[नेपालको राष्ट्रियता र विकास ओझेलमा पर्नुको रहस्यबारे लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत ब्यक्त गर्नु भएको विचार समसामयिक र महत्वपूर्ण ठानी जानकारीको लागि प्रकाशित गरिएको – सं]
रामकुमार श्रेष्ठ
पछिल्लो समय विस्वप्रसिद्ध ब्यक्तिहरुलाई मात्रै नभएर नेपालको राष्ट्रियताको बिषयलाई बढी अध्ययन गर्ने गरेको छु । अध्ययन र अज्ञानताका कारण स्वार्थमा लिप्त धेरै नेपालीमा दक्षिणलाई हेर्ने पुरानो सोंचमा परिवर्तन आएको देखिन्न, तर अब अवस्था बिल्कुलै फरक भैसकेकोछ । हामीले अत्यन्तै गहनताका साथ नियालिरहेका छौं कि नितान्त स्वार्थमा निर्लिप्त ब्यक्तिहरु आफ्ना स्वार्थको लागि परिवर्तित सन्दर्भमा पनि अझै पट्टक्कै असहजता महसूस नगरी नांगो रुपमा दक्षिणकाहरुलाई काँधमा बोकेर हिंड्ने गरेका छन जस्ले गर्दा दक्षिणको स्वार्थको लागि खुलेयाम हिंड्ने सामान्यभन्दा अति सामान्य ब्यक्तिहरुले समेत नेपाल सरकारका जिम्मेवार ब्यक्तिहरु र निकायहरुलाई आफ्नै खल्तीको खेलौना जस्तो व्यबहार देखाउने गरी अभिब्यक्ति दिंदै हिंडेको देखिन्छ । यो किसिमको निम्न स्तरको हैसियत पश्चिमाहरुका तर्फबाट बिरलै भेटिन्छ जस्ले गर्दा उनीहरुको भित्री उद्धेस्यमा संलग्न ब्यक्तिहरुको पहिचान कार्य त्यत्ति सहज हुँदैन ।
चीनमा प्रबेश गर्ने करीब ३७६ मध्ये २७५ हिमालयन नाका नेपालमा छन जस्लाई हिउँद र बर्षा दुबैमा प्रयोग गर्न सकिन्छ र यूरोप चीनलाई विस्वकै सर्बशक्तिमान बन्ने कदमलाई रोक्न चाहने भएकोले नेपालको सामरिक महत्व यत्ति धेरै भएको हो । अहिले हाम्रो दक्षिणको छिमेकी समेत ब्रसेल्सको काखमा छ र पछिल्लो समय नेपालमा दक्षिणले चाहेको धेरै कुरा पहिला जस्तो हुन नसकिरहेको अवस्था छ । पछिल्लो समय नेपालको नेताको तुलनामा भारतीय नेताहरु नेपालको भ्रमणमा बढी आउनुको कारण यो पनि हो । मधेशमा २६ अमेरिकी, १४ वेलायती, ४ स्विस र ४ जर्मनी संस्थाहरुले ६६४ परियोजनाहरु सन्चालन गरेका छन जस मार्फत २२ अर्ब ३३ करोड खर्च भैसकेको छ । यो बढो पेचिलो प्रश्न हो र यत्ति ठुलो रकम कहाँँ, किन र कसरी खर्च गरियो भन्ने बिषय रहस्यको बिषय बन्न पुगेको छ ।
उत्तर र दक्षिणका छिमेकीहरु १९६२ मा छैनौं भन्छन । उत्तरको छिमेकीलाई विस्वकै सर्बशक्तिमान बन्नुछ र हाम्रो दक्षिणकोसंग पनि मिलेर अगाडि बढ्नुछ । पश्चिम हाम्रो उत्तरी छिमेकलाई हरहालतमा त्यो दिशातिर उन्मुख हुन नदिन कटिबद्ध छ । हाम्रो देशको राजनीतिक झल्याक झुलुकको केन्द्रमा यही बिरोधाभासपूर्ण स्वार्थको चलखेल छ । सरकारका तर्फबाट राष्ट्रियता र विकासको मुद्धा प्राथमिकतामा पर्न नसक्नुको कारण यही हो । किनकि नेपालको राजनीतिको न्यूक्लियसमा उक्त बिरोधाभासपूर्ण स्वार्थका मूल लडाकुहरु आ-आफूलाई शक्तिशाली बनाउनमा नै मूलभूत रुपमा आ-आफ्नो शक्तिको उपयोग र उपभोग गरिराखेका छन न कि नेपालको राष्ट्रियता र विकासका लागि ।