भरतपुरको चितवनमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गो फन्ड मी मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन् ।
केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक संकलन गरिरहेको छ।
चितवनको भरतपुरमा निर्माण हुने यो रङ्गशालाको लागी फिल्डको काम सुरु भईसकेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चिवनको रामपुरमा शाखा कार्यालय समेत संचालन गरिसकेको छ ।
बहुउद्देश्यीय यो रंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपुर्ण खेलहरु समेत यसमा खेल्न सकिनेछ । यो परियोजना सिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ ।
Go Fund Me Link : https://www.gofundme.com/NepalStadium