नेपालको यातायात, जलविद्युत, कृषि, सिंचाइ र ’कनेक्टिभिटी’ मा कायापलट गरेर समृद्धि भित्र्याउने पूर्वाधारमा सुरुङ प्रविधि अपरिहार्य बन्न पुगेको छ। बिदेशमा सुरुङ मार्गको त्यति महत्व छैन । तर नेपालमा यस्को छुट्टै महत्व छ । पछिल्लो समयमा नेपालमा पनि सुरुङमार्गको चर्चा चल्न थालेको छ । केही समय पहिले मात्र काठमाण्डौंको कलंकीमा सुरुङ निमार्ण भए पछि त झन यस्को चर्चा हुन थाल्यो । एशियाका विकसित देशहरूले सुरुङ प्रविधिबाट आफ्नो यातायात र पारवहनलाई सजिलो बनाएका छन्। सन् २०१३ को एक रिपोर्ट अनुसार, ७० प्रतिशत पहाडी भूभाग रहेको जापानले अहिलेसम्म बनाएको २७ हजार ४९५ किमी रेल मार्गमध्ये ३ हजार ८१३ किमी सुरुङ छ।
जापानले सन् १७५० मा ३० वर्ष लगाएर पहिलो पटक १८० मीटर लामो सुरुङ बनाएको थियो। अहिले जापान राजमार्गहरूलाई हजारौं किमी सुरुङले सहज बनाएको छ। चीन र भारतले पनि सुरुङ प्रविधिबाट यातायातलाई सहज बनाइरहेका छन्। नेपालमा भने महँगो भन्दै यो प्रविधिलाई योजनाकारदेखि राजनीतिज्ञसम्मले प्राथमिकतामा राखेका छैनन्। जबकि, नेपालले एकसय वर्षअघि दक्षिण एशियाकै पहिलो सुरुङमार्ग बनाएर दशकौं प्रयोग गरेको थियो। रक्सौलबाट काठमाडौं उक्लिने क्रममा २४ अक्टोबर १९५० मा मकवानपुरको चुरियामाई आइपुगेका स्