महेश भट्टराई, मेरिल्याण्ड
छोराछोरी बिदेश गए पछि आफ्ना बाबुआमा लाई बिदेश घुमाउने रहर कसलाई हुदैन होला र ! उता बाबुआमा पनि बिदेशिएका छोराछोराको कुरा सुनेर एक पटक त जानै पर्छ भनेर सपना बुनेरै बसिरहेका हुन्छन ।
बिदेश गएका छोराछोरीले आफ्ना बाबुआमा लाई दुई तरिकाले बोलाउछन । एक बाबुआमाको इच्छा आकांक्षा पुरा गरि दिन बिदेश घुमाउन र अर्को आफ्नो आबस्यकता परेर या नि कि तेल भिषा, धराले वा डे केयरको लागि ।
बिध्यार्थिहरूको ग्रेजुएसन नाममा पनि बाबुआमाहरू बिदेश घुम्न बोलाउने चलन छ । छोराछोरी बोर्डिडमा पढाउने र बिदेश पठाउन सक्ने प्राय सबै धनि र हुने खानेहरू नै हुन । त्यसैले बिध्यार्थिको ग्रेजुएसनमा आउदा केहि डलर बोकेर आउने र आफैले कंजुस नगरि खर्च गरि छोराछोरी आशा नगर्नु राम्रो होला ।नत्र नेपालमा भएको धन संम्पत्ती र बैक ब्यालेन्स किन र कस्को लागि ? लुरूक्क आउने र खुरूक्क फर्कने नगरि घुमेर फर्कनु होला । यदि जागिर वा ग्रिन कार्ड झारि सकेको अबस्था भएमा कुरा बिपरित हुन सक्छ ।
जुन सुकै तरिकाले भए पनि बाबुआमा बिदेश आउछन । छोरा बुहारी वा छोरी ज्वाई पनि दुई प्रकारका हुन्छन । एक बाबुआमा लाई धेरै चोखो माया प्रेम गर्ने र समय निकालेर घुमफिर गराउने र शुख संग राख्ने । अर्को चाहिदा सम्म मज्जाले काम गराउने आफ्नो काम सकिए पछि आफ्नो दुख र ब्यस्तता देखाउने अनि नेपाल पठाउने ।
कति बाबुआमाहरू नेपाल बाटै बिदेशको बारेमा कति कुराहरू सुनेर वा देखेर बुझेर आएका हुन्छन । आए पछि छोराछोरीको बोलि बचन र ब्यबहार देखे पछि कुरा बुझ्छन र टाप कस्छन । जति नपढेका भए पनि बाबुआमा हुन अनुहार हेरेरै बताई दिन सक्छन । सुत्ने बेलामा बाबु भन्छन “ बुढि चाल निको त छैन नि छ महिना टिकियला र ?” बुढि भन्छिन “ दुई चार दिन हेरौ न भर्खर त आएका छौ ।”
कुनै पनि बाबुआमा बिदेशमा आएर ग्रिन कार्ड वा अन्य कुनै प्रलोभनमा परेर एक दिन पनि बस्न चाहदैनन। उनिहरू लाई नेपाल कै स्वतन्त्रता प्यारो छ । सुनको पिजडामा उनिहरू बाच्न चाहदैनन ।
कति छोराछोरीले आफ्नो स्बार्थको लागि बिदेशमा राख्न चाहन्छन । परिबार त के सबै गाऊ र समाज लाई नै थाहा हुन्छ । को कस्तो छ भन्ने कुरा समाजले राम्ररी मुल्याकंन समेत गरि सकेको हुन्छन ।
बिदेशमा निक्कै पढेका, पैसा कमाएको र समाजसेबी कहलिएका हरूको बाबुआमा हरूको गुनासो पनि सुनिन्छ देखिन्छ । नेपालको अबस्था बारेमा पनि सुनिन्छ र देखिन्छ । छोराछोरी बाट गरेका बार्तालाप र ब्यबहारहरू पनि समाजमा छताछुल्ल हुन पुग्छन।न त उनिहरू भेटघाटको लागि नेपाल नै जान्छन , न त हेरचाह नै गर्छन। सुन्दा पनि मन चसक्क दुख्छ ।
कति बाबुआमाहरू “नर्कै रहेछ बिदेश” भनेर कुरा गर्न नै चाहदैनन । कोठा भित्रै थुनिएर बसेको उकुसमुकुस बाट उन्मुक्ति भै स्वतन्त्र भएर नेपाल नै जान चाहन्छन । छोरा बुहारी वा छोरी ज्वाई को नाटक बुझ्न पलभर पनि लाग्दैन उनिहरू लाई ।
कतिका बाबुआमा बिदेश मै बस्न मन पराउछन ।छोराछोरी र नाती नातिनाको माया प्रेम र शुख सुबिधा देखेर नेपाल फर्कन मन गर्दैनन र भन्छन “ ग्रिन कार्ड लिएर यतै बस्ने चाजोपाजो मिलाई दे ।” जसले बाबुआमा बिदेशमा राख्न सके वा बस्ने बातावरण बनाउन सके मेरो बिचार उनिहरू दुवै भाग्यवानी नै हुन र उनिहरूको माया प्रेम चोखो भनिरहनु परेन ।
कति भाग्यवानी बाबुआमाहरू बिदेश भ्रमण पछि प्रफुल्ल हुदै फर्केर भन्छन “स्बर्ग कै टुक्रा रहेछ” अब चाजो पाजो मिलाएर म पनि उतै बस्न जान्छु । भिषा थप्छन र पटक पटक आउने जाने गरि रहन्छन ।बाबुआमा खुशी साथ छोराछोरी नातीनातीना संगै बिदेशमा नै बस्छन रमाउछन र हासी खुशी जिवन बाच्छन ।
मेरो अनुरोध :
बाबुआमालाई बिदेश पठाउदा कसैको टिकटमा टासिएर ट्रान्जिटमा १२-१६ घन्टा नपार्नु होला । लाने मानिस संग जबरजस्ति टसाएर नपठाउनु होला। हुइल चियर राखे ढुक्क भन्दै पढे लेखेका र हिड्न सक्ने बाबुआमा लाई पनि बन्दनमा नपार्नु होला। ट्रान्जिटमा दुबै, लन्डन वा टर्मिटल नै फरक हुने बाटो हुने प्लेनमा सके सम्म नपठाउनु होला । दोहा(कतार एयर) एउटै टरमिनल र धेरै नेपाली कामदार हुनाले सजिलो । ह्यान्ड क्यारिमा औषधी र कागजात राखी सानो ब्याग मात्र दिनु होला ।
सजिलो र कम ट्रान्जिट भएको प्लेनमा टिकट काटेर पैसा संग सैदाबाजी नगर्नु होला । आउदा कम्तिमा एयर पोर्ट आफै लिन जानु होला । बिदेशको दुख र कष्ट बाबुआमा लाई भनेर वा देखाएर दुखि नपार्नु होला ।बरू नबोलाउनु होला । कम्तिमा यत्रो समय, दुख र खर्च गरि ल्याई सके पछि समय निकालेर प्रमुख शहर र टुरिष्ट आकर्षण क्षेत्र घुमाउनु होला । बाबुआमाको बिदेश भ्रमण यो नै प्रथम र अन्तिम हुन सक्छ भन्ने कुरा मनमा राख्नु होला । अमेरिका ल्याई सके पछि कम्तिमा Washington DC, Newyork,Niagara Falls, Luray Cavern, California, Sea, Temple, Park घुमाएर मात्र पठाउनु होला ।
जति नै पढे,बढे र कमाए पनि बाबुआमा प्रतिको कर्तब्य इमान्दारी पूर्वक पुरा गरि खुशी संग राख्नु छोराछोरीको धर्म हो | बाबुआमाको बिदेश भ्रमण स्वर्ग वा नर्क वनाउने हात छोराछोरी कै हातमा ।