राशिफल २०७६ भदौ ८ देखि १४ गते सम्म (सन् २०१९ अगस्त २५ देखि ३१ सम्म)

Spread the love

ज्योतिष पण्डित– हरिप्रसाद भण्डारी वरिष्ठ ज्योतिष एवं वास्तुविद – ९८४२२१९७३५
साप्ताहिक राशिफल
२०७६ भदौ ८ देखि १४ गते सम्म (सन् २०१९ अगस्त २५ देखि ३१ सम्म) यो साता भित्र पर्ने मुख्य पर्व तथा शुभ मुहूर्त का दिनहरु
भदौं ८ गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन । भदौ ९ गते – अजा एकादशी व्रत । भदौ १० गते – त्रिपुष्कर ।
भदौ ११ गते – जुग यँ पञ्चदान। भदौ १२ गते – जुगचह्रे पुजा, विश्व आणविक परिक्षण विरुद्धको दिवस रहेको छ। भदौ १३ गते – दर्शश्राद्ध, गोकर्ण स्नान, कुशे औंसी, बुबाको मुख हेर्ने दिन, हलो तथा निशी बार्ने, मोती जयन्ती, विश्व वेपत्ता विरुद्धको दिवस । भदौं १४ गते – गँुला धर्म समाप्ती ।

अब शुरु गरौं साप्ताहिक राशिफल बाट
मेष राशि – मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शूरुवात मा नै चन्द्रमाको गोचर धन स्थानमा रहने हुनाले यो साता आम्दानी बढ्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । चल अचल सम्पतिमा वृद्धि हुनेछ । मनमा निरन्तर उत्साह भई रहनेछ । तपाईको बोलीमा मिठास देखिनेछ । परिवारमा मेल मिलाप र एक अर्का वीच प्रेम र सद्भाव कायम हुनेछ । विशेष गरि आफ्ना भाईबहिनी सँगको सम्बन्ध थप प्रगाढ बन्न सक्नेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । बिद्यार्थीका लागि यो साता शुभ रहेको छ । परिक्षामा उच्च अंक हाँसील गर्न सक्नु हुने छ। बुधबार र बिहिबार तुलनात्मक रुपमा कमजोर दिन रहेको छ । घर परिवार का कारण चिन्ता बढ्न सक्नेछ । आमाको स्वास्थ्यमा समेत समस्या देखिन सक्नेछ । यि दिन कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नू उत्तम हुनेछ।

वृष राशि – साताको शुरुवात शिरमा चन्द्रमाको गोचर बाट हुनेछ। तपाईको व्यक्तिगत स्वभावमा सकारात्मक परिवर्तन देखिनेछ। आत्मविश्वास का साथ काम गर्नुहुनेछ । परिवारमा भाईचारा सम्बन्ध हुनेछ । रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा तपाईको सहभागिता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यावसाय बाट लाभ हुनेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको मुल्य अवश्य प्राप्त हुनेछ । नयाँ कुरा सिक्न पाईने असर जुट्नेछ । यो साता तुलनात्मक रुपमा शुक्रबार र शनिबार तपाईका लागि कमजोर दिनहरु रहेका देखिन्छन ।

मिथुन राशि – मिथुन राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुमा चन्द्रमाको गोचर बाह्रौ भावमा रहने हुनाले यो साता नसोचेको कार्यमा खर्च हुने एवं विनाअर्थका यात्राहरु हुन सक्नेछन । यात्राको योग छ । यो साता विशेष गरि आर्थीक अवस्था कमजोर रहने देखिन्छ । कार्यस्थलमा पनि विभिन्न चुनौतीहरु देखिन सक्नेछन। व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल नमिल्न सक्छ। तर सोमबार देखि भने अवस्थामा सुधार हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । प्रेमी सँग महत्वपूर्ण विषयमा सल्लाह हुनेछ। विद्यार्थीको पढाईमा सकारात्मक समय रहनेछ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । आम्दानीका क्षेत्रमा सुधार हुनेछ।

कर्कट राशि – कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ। लाभ स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । तपाईलाई नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । सुख सुबिधाका लागि नयाँ सामानहरु जोड्ने योग छ । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । मन चञ्चल एवं अस्थिर रहन सक्नेछ। काम मा एकाग्रता नहुनाले बिग्रन सक्नेछ। सचेत रहनु होला । स्वास्थ्य अवस्था हेर्दा आँखा तथा टाउको सम्बन्धि समस्या देखिन सकिनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । भोगविलास एवं मनोरञ्जनमा बढि खर्च हुन सक्नेछ । विद्यार्थीको पढाई बाहेक का गतिविधिमा मन जान सक्नेछ । सचेत रहनुहोला ।

सिंह राशि – साताको शुरुमा कर्म स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । समाजका प्रतिष्ठित व्यक्तित्वहरु बाट तपाई लाई सहयोग मिल्नेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु यात्राहरु हुनेछन । यो साता घर जग्गा सम्बन्धि कारोबार बाट बढि लाभ हुने देखिन्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट पनि उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइर्मा भने कमजोरी देखिन सक्ने हुनाले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । विहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा अनावश्यक यात्रा हुने एवं खर्च बढ्न सक्नेछ । स्वास्थ्य अवस्था बिग्रन सक्नेछ । सचेत रहनुहोला ।

