ज्वाला संग्रौला,
पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको समाचार एकाएक आयो! सुरुमा त पत्यार लागेको थिएन तर नेशनल टेलिभिजनहरुले समेत वहाँ लगायत हेलिकोप्टरमा सवार ६ जना यात्रुहरुको दुर्घटनामा परि ज्यान गएको खबर फुके, त्यसपछि भने अबिश्वास गर्ने ठाउँ रहेन । एकाएक सामाजिक सन्जालमा वहाँको फोटो टाँसेर हार्दिक श्रदान्जली दिनेहरुको ठूलो भिड देखियो। अन्य केहि मिश्रित प्रतिक्रिया पनि आए। केहि भन्दै थिए, देशबाट एउटा आशलाग्दो तारा खस्यो, संभावनाको विरुवा उखेलियो, एउटा होनहार युवा नेता गुमायो देशले। कोहि कोहि चाहिँ भन्दै थिए, जे भयो ठीकै भयो, भ्रस्टहरु जुनसुकै तरिकाले मर्नु पर्छ, अदालतले दिन नसकेको सजाय भगवानले दिए ठिकै भयो!
सबै पढिसकेपछि मेरो चाहिँ दुबैसँग मेल खाने हर्मोन एकाएक पैदा भैयो। हो, देशले एउटा बिकाश र संभावनाको पहरेदार गुमाएको छ , देशबाट एउटा तारा खसेको छ , एउटा आशलाग्दो युवा नेताको अवसान भएको छ। तर सँगसँगै मनमा कताकता रबिन्द्र प्रति नकारात्मक सोच पनि बाँकी नै थियो, किनकी वाईड बडी ख़रीद प्रकरणमा दोषी ठहरिएका भनेर उनी बाँचुन्जेल मिडियाहरुले तताउन सम्म बजार तताएका थिए! उनको नाममा दिनैपिच्छे बहस भएकै हुन्थे! उनलाई कालो मोसो दलेर फाँसी हुनुपर्छ भन्नेहरु देखि लिएर छानबीन टोलीका सरकारकै केहि ब्यक्तिहरुले पनि उनको नाम लिएर दोषीलाई कारबाही हुनैपर्छ भन्थे। सत्य के हो हामी सर्बसाधारणलाई थाहा थिएन। सन्जाल र मिडियामा आएका कुराहरुलाई नै टेकेर हामीले आफ्नो धारणा बनाउनु बाहेक हामीसँग अर्को बिकल्प त के नै हुन सक्छ र? तसर्थ रबिन्द्र अधिकारीको पनि दोष रहेछ भनेर हामीलाई संकाको सुबिधा दिने छड्के मिडिया ,केहि सरकारका हनुमान र केहि प्रतिपक्षका घोडाहरु नै हाम्रो दिमाग भुट्न अहम् भुमिका खेल्ने खलनायकहरु बने।
तर जब उनको दुर्घटनामा परि निधन भयो, तब उनको देवत्वकरण सुरु भयो। हिजोको दिनमा उनलाई दोषी देख्ने चश्माका पावरहरु एकाएक बदलिए, सजाय हुनैपर्छ भनेर चिच्याउने मिडियाहरु यु टर्नमा बटारिए, प्रतिपक्षहरु पनि असल सहयात्री गुमायौं भनेर ढोल पिट्न थाले।उनको बिधार्थी राजनीति बाट सुरु भएको जुझारु यात्रा , उनले कम्पोज गरेका गीतहरुको तारिफ,उनले बनाउन सुरु गरेका बिमानश्थलहरुको तीब्र गतिमा निर्माणकार्य जारी भएको तथ्य, बिगतका पर्यटन मन्त्री भन्दा द्रुत गतिमा काम गर्ने ब्यक्ति रबिन्द्र आदिजस्ता बहस देखि लिएर उनका आगामी बिकाशका योजनाहरुको बारेमा पनि सबैले ढोल पिट्न थाले।
यति बिधि गुणले भरिएका र देशको लागि केहि गर्छु भनेर लागिपरेका रहेछन् उनी तर उनलाई हिजो बाँचुन्जेल सबै मिलेर भ्रस्टाचारी बनाईदिए, वाईड बडी प्रकरणमा दुनियाले फटाहा देखे, केहि गर्छ भनेर आश गरेको तर देशद्रोही निक्लियो भनेर दुनियाले भाषण ठोके र बदनामको बोरामा हालेर बन्द गरिदिए उनको ब्यक्तित्वलाई। देश र जनताको लागि केहि गर्छु भनेर राजनितीमा होमिएको युवा नेतालाई दुनियाले आफ्ना दोषी आँखाहरुले भ्रस्टाचारिको बात लगाउँदा कतिपटक भाँचियो होला उनको मन,मिडियामा आफ्नो बेईजत गरेर बहस भैरहँदा कसरी हेरिरहे होला आफ्नो बेक़सूर बदनामीको नाटक, आफ्नो फोटो माथी जिउँदै रिप लेखेर पोस्ट्याउने टुइटे र फेशबुके देखेर कतिपटक मरे होलान् उनी जिउँदै..! नखाएको बिषले आफ्नो राजनीतिक इमेज नीलो हुँदा कसरी हिँडे होला सम्हालेर आफूलाई..!! त्यतिबेला खोजि हुनुपर्थ्यो उनको सत्कर्म, त्यतिबेला थाप्नु पर्थ्यो उनीमाथी बचाउको छाती, त्यतिबेला माईतिघरमण्डलामा उँभिएर लाउनु पर्थ्यो चर्को स्वर मा समर्थनको नारा र बिकाऊ मिडियाहरुले पनि गर्नु पर्थ्यो खोज पत्रकारिता! कहाँ मरेका थियौ तिमीहरु हिजो जतिबेला उनलाई सत्य साबित गरिदिनु पर्ने थियो? कहाँ मुन्टेका थियौ त्यतिबेला, जतिबेला उनलाई भावनात्मक समर्थनको खाँचों थियो! कुन दुलोमा निधाएका थियौ हँ कुम्भकर्ण हरु??? हो, मैलेपनि उनको मृत्युपश्चात एउटा स्टाटस लेखेकी थिँए । तर त्यो स्टाटस कुनै एक भद्र ब्यक्तिको अनुरोधमा डिलिट गरिदिएँ। मैले जीबनमा आफूले लेखेको स्टाटस पहिलोपटक डिलीट गरेको त्यहि थियो। मलाई त्यो स्टाटस लेख्न र मेटाउन बाध्य बनाउने दोषी को? यहि समाज, यहि सन्जाल, यहि मिडिया र यहि मेरो देशको तुलिगाँडा निकम्मा राजनीति..!
आज मलाई हामी नेपालीहरुको घृणित मानसिकता र बिकलाँग सोचप्रति थुकिदिन मन लागेको छ, थुतेर मानिसको अनुहारको भाँडो, त्यहाँ कुनै जनाबरको अनुहारको बनावट टँसाईदिँउ झैं लागेको छ, सामाजिक संजाल र सडकका कठपुलती र दुस्टहरुले सुन्ने अग्लो ठाउँमा उँभिएर चिच्याउन र भन्न मन लागेको छ कि, “बाँचुन्जेल राक्षसीकरण गरेर सासमाथी ढुँगा हान्ने ओई मर्त्यलोकका यमराजहरु हो, मरेपछि देवता बनाएर लासमाथी भो अब फूल नचढाऊ! “
हेर्दा हेर्दै खरानी भए Rabindra Adhikari, श्रीमती र छोराहरुले दिए दागबत्ति, मन थाम्नै सकिएन