध्यक्ष अम्बिर जोशी,गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारी,आई सी सी सदस्य मुकेश कुमार बरूवाल लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।आर्य -क्षेत्री समाज गठन भएको केही समय पश्चात नै मकाउमा यसरी एकिहासिक कार्यक्रम गर्नु गौरवको कुरा हो।यस कार्यक्रमलाई सफल गराउन र कार्यक्रमको म्यानेजमेन्ट गर्नका लागि समाजकै अध्यक्ष निरञ्जन खड्का,कोषाध्यक्ष पदम सिंह पन्त लगाएत कार्य समितिका पदाधिकारीहरू र सल्लाहकारहरूले गहन भूमिका निर्वाह गरेका थिए।कार्यक्रम बिहान १० बजे देखि बेलुकी १० बजे सम्म संचालन गरीएको थियो।कार्यक्रममा आएका अतिथिहरूले समाजका सल्लाहकार प्रजुन कुमार अधिकारीको हातबाट टिका ग्रहण गरेका थिए।