विरलै देख्न पाइने घटना:
हालै भरतपुर जिल्ला अदालतमा मुद्दा डायर भएको पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय भरतपुरले १०/१२ दिन लगाएर आरोपी रवी लामीछाने, देवी प्रसाद कँडेल र रूकु भनिने अस्मिता कार्कीमाथि छानबीन गरी जाहेरी तयार पारूञ्जेल रवी लामीछानेको समर्थनमा उर्लेको जनलहर विलकूल नौलो हो। रवी लामीछाने एक पत्रकार हुन् कुनै नेता होइनन्।उनका समर्थनमा १ दिन होइन, २ दिन होइन १०/१२ दिनसम्म निरन्तर भेला भई रवीको समर्थनमा नाराबाजी गर्नुले जो कोहिलाई पनि अचम्भित बनाएको छ।एउटा अपराधको अभियुक्त बनाएर प्रहरी कार्यालयमा हिरासतमा राखी पूछताछ गरिंदैको रवीलाई अन्याय नहोस्, उसको सुरक्षामा पनि कतैबाट खतरा नहोस भनेर सडकबाट आवाज उठाउने स्वत: स्फूर्त जनसागरको त्यो प्रयास प्रहरी हिरासत भित्रको कारवाहीलाई प्रभावित पार्न नभई यो पूरै घटना नै नियोजित रहेको र रवीलाई फसाउन गराईएको भन्ने धारणा बन्न जाँदा कुनै किसिमले पनि रवी माथी अन्याय नहोस्, प्रहरी कार्यालयमा सावित गराउने प्रक्रियामा गैरकानूनी कुनै यातना दिएर साविती बयान दिन बाध्य बनाउने घृणित काम नहोस्, सबै कानूनी प्रक्रियाबाट होस् भन्ने आशय नै देखियो।
जन सागर कहाँबाट कसरी आयो? कसले ल्यायो? आदि प्रश्ननै गर्नु नपर्ने गरी आफ से आफ जम्मा भए। नारा सहितको जुलुस् पार पाई नसक्नु थियो। प्रदर्शन मात्रै उदेश्य नभई धर्ना कै रुपमा पनि थुनछेकमा समेत बहस पछि निर्णय भई मैले सोचे अनुसार नै धरौटीमा रिहा गर्ने काम नभए सम्म जिल्ला अदालत अगाडी निषेधित क्षेत्रलाई छोडेर जनसागर बेलुका अबेलासम्म बसी रहे। रवीप्रतिको जनताको यो भरोसा सहितको समर्पणको उदाहरण विरलै मात्र देख्न सुन्न पाइने घटना हो। अझ अचम्म र साह्रै रोमाञ्चकारी लाग्ने कुरा के हो भने, भरतपुर चित्तवनमा मात्र होइन नेपालका सबै प्रमुख शहरहरु, काठमाडौं, पोखरा, पाल्पा, बुटवल, भैरहवा, स्याङ्जा, नेपालगञ्ज, विराटनगर, आदि धेरै शहरहरुमा लगातार रवी लामीछाने रिहा नभएसम्म सडकमा उर्ली नै रहे। यो जनसागर न त कसैले बोलाएर आएको हो, न त कसैले छेकेर छेकिने थियो। रवी लामीछाने नेपालमा सार्वजनिकरूपमा एउटा सबैभन्दा लामो अन्तरवार्ता लिएर गिनीजबूकमा रेकर्ड राख्नन “बुद्ध नेपालमा जन्मेको हो” भन्ने Topics मा अन्तरवार्ता सञ्चालन गर्न अमेरिकाबाट आएका थिए। नेपालका सबै क्षेत्रका प्रमुखहरू निमन्त्रणा गरिएका थिए र सबैले अन्तरवार्ता दिएर त्यसलाई अभूतपूर्व रूपले सफल पारेका थिए। त्यस पछि नेपालमैं बसेर जनताको लागी काम गर्ने उदेश्य लिएर आएर टीभी प्रोग्राम चलाउनु भयो।”सीधा कुरा जनतासंग” कार्यक्रम सीधै जनताको पीर, मर्का, देशमा विद्यमान भ्रष्टाचार, विकृति, विसंगतिलाई चिर्दै सीधै जनतासंग यति जोडिन गयो कि जनता रवीबाट अलग हुनै सकेन। कुनै नेता यति वर्ष जेल बसेको, पुलिसको यति बर्वर यातना सहेको, कोहि जङ्गलमा गएर जनयुद्ध भनेर द्वन्दमा लडेर दु:ख तकलिफ सहेको आदि पृष्ठभूमी भएकाले पनि जनताको हृदयमा यति जम्न सकेन। कुनै पार्टीले पनि चुनाव जितेर सत्ता सम्हालेर जनताको हृदय जित्ने त्यस्तो काम गर्न सकेन जति रवीले टीभी कार्यक्रम मार्फत् गरे।
