भक्तपुर,
महालक्ष्मी नगरपालिका ५, टिकाथली, ललितपुरको यो दयनीय दृश्य देख्दा कसको मन नरोला र ? आधी बरिएको टहरा, दाउराको अभावमा ढोड बालेर कालो भाडामा पाकेको भात र तरकारी देख्दा मन नै चसक्क हुन्छ। पौष महिनाको यस्तो कठ्यांग्रिदो चिसोमा करिव ७४ वर्षीय बुढी आमा सहित उनकी करिव ४९ वर्षीय छोरी सोहि टहरोमा विगत १/२ महिना देखि बस्दै आएका छन्।
ति बुढी आमाले आफ्नो नाम कान्छी र आफ्नो छोरिको नाम लक्ष्मी बताउछिन्। आमा अलि कान नसुन्ने थिइन्। हामीले केहि प्रश्न गर्दा चर्को स्वोरमा बोल्नु पर्थ्यो त्यही पनि बल्ल आमाले सुने जस्तो गर्थिन्। कति प्रश्नको जवाफ त आमाले मलाई केहि थाहा छैन पकाउने, खाने, बस्ने अह मलाई केहि पनि थाहा छैन भन्दै टारिन पनि । आमाको कथाब्यथा उनको मनमा यत्ति गढेको रहेछ कि उनी कोहिसँग खुलेर पनि बोल्न नमान्ने रहेछिन्।
छोरी लक्ष्मीलाई हामीले केहि प्रश्न गर्यौ। शुरुमा त उनी पनि आमा जस्तै बोल्न मानिनन्। अब त्यही एउटा भएको टहरामा पनि बस्न नदिने भए झैँ लाग्यो क्यारे उनी केहि बेर त हामीलाई हेरी नै रहिन् हामीसँग बोल्नै मानिनन्। केहि समयको वार्तालाप पछि बल्ल उनले आफ्नो बारेमा बताउन शुरु गरिन्।
लक्ष्मीकी आमाले लक्ष्मीलाई डुकुछापमा विवाह गरेर दिएकि रहेछिन्। उनको श्रीमान ज्यामी काम गर्थे रे। लक्ष्मीले बताए अनुसार अहिले त उनको स्वर्ग वास भइसक्यो। ज्यामी काम गरेरै भए पनि उनको घरमा माशु टुट्दैनथ्यो मिठो मसिनो नै पाक्थ्यो।एक्कासी बाटोमा हिड्दा हिड्दै लडेर श्रीमानको प्राण गए पछि लक्ष्मी बेघर भईन्। डेरामा बसेकी उनले न भाडा तिर्न सकिन् न घरब्यवहार टार्न नै। छन त लक्ष्मीको घरमा सासु ससुरा दुई जना देवर एउटा देवरानी समेत छन्। घरमा आउनु बस्नु त भन्छन् तर वास्ता भने गर्दैनन्। काम गरे खान दिने नत्र नदिने फेरी आमा पनि पाल्नु पर्ने भएकोले लक्ष्मी अर्काको जग्गामा टहरो हालेर बासिन्।
त्यहिँ टहरोमा पनि चर्च बनाउनु पर्यो भनेर क्रिस्टमसको दिन उनीहरुलाई उक्त चर्चको पास्टरले निकाले। दुख गरेर भए पनि लक्ष्मीले ५ वटा कुखुरा एउटा कुकुर पालेकी थिइन्। कुखुरा सहित उनका सामान खोलामा फालिए। चर्चमा नै बस्न दिउला भनेर आश्वाशन दिदै उनीहरुको टहरा भत्काइयो। केहि समय उनीहरु दुई आमा छोरी चर्चमा नबसेका पनि होइनन्। त्यहाँ उनीहरुलाई एकदम धेरै काम लगाइन्थ्यो। सकिनसकी काम गरेर बसे दुई आमा छोरी। चर्चमा भी आइ पी आउछन् तिमीहरु आमाछोरी राख्दा बेइज्जत हुन्छ भन्दै उनीहरुलाई चर्च बाट पनि निकालियो।
बस्ने बासको खोजि गर्दै रुदै उनीहरु अहिले अर्काको जग्गामा सिमेन्ट छापेर टहरो हालेर बसेका छन्। टहरो आधि ह्वाङ्ग छ। लत्ता कपडा मैलिएका छन्। पकाउने भाडो धुवाले कालै भएर रंगिएको छ। बिहानै गएका थियौ हामी। आमाले त्यहिँ कालो भाडोमा भुसे चुलोमा ढोड बालेर भात पकाउदै थिइन्। भात पाके पछि उनले हिजोको तरकारी तताइन्।
उनीहरुको अवस्था देखेर हाम्रो चाही मन थामिएन। याक्सन फर सोसियल चेन्जका अध्यक्ष बिनय जंग बस्नेत र पिएनपि मीडियाको सहकार्यमा सिरक-डसना-तकिया-लगायतका जाडोमा न्यानोका सामान्य सामाग्री सहयोग गर्न पाउँदा हाम्रो मन पनि केहि सन्तुष्ट भयो।
आश्रममा जाने भनेर प्रश्न गर्दा उनले सिधै नजाने भनिन् । बरु मेलापात गरेर दुख गरेर खान्छु आश्रम जादिन बरु मलाई सरकारी जग्गामा एउटा टहरो बनाइदिनु म आमा पालेर बस्छु भन्दै उनले गुनासो पोखिन्। लक्ष्मी एक मात्र छोरी भएकोले पनि उनलाई आमा पाल्नु पर्ने जिम्मेवारी रहेछ। लक्ष्मीका बुबाको अनुहार उनलाई नै याद रहेनछ। एउतै शाहारा छोरीलाई बुढी आमाले खाना बनाउन पनि लगाउदिनन् रहेछिन्। आफै स्वा स्वा गर्दै पकाएको दृश्यले जो कोहि मन पनि भावबिहोल हुन्छ।
स्थानीय अम्बिका सिवाकोटी, याक्सन फर सोसियल चेन्जका अध्यक्ष बिनय जंग बस्नेत र पिएनपि मीडियाको सहकार्यमा यी आमा छोरीलाई सरकारी जग्गामा एउटा टहरो बनाइदिने हामीले योजना बनाएका छौ। आउनुहोस् हातेमालो गर्दै अगाडी बढौ। सहयोग गर्न चाहनेले पिएनपि मेडियाको अफिसियल पेज पिएनपिखबर डट कममा सम्पर्क गर्न सक्नुहुनेछ।
हेर्नुहोस उनै आमासँग पिएनपिखबरसँग गरेको कुराकानी