निर्माण सम्पन्न हुन नपाउदै कयौं पुल भत्किन्छ। बाटो कालोपत्र हुन नपाउदै पिच उप्किन्छ। शक्ति र पहुँचको आधारमा हत्यारा र बलात्कारी हात्ती जस्तो बढेमान हुन्छ अर्को निमुखाको नाम पोतिन्छ । यहाँ कमिसन लाखबाट हैन करोड/ अर्ब र खर्बबाट शुरु हुन्छ। सरकारी संस्थान सबै घाटामा (बिधुत प्राधिकरण कुलमान आएपछि बाहेक) चल्छन तैपनि तर २-४ अर्ब बोनस फिजारिन्छ।
आबश्यकता भन्दा दश गुणा बढी खबौको सरकारी गाडी खरिद गरिन्छ आधा थन्किन्छ र केही बर्ष पछि कवाडीको मोलमा लिलामी हुन्छ। अघिकांस ठेक्कापट्टा दादागिरी र नोटले खल्तिमा बोकेर हिडिन्छ। बालुवाटार, गुठी, मठ मन्दिर वा सार्बजनिक जग्गा बरिस्ठहरुले हड्प्छन। मझौलाले सेटिङ मिलाएर केही पैसो दिए जस्तो गर्छन। ट्रली बस हसुले, साझा यातायात बर्सेनि करोडौंको घाटा देखाएर हसुर्दैछन। आयल निगम के त झन के कुरो भो र धुलोपिठो पारिरहेका छ्न। अदालत आफ्नै ससुराली बनाए जहाँ जति नै गल्ती गरेपनी ज्वाईं साब बन्न पाइन्छ। इज्जत पाईन्छ। प्रहरी, प्रशासन केहिलाइ नेताले आफ्नो वरिपरि घुमाउछन। केहिलाई पहुँचवालाले कुदाउछन र केहिलाई डनले भकुर्छन त केहिलाई पैसोले हिडाउँछ। पुर्बदेखी पश्चिमसम्म कयौं आयोजना अलपत्र छ। खादाको भारी थेग्न नसक्ने गरि लाउन पाउने लोभमा हजारौं योजनाहरु बिना पुर्बाघार , बिना स्रोत र बिना रकम शिलान्यास गर्न तछाडमछाड हुन्छ। तर आफैले शिलान्यास गरेका योजना के भयो भन्ने न खादावालालाई हेक्का हुन्छ न त लगाईदिनेलाई नै पत्तो हुन्छ । सरुवा, बढुवामा कयौंको घर जग्गा जोडिन्छ त कयौंको बैंक ब्यालेस थपिन्छ।
एकातिर इमान्दार रास्ट्रसेबकहरु भने छोराछोरी, श्रीमती र कोठा भाडा तिर्न कयौं रात भोकै सुत्नुपर्ने अबस्था छ भने अर्कोतिर शक्ति र पैसाको आडमा (केही आपबाद बाहे ) रास्ट्रपतिलाइ समेत गुमराहमा पारेर उनैबाट तक्माले कयौं अयोग्य राम थापाहरुको छाती नापिन्छ। कयौं बलात्कारी बचाउने सहासीहरुको घाँटी छोट्याउनु पर्नेमा उनीहरुकै घाँटी पुरस्कार र मेडलले भरिन्छ।
लाखौं लाख बालबालिकाहरु सडकमा बोराको सिरानी हालेर सुतिरहँदा प्रधानमन्त्री / मन्त्रीहरु कोहि बालबालिका स्कुल जानबाट बन्चित हुदैनन् भनी पुराण सुनाउँछन अनि बोलाईएका र किनिएका निरिहहरु तरर ताली पिट्छन। हिजो राजालाइ सामन्ती सत्तामा उभ्याएर निशाना ताक्नेहरु आज बाक्लो सुरक्षा कबजमा बाटो नै जाम गरि कहिले सिंहदरबार त कहिले बालुवातार त कहिले शितलनिबास त कहिले बिदेश सयर गरिरहेका छन। भुकम्पले ढलेका लाखौं घरहरुले अझै पनि हामीलाई गिज्याइरहेको छ। भुकम्पले ढलेका धेरै घर र मनहरु ठडिन नसकेपनी भुकम्पले नछोएका केहिका भने बैंक भरिएको छ। भाग्य भरिएको छ र सुख भरिएको छ। भुकम्पले ढलेका, डुबानमा परेका बस्ती ठड्याउन घुर्मुस सुन्तली, स्वेता खड्का, रबि लामिछाने रातदिन जागा बस्छन तर जसले अघिकार र साचो समातेर बसेका छन उनिहरु सघै मस्त निन्द्रामा छन ।
तराईका कयौं बस्तीहरु हैजाले सोत्तर हुँदा होस वा कर्णालीका जनता सामान्य ज्वरोको औषघि नपाएर सुत्केरी हुन डोकोमा ५ दिन बोकेर सदरमुकाम पुर्याउनु पर्ने दुराबस्थामा न डाक्टर उपलब्ध छन न त औसधि न अस्पताल नै । रबि लामिछाने अरु मागेर नै सहि अस्पताल बनाउन हारगुहार गरिरहन्छन ।उत्तम सन्जेल जस्ता महामानव १०० रुपैयाँमा सरकारी जिम्माको भारी आफ्नो काधमा बोकिरहेका छ्न ।
हजारौंको बलिदानी, त्याग, तपस्या, क्षती र जेलनेलले ल्याएको खै कस्तो गणतन्त्र जहाँ ठग र दलालको भण्डाफोर गरे बापत arjun sen giri जस्ता साहसिक पत्रकारलाई पुरस्कार हैन हातमा हतकडी लाग्छ। rasuwali kabi जस्ता जनताको आवाज र गुनासो बहिराहरुको कानसम्म पुर्याउन सहयोग गर्नेको हात बाधिन्छ्न। पत्रकारिताको नाउँमा समाज काट्ने धमिराहरुलाई सजाय र जेलनेल कोच तर खोज पत्रकारिता र जनताको गुनासो सुनाउने लेखकलाई जेल हैन सम्मान गर तब न गणतन्त्रको उचाई बढ्नेछ र गणतन्त्र सस्थागत बिकाश हुनेछ ।
#सलाम यी दुई हस्तीहरुलाई ….
एक नारायण पौडेल
भमनपा वाड न १३ चितवन