एच.बी ताम्राकार,
देश बाबुराम कै एजेण्डामा प्रवेस गरेको जस्तो देखियो । नेकपाले बाबुरामकै एजेण्डालाई आत्मसाथ गरेको देखियो।संसदीय खेलमा प्रचण्ड आउनु नै बाबुरामको कार्यदिशा थियो । देशमा विपी पछी भिजनरी नेताका रुपमा आफुले लिएको भन्दै लामै लेख लेख्न भ्याएका थिए अर्थविद्ध रामेश्वर खनाल सरले । हिजो संसदमा प्रचण्डले प्रधानमन्त्रीकालागि नेपालमा एवान केन्डिडेट बाबुराम हुन भनेको विर्सेको छैन् ।
जनयुद्धमा बाबुराम-प्रचण्ड आजको केपी-प्रचण्ड जस्तै थिए ।प्रचण्डमा कुनै ठोस निर्णय लिन सक्ने क्षमता तत्काल देखिदैन् ।क्षमता देखाउन सक्छन तर पाटी फुट्ला की भन्ने डरपनि छ ।त्यसैले चाहेरपनि तत्काल प्रचण्डले ठोस कदम चाल्न सक्ने बातावरण देखिदैन् । ततकालिन माकेका उपाध्यक्ष क्रमश बाबुराम , वैध , नारायण हुदा प्रचण्डको उचाई सगरमाथा जस्तै अटल थियो ।
आफ्ना सहयात्रीसंग सम्बन्ध राम्रो बनाउन नसक्नु ठुलो गल्ति हो । ठुलो शक्ति टुक्रा-टुक्रा भयो । टुक्रा-टुक्रा शक्ति एक हुन सक्थे तर प्रयास गरेरपनि असफल हुनु गम्भिर हो । हिजोको कांग्रेस फुटे जस्तै र एमाले फुटे जस्तै एक हुनुपर्थ्यो ।तर , विडम्बना भन्नैपर्छ , प्रचण्डका मजबुद जराहरु बाबुराम समुह , किरण समुह , विप्लब समुह र यस्तै यस्तै समुह टुटेर जानु प्रचण्डपथ विलाएर जानु जस्तै हो । अहिले मनन गर्ने हो भने बाबुरामको एजेण्डामा प्रचण्ड-केपी देखिन्छन् ।
एजेण्डा हाईज्याक हुदा बाबुराम टुलुटुल हेरेर बस्नुको विकल्प देखिएन् ।बरु बाबुराम , रविन्द्र मिश्र र उज्वलहरु एक भएर अगाडी जानुपर्ने हो तर आ-आफ्नै अहमता देखाउने परिपाटीले स्पष्ट वैकल्पिक शक्तिको रुप देख्न पाईएन् ।सिके ,पिके र केपी एउटै टेबुलमा बस्न सक्छन् । बाबुराम ,मिश्र र उज्वल किन बस्न सक्दैनन् ? स्वार्थमाथी उठेर जनताको लागि एक हुनुहोस । अवश्य नेकपा र नेका लाई चुनौति दिन सक्नेछन् ।अन्यथा नयॉं दलहरुपनि विगतमा जन्मेका दलहरु जस्तै हराएर जानेछन् ।
पूर्व-पश्चिम जनसंवाद अभियानपनि सकियो । संघठन भने साघुरिएर गएको छ भनेर सुन्नमा आउन्छ । संगठन ठुलो भएन् भने देशको मुलधारको नेतृत्व गर्न सकिदैन् । हिजो बाबुरामले केपी-प्रचण्ड संग एक भएर अगाडी बढ्ने निर्णय गरेको देखेर नारायण काजीहरुलाई डर लागेछ् । चुनाव क्षत्रबारे दवाब दिन लगाईयो र सहमतिबाट हात पखाल्न बाबुरामलाई बाध्य पारियो । नेकपाको ढोकामा पुगेका बाबुरामलाई शेरबहादुरको आशीर्वादले नयॉं शक्तिको इज़्ज़त जोगिएकै हो ।
बाबुरामको एजेण्डा देशकोलागि थियो ।समृद्धिको कुरा गर्ने बाबुराम हुन् । भारत र चिनसंग राम्रो सम्बन्ध बनाउ भन्दा भारतिय एजेन्ट भने ।तराईलाइ संवोधन गरौ भनेर भन्दा बाबुरामको विचारलाई कदर नगरेरै सिधा तरिकाले संविधान जारी भयो ।पछि राजपासंग संविधान संसोधन गर्ने सहमति गरेर सरकारमा तराईवादी दलहरुलाई समेट्न पुगे । त्यो वेलापनि बाबुरामलाई संविधान विरोधी र भारतिय एजेन्ट कै ट्याग लाग्यो ।
सिके राउत जस्ता अराजक समुहहरुलाई सहमतिमा ल्याउ भनेर आवाज निकाल्दा बाबुरामको विरोधै गरे । देँसको विकासकालागि प्राधिकरणको निर्माण गरौ भन्दा कसैले सुनेनन् । तराईमा गएर मधेशी पोसाक लगाउदा धोती भनेर कमेन्ट गरे । मलाई लाग्छ , बाबुराम देशकालागि आवश्य मान्छे हुन् । यिनको बौद्धिकताको क्षमताको प्रयोग देशले गर्न नसक्नु दु:खद हो । प्रचण्ड- बाबुरामको जोड़ी कुनै समय अमुल्य थियो ।
आज विप्लब र प्रकाण्ड एक छन् । यिनिहरुको सम्बन्ध राजनैतिक रुपले अझै कडा हुन्छ । देशमा बमहरु नपड्कियोस र रक्तपात हुन बाट देशलाई जोगाउन केपीको आक्रामक भाषण चाहिएको होईन् बरु बाबुरामले संसदमा बोलेको वैज्ञानिक विचारको सम्मान होस् र गरियोस् ।