कन्या राशि – कन्या राशिका लागि यो साता उत्तम रहने देखिन्छ । भाग्य स्थानमा चन्द्रमा को गोचर बाट साताको शूरुवात हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा सक्रियता बढ्नेछ । मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । उनीहरु सँगको संगत बाट आफुलाई सकारात्मक परिवर्तन को महसुस हुन सक्नेछ । यो साता व्यापार व्यावसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । पारिवारिक सम्बन्ध सकारात्मक रहनेछ । परिवार का सदस्य बीच कुनै विवाद उत्पन्न भएमा तपाईको बिचार निर्णायक हुन सक्नेछ । तपाईको तार्किक क्षमता सबल रहनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने सामान्य मनमुटावहरु छिटै समाधान हुनेछन । तपाईका लागि शनिबार तुलनात्मक रुपमा कमजोर दिन रहेको छ

तुला राशि – तुला राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर अष्टम भावमा रहने हुनाले सामान्य चोटपटक को सम्भावना देखिन्छ । सवारी साधन चलाउँदा सचेत रहनु आवश्यक छ । सोमबार देखि भने अवस्थामा महत्वपुर्ण सुधार हुँदै जानेछ । आर्थीक अवस्था सकारात्मक रहनेछ । त्यसैगरि व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट सोचे अनुरुप नै लाभ मिल्नेछ । धन बचत हुनेछ । नोकरी गर्तेहरुका लागि कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । बिद्यार्थीको पढाईका लागि मध्यम साता रहेको छ । पढाईमा ध्यान नजान सक्नछ । एकाग्र भएर अध्ययन मा लाग्नु शुभ हुनेछ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्ना मान्छे सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । जिवन साथिको प्रेम र सम्मान बाट तपाईको आत्म बिश्वास उच्च हुनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । आफ्नो कौशल बाट अन्य लाई प्रभावित गर्न सक्नु हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । बिशेष गरि पुस्तक तथा शैक्षिक सामाग्री सम्बन्धि कारोबार बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ । विदेश यात्राको योग छ । यो साता तपाईका लागि तुलनात्मक रुपमा सोमबार र मंगलबार भने कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ।

धनु राशि – धनु राशिका लागि यो साता मिश्रित रहने छ । स्वास्थ्य अवस्था मा गिरावट आउन सक्नेछ । ज्वरो तथा अन्य भाईरल जन्य प्रकोप बाट प्रभावित बन्न सक्नुहुेछ । आफ्नो स्वास्थ्य प्रति सचेत रहनु आवश्यक छ । नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । तर अप्ठ्यारो अवस्थामा आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा मिश्रित समय हुनेछ । आम्दानीका क्षेत्रहरु मा उतारचढाव हुँदै जानेछन । । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । तपाईको बोलीमा रुखोपन बढ्न सक्नेछ । आफ्नो प्रेमीको भने हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्याथीृको पढाई भने कमजोर हुन सक्नेछ । पढाईमा राम्रो ध्यान दिनु आवश्यक छ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन ।

मकर राशि –। मकर राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा पञ्चम भावमा चन्द्रमाको गोचर रहने हुनाले आफ्ना सन्तान बाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । तपाइको बौद्धिक क्षमताको उचित कदर हुनेछ । कार्यस्थलमा सहकर्मी साथी बाट सहयोग प्राप्त हुनेछ । त्यसैगरि आफ्नो जिवन साथि सँग रमाइल पल हरु विताउने अवसर प्राप्त हुनेछ । आर्थीक अवस्था मा सामान्य उतार चढाव आउन सक्नेछन । व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । अध्ययनमा मन लाग्ने र याद हुने समय रहनेछ । साथी एवं शिक्षक बाट तपाई लाई दरिलो सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सकारात्मक रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । शनिबार भने तपाईका लागि तुलानात्मक रुपमा कमजोर दिन रहेको छ । आफ्नो खानपिनका कारण स्वास्थ्य कमजोर हुन सक्नेछ । सचेत रहनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले शारिरिक तथा मानसिक स्वास्थ्य विग्रन सक्नेछ । यसका साथै मातापिताको स्वास्थ्यमा समस्या देखिन सक्ने एवं अन्य घरायसी समस्याले चिन्ता बढ्न सक्नेछ । शत्रु बढ्नेछन । सोमबार देखि भने अवस्थामा सुधार हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ। जिवनसाथी सँग प्रेमिल समय वित्ने देखिन्छ । जिवन साथीको प्रेम र समर्पण भावले तपाई खुशी र सन्तुष्ट रहनु हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन ।

मिन राशि – साहस तथा पराक्रम स्थानमा चन्द्रमाको गोचर रहनाले मिन राशिका लागि साताका सुरुवात का दिन शुभ रहेका छन । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। सोमबार र मंगलबार तपाईका लागि केहि समस्या युत्त दिनहरु बन्न सक्नेछन । पारिवारिक समस्यका कारण अनावश्यक चिन्ता बढ्न सक्नेछ। खर्चको मात्रा बढ्नाले बचत का लागि संघर्ष गर्नु पर्ने देखिन्छ। बुधबार देखि भने दिनहरु शुभ रहनेछन । यि दिनहरुमा साथीभाई सँग रमाइलो कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुने योग छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । साझेदारीमा कुनै नयाँ कार्य को शुरुवात हुन सक्नेछ ।विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ ।