धुर्मुस र सुन्तलीले चितवनमा निर्माणा गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर चलाएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए । झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।
हेरौ तलको लाइव भिडियो अर्जुन भुसालको सहयोगमा प्रतक्ष्यप्रसारण :