स्कटनेपाल,
महिलाहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा सांगीतिक बजारमा विभिन्न खाले गीत हरु सार्बजनिक भए संगै अर्घादरवार फिल्म्स ले १०० वर्ष पुरानो मौलिक तीज गीत लाइ बजारमा ल्याएको छ l
पहिले पहिले तीजको माहोलमा आमाहरुले गुनगुनाउने गीत ” चट्ट कलम रेलीमै पल्टनमा भर्ति भएर ” अत्यन्तै मार्मिक गीत हो सोहि गीतलाई शोभाखर संगीतले लय सब्द संकलन गरि २०७६ को तीज कोसेलीको रुपमा बजारमा ल्याएका छन् l बुटवल र कपिलबस्तुको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई बिष्णु भट्टराईले कोरियोग्राफी , निर्देशन , सम्पादन , छायांकन गरेकाछन भने उक्त भिडियोमा सन्तोष शर्मा, विश्वास नेपाल , परि शर्मा र शिरु अधिकारीले आफ्नो प्रस्तुति दिएका छन् l
अविरल फिल्म्सले दृश्य निर्माण गरेको उक्त भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l अर्घा दरवार फिल्म्सले बजार ब्यबस्थापन गरेको सोहि गीत मा सोभाखर संगीत र चिजा तामांगको स्वर रहेको छ हेरौ यो बर्सको आस लाग्दो मौलिक तीज गीत “चट्ट कलम रेलुमै “
हेर्नुहोस पुरा भिडियो : रमाइलो छ :