यत्नी खेर यो कुरा नभनी कसरी होला र, वर्तमान सरकार २/३ बहुमत प्राप्त स्थीर र बलियो सरकार भन्नेले कुनै गतिलो काम उठाएर काम गरेर देखाउन सकेको छैन। विकास र समृद्धिको नारा लिएर आएको सरकारले समृद्धि हासिल हुने कुनै काम गरेर देखाउन सकेन। सिण्डिकेट तोड्न सकेन, तस्करी रोक्न सकेन, ठेकेदारलाई समयमा काम सम्पन्न गराउन सकेन, आफूले संसदमा पेश गरेको विधेयकहरू जस्तो कि गुठी विधेयकमा जनताको साथ पाउन सकेन।आखीर कसरी २/३ बहुमतको सरकार भयो? बाहिर जनताको कुनै कुरामा समर्थन छैन।पार्टीका कार्यकर्ताहरू, क्रियाशील सदस्यहरु के गर्छन्? आफ्नो पार्टीको सरकारले बनाएको विधेयक प्रति जनसमर्थन जुटाउन क्रियाशिल हुनुपर्ने होइन? ती कार्यकर्ता र क्रियाशील सदस्यहरू जनता सामु किन जान सकेनन्? सरकार आफै भ्रष्टाचारमा डुब्ने, बालुवाटारको जग्गा किनबेचमा लाग्ने, जेठ असारमा बजेट सक्न हतार हतारमा निर्माणकार्य गरेर कमिशन हत्याउने गरे पछि कार्यकर्ता पार्टीलाई चाहिएको बेला कसरी संचालित हुन सक्छ? सत्ताधारी नेताहरूले यसतो काम रवी लामीछानेबाट सिक्नु पर्छ।अन्यथा सिर्फ गणीतीय औपचारिक २/३ बहुमतको शक्ति केवल दम्भ प्रदर्सनको लागी मात्र हुन्छ।
लोकतन्त्र क्रियाशील प्रतिस्पर्धाको तन्त्र हो। पदको पावरले पतन हुन्छ, उत्थान हुँदैन।उत्थान नैतिकता, ईमान्दारितापूर्ण सक्रियता र कर्तव्यप्रतिको जागरूकताबाट हुन्छ। महाभारत एकपाली पढेर यो त नपढी नहुने ग्रन्थ हो, महाभारत नपढी अरु जे पढे पनि केहि मतलबको हुँदैन भन्नेहरूले यति बुझ्नुस् कि महाभारत रटेर, शब्द शब्द कण्ठ गरेर, महाभारत ग्रन्थको पाना नै धुजा धुजा हुने गरी पढे पनि तत्व बुझ्न तिर नलाग्ने हो भने नपढे कै बराबर हुन्छ।म एउटै कुरा सोध्छु, महाभारत युद्धमा कौरव एक से एक पराक्रमी वीर योद्धा सहितको महासैन्य लिएर पनि निहत्था कृष्णद्वारा निर्देशित अल्प सैन्यले पाण्डव कसरी विजयी भए? कौरव कसरी हारे र पतन भए? युद्धमा निहत्था कृष्णको महत्व के हो? कसैले सोचेको छ? उनी त सर्व शक्तिमान भगवाननै हो नि भन्यो भने अनि तपाईको कामै भएन। आज पद, पावर विहिन एक पत्रकार रवी लामीछानेले सबै पद पावर सहितका महासैन्य सदस्यहरू भएका मैं हुँ भन्नेहरूलाई जिल्ल पार्यो कि पारेन? यो कुरा अरू बेला याद नभए पनि हालैको भरतपुर जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको कारबाहीको बेला उपस्थित जनसागरले राम्रैसंग याद गराई दिएको छ। सिर्फ यसलाई ग्रहण गरी राख्ने होस् सहितको क्षमता हुनु पर्यो।
अहिले रवीहरु माथि आरोप छ र अदालतमा पेश भईराखेको अवस्था छ।मैले उहाँहरूलाई धरौतीमा रिहा गर्ला भनेर किन सोचेको भने ठूलो तामझामका साथ कारबाही चल्यो, बाहिर निकै घम्साघम्सी पनि भयो, यति भईसकेर सामान्य तारीखमा छोड्ने काम हुँदैन। अब रवी र देवी प्रसाद कँडेल निर्दोष हुन् भन्ने त त्यतिका लामो दिनमा स्पष्ट भईसकेको छ। अब अदालतको प्रक्रिया जुन दिन पूरा हुन्छ, त्यो दिन औपचारिक घोषणा होला। जुन परिस्थिति त्यसबेला देखियो, त्यो स्वभावत: प्रकट भएको हो। जिल्ला प्रहरि कार्यालयका SSP ले भीड र पुलीस बिच भएको भिडन्त सामान्य हो, यसतो त अगाडी पनि भोगी राखेकै हो भनिसक्नु भएको छ।अब शालीकराम पुडासैनीको हत्यामा दोषी को? भन्ने पनि पत्ता लागी हाले पूर्णरुपमा न्याय भएको हुन सक्थ्यो। त्यो पनि भई जाओस्। देशमा न्याय, निति नियम बहाल रहिरहोस्। यहि कामना छ।