कर्ण अधिकारी सुर्यगढी २ नुवाकोट। धेरै दिन देखि सामाजिक संजालहरूमा एक क्षत्र राज गर्न सफल भएको गौतम बुद्ध क्रिकेट स्टेडियम र धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा पुन: एक पटक केही शब्दहरू उजागार गर्ने कोशीश गरे यसलाई अन्यथा नलिन हुन अनुरोध गर्दछु।सामाजिक क्षेत्रमा केही भए पनि योगदान पुराएका यी मेरा हातहरूले धुर्मुस सुन्तलीको यो अभियानको बिपक्षमा कलम चलाउदा असोभनीय त देखिएला तर बास्तबिक कुरामा कलम चलाउदा गाली गलौज सहनै परे पनि सहनशीलताका साथ खरो रूपमा प्रकट भए।यस बिषयमा कुरा उठान गर्दा कतिको साथीहरूको सपोर्ट पाएको छु भने कतिको गाली पनि । सामाजिक संजालमा आए पश्चात यस्ता कुराहरू आउनुलाई स्वभाबिक पनि मान्न सकिन्छ।
२०७२ साल बैशाख १२ गतेको आम बिनाशकारी महाभुकम्पमा परेका नेपालीहरूको उद्धारको लागि स्थापना गरीएको धुर्मुस सुन्तली फाउण्डेशनले २ परीयोजनाहरू गिरान चौर बस्ति र मुसहर बस्ति सफलताका साथ पीडितहरूलाई हस्तान्तरण गरे।बिशेषत: गिरानचौर बस्ति निर्माण गर्नका लागि स्थापना गरीएको फाउण्डेशनले नमुना नेपाल बनाउने भन्दै मुसहर बस्ति निर्माणमा हात हालेर सफल पनि भए।यो फाउण्डेशनले २ परीयोजना निर्माण गर्दा बिभिन्न बाधा अड्चन नआएको पनि होईन तर त्यसका बाबजुत पनि सफल भए।त्यहि १/२ वटा परीयोजनाबाट हौसिएका धुर्मुस सुन्तलीले खेल प्रेमीहरूको मन जित्नकै लागि र देशकै आबस्यता अनुसार नेपालमा बन्न नसकेको अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने त्यही पनि बिदेशीएका नेपालीले डोनेशन गरेको पैसाबाट।
राष्ट्रले गर्नु पर्ने काम ब्यक्तिको फाउण्डेशनले गर्छु भन्नु गौरबको कुरा पनि हो तर जसरी फाउण्डेशनले ३ अरबको लगानीमा स्टेडियम बनाउछु भन्दै प्रम ओली र कमरेड प्रचण्डको साथमा घोषणा गरे त्यस पछि भने यो फाउण्डेशन बिबादमा तानियो।सरकार भन्दा फाउण्डेशन हाबी हुनु र प्रम र बरीष्ठ नेता त्यही पनि सरकारको मातहातकाले धुर्मुस सुन्तलीको कार्यका लागि शुभकामना दिएर ताली बजाई रहनुले सरकार निरीह रहेको प्रष्ट देखिन्छ।सरकारको दायित्व र जिम्मेवारीको बोध काँही देखिएन्।भरतपुर महानगर पालिकाले बिबादमा रहेको त्रिबिको जग्गा उपलब्ध गराएको साथै भोलीका दिन कमरेड प्रचण्डको राजनितिलाई सेफ ल्याण्डिङ गराउन पनि यो रणनिति अगाडी सारीएको हो।बिगत लामो समय देखि निर्माणाधीन अबस्थामा रहेको मुलपानी स्थित स्टेडियमको कही कतै चासो र परीचर्चा नहुनु पनि दुर्भाग्य नै हो।
स्टेडियम निर्माणका लागि बिदेश यात्रमा कार्यक्रममा निस्किएका धुर्मुस सुन्तलीलाई पहिलो गाँसमा नै ढुंगा भने झै भएको कुरा मलेशीया कार्यक्रमबाट प्रष्ट रूपमा देखियो भन्दै बिभिन्न अनलाईन पोर्टलहरूले छाप्न सुरू गरी सकेको छ।जुन लक्ष्य लिएर मलेशीया उडेका थिए त्यो अनरूप हुन नसक्नु दुर्भाग्य नै हो भन्नु पर्छ।५ लाख भन्दा बढी नेपाली कार्यरत रहेको मलेशीयाबाट रकम सोचे जति नउठ्नुले पनि हामीले के बुझ्नु पर्छ भने फाउण्डेशन सामाजिक कार्यको लागि हो बिजनेश प्रपोजलका लागि होईन भनेर।फाउण्डेशनले बिश्व ब्यापी कार्यक्रम राखे पनि परी कल्पना गरेको रकम उठाउन हम्मे हम्मे पर्ने छ।युरोप अमेरीकाबाट पनि बिरोधका आवाज उठी रहेको छ।लेखेर राख्नु होस्।गिरान चौर बस्ति र मुसहर बस्ति जस्तो पैसा उठाउन पनि गारो छ।नाफा मुलक स्टेडियम बन्ने हुनाले बिकल्पमा यो सोच्न सकिन्छ की बिदेशीएका नेपाली दाजुभाई हरूलाई शेर बिक्री गरेर पैसा संकलन गर्न सकिनेछ।होईन भने यो परीयोजनालाई सरकारले जिम्मा नलिए सम्म सफल हुन सक्ने लक्षण देखिदैन्।३ अरब त अनुमानीत रकम हो यो बढेर ५/६ अरब पनि पुग्न सक्छ तसर्थ मेरो धुर्मुस सुन्तलीलाई एउटै अनुरोध स्टेडियम बनाउन सरकारलाई नै दिनु होस्।तपाईहरूले त दुख पीडामा परेका नेपालीलाई सेवा गर्ने हो।
अर्को कुरा स्टेडियम, बाटोघाटो, पुल पुलेसा बनाउने काम सरकारको हो भन्दा हामीलाई नै खेदो खन्ने जमातको कमी रहेन ।सामाजिक संजालमा तथानाम गाली गलोज गरी रहेका छन्।कारण उनीहरू यस बिषयमा एक देश भक्त तर सोझो नागरीक भएर नै हो उहाँहरू केवल स्टेडियम बनेको हेर्न चाहनु हुन्छ तर बास्तबिक कुरा बुझ्ने हो भने उहाँहरूले पनि एक सुको पनि सहयोग गर्ने छैनन र हामीलाई नै सपोर्ट गर्ने छन्।हामीले धुर्मुस सुन्तलीको चाहना अनरूप सहयोग गर्दै जाने हो भने हाम्रो सहयोग कहिले सम्म।राष्ट्रको भौतिक संरचनाहरू कलाकार,पत्रकार र बिदेशीएका नेपालीले गर्नु पर्ने भए पछि संघीय,प्रदेश र स्थानीय सरकार के का लागि ? हामीले चरम रूपमा तिर्दै आएको कर के का लागि ? हामीले तिरेको कर मन्त्री र सांसद पाल्न मात्र हो ? यस्ता थुप्रै प्रश्नहरू छन म भित्र कसैलाई यस बिषयमा बहस गर्न मन छ भने मलाई सम्झनु होला।