कर्ण अधिकारी मकाउ, चीन।बैदेशीक रोजगारीको शीलशीलामा बिदेशमा दिन रात नभनी परीश्रम गरेर कमाएको पैसाले छुट्टी मनाउन नेपाल आउँदा १/२ सेट मोबाईल फोन र १/२ बोत्तल बिदेशी ब्राण्डको रक्सी ल्याउदा नेपाल सरकारले त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थलमा जफत गर्न सुरू गरेको छ।उक्त जफत गरीएको सामानहरूलाई नेपाल सरकारले २ करोड रूपैयामा लिलाम गर्ने भन्दै लामो फेहरीस्तका साथ सामानको नामावली प्रकाशीत गरेको छ।यसरी सरकारले बिदेशीएका श्रमिकको पसिनाको कमाईलाई लिलाम गर्नु दुर्भाग्य पूर्ण कुरा हो।नेपाल सरकारको घटिया रणनितिका बिरूद्धमा केही लेख्ने जमर्को गरेको छु।
देशलाई संबृद्धिको बाटो तर्फ उन्मुख गराउछु भनेर नेपालको बागडोर सम्हाल्ने नेताहरूको अदुर दृष्टीका कारण आजको दिन सम्म आई पुग्दा ५०/६० लाखको हाराहारीमा श्रमिकको ट्याग भिर्दै दक्ष यूवा जनशक्ति बिदेशीएका छन।सरकारको अपरीपक्व रणनितिका कारण न त देशमा बसेर रोजगारी गर्ने माहौल बन्यो न त पारीवारीक गुजारा नै।बार्षिक ५/६ लाखको हारहारीमा एसईई उत्तिर्ण गर्ने भाई बहिनीहरू प्लस २ गर्ने बित्तिकै बिद्यार्थी भिषामा अध्ययन गर्ने भन्दै जापान,अष्ट्रेलिया,युरोप अमेरीका लगायतका देशहरू तर्फ लागेको हामी पाउदछौ।त्यसै गरी १८ बर्ष उमेर पुरा गरेका यूवा वर्गहरू पनि हातमा हरीयो पासपोर्ट पर्ना साथ बैदेशीक रोजगारीको लागि गल्फ कन्ट्री हुँदै युरोप अमेरीका लम्किएका हामीसंग थुप्रै उदाहरण छन्।
आज त्यही श्रमिकले २/३ बर्ष प्रवासमा बिताएर नेपाल छुट्टी मनाउन आउँदा पसिनासंग पैसा साटेको धनले साथी भाई र आफन्तिलाई खुशी बनाउन कोशेली स्वरूप ल्याएको १/२ थान मोबाईल सेट,१/२ बोत्तल बिदेशी रक्सी र केही लत्ता कपडा लिएर आउँदा त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थलका कर्मचारीले कडाईका साथ चेक गर्दै नेपाल सरकारको निति निर्देशन अनरूप भंसारको निति भन्दै सामान जफत गरी दिनाले तपाई हामी बिदेशीएका नेपालीहरू मर्कामा परेका छौ।सुकिला मुकिला लगाउनेहरूले टनका टन सुन बिना भंसार सेटिङ मिलाएर बिमान स्थलबाट बाहिर निकाल्न सफल हुन्छन भने ती पसिनासंग पैसा साट्ने श्रमिकको सामान माथि गिद्धे नजर लगाउने नेपाल सरकारलाई राम्रो मान्न सकिदैन।बिदेशीएका श्रमिकको रेमिट्यान्सले देश चलाउनेहरूले किन बिदेशीएका श्रमिक माथि राम्रो सोच्न सक्दैन ? बिमान स्थलका कर्मचारीले सुकिला मुकिला र गोरा छाला भएकाहरूलाई गर्ने ब्यबहार र श्रमिकलाई गर्ने ब्यबहार आकाश जमिनले फरक पार्छन।श्रमिकले ल्याएको २/४ तोला सुन देख्ने बिमान स्थलका कर्मचारीले टनका टन सुन भित्रिदा किन देख्दैनन् ?
नेपाल सरकारको कमी कम्जोरी भनौ वा लठैत पन भनौ नेपालका बिभिन्न क्षेत्रमा चरम रूपमा भ्रष्ट्रचार भई रहदा चुक्क सम्म बोल्न नसक्नु र भ्रष्ट्रचारीलाई कानुनी दायरामा ल्याउन नसक्नु दुर्भाग्य पूर्ण कुरा हो।एनसेल प्रकरण,वाईड बडी प्रकरण,बुढी गण्डकी प्रकरण,३३ किलो सुन प्रकरणका बिषयमा केन्द्रित नहुनु तर बिदेशमा दु:ख गरेर केही कमाएर ल्याउने श्रमिकलाई कडा निति अबलम्बन गर्नुले पनि यो सरकार जन बिरोधी सरकार हो।काँग्रेस,कम्युनिष्ट वा अन्य राजनैतिक दल हाक्ने नेताहरू हुन यिनीहरूमा कुनै किसिमको दुरदर्शीता भने छैन।
देश निर्माणका लागि भन्दै नमुना नेपालको अभियानलाई सार्थकता बनाउन स्थापना भएको धुर्मुस सुन्तली फाउण्डेशनले पनि बिदेशीएका नेपाली श्रमिकहरूसंग भिख माग्दैछन्।नेपाल सरकारलाई मेरो एउटै प्रश्न छ राष्ट्र बनाउने जिम्मा नेपाल सरकारको हो की धुर्मुस सुन्तली फाउण्डेशनको ? सरकारलाई अलिकति भए पनि लाज लाग्नु पर्ने हो।सम्माननीय प्रम केपी शर्मा ओली र कमरेड प्रचण्डलाई साक्षी राखेर स्टेडियम बनाउछु भनेर गर्जन गर्ने धुर्मुस सुन्तलीको अगाडी सरकारको तर्फबाट प्रतिनिधित्व गर्नुलाई गौरव मान्न सकिन्छ की सकिदैन ? म बिकाश बिरोधी भने पक्कै होईन तर पनि बाध्य भएर सरकारको बिरोध गर्दै धुर्मुस सुन्तलीलाई सहयोग गर्न सकिदैन भनेको मात्र हुँ । गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणका लागि खटिएका धुर्मुस सुन्तली यति खेर सबै भन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाउने देश मलेशीयामा छन्।त्याहाँका श्रमिकहरूले आफ्नो गाँस काटेर भए पनि सहयोग त गर्लान तर त्यो सहयोगको औचित्य के ? आफैले दुख गरेर कमाएको पैसाले किनेको सामान त लान नदिने नेपाल सरकारलाई कसरी सहयोग गर्लान खै ?
रोजगारीको शीलशीलामा प्रवासमा ज्यान गुमाउनेहरूको मृत शरीर दैनिक जसो ४/५ को संख्यामा बिमान स्थलबाट बाहिरीएको हामी पाउँदछौ।बिदेशी भूमिमा ज्यान अर्पण गर्ने रहर कसैलाई पनि हुँदैन तर बाध्यता भनौ वा बिबशता नेपालीहरू बिदेशी भूमिमा ज्यान गुमाउन बिबश छन्।नेपाली श्रमिकले ल्याएको मोबाईल,घडी,२/४ बोत्तल रक्सीमा मात्र प्रतिबन्ध होईन सक्छौ भने रातो बाक्सामा प्याक भएर आएको श्रमिकको मृत शरीरलाई पनि प्रतिबन्ध लगाउ किनकी नेपाल सरकारको आदेश बिना उसले बिदेशी भूमिमा स्वास फेर्न बिर्सिएको छ।