दुवै मृर्गौला पीडित सुमनलाई चितवन समाज युएई द्वारा आर्थिक सहयोग

Spread the love

चितवन २७ पौष। वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत प्रवासी नेपालीहरुबाट संकलित रकम रत्ननगर २ टाँडी निवासी दुवै मृर्गौला पीडित सुमन परिवारको उपचारका लागि प्रवासी चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले ७० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।

टाँडीमा आयोजित कार्यक्रममा समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र कार्यक्रमका प्रमुख अतिति वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले सुमनकी आमा चम्फा

सो अबसरमा समन्वय समितिका अध्यक्ष अधिकारीले वैदेशिक रोज परियारलाई ७० हजारको चेक हस्तान्तरण गरेका थिए । समन्वय समितिका बरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्याल,उपाध्यक्ष कविता ढकाल,कोषाध्यक्ष सीता ढकाल,चितवन समाज युएईका संरक्षक निमकान्त पाण्डे, सल्लाहकार प्रविण विक,रामु पौडेल,आजीवन सदस्य तथा लोक गायक नेत्रजी पन्त,समन्वय समितिका गलफ संयोजक श्याम पोखरेल लगायतको रकम हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो । युएईमा आर्थिक संकलनको लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएई तथा ताप्लेजुङ समाज सेवा युएईले पनि सहयोग गरेको थियो । गारीको लागि युएईमा रहेका प्रवासी नेपालीहरुबाट संकलित रकम मृर्गौला पीडित सुमनको उपचारका लागि सहयोग गरेको बताए । समन्वय समितिले प्रवासमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकमबाट विभिन्न सामाजिक क्षेत्रका सहयोग गर्दै आएको बताए । चितवन समाज युएइ का सल्लहाकार प्रविण बि क ले स्वागत मन्तब्य राखेका थिए।

यही पुस ५ गते मात्र नेपाल आएका सुमनको भक्तपुर मावन अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । सुमनको मृर्गौला प्रत्यारोपण गर्ने परिवारले योजना बनाएका छन । सुमनको उपचारको लागि देश विदेशबाट आर्थिक संकलन जारी रहेको छ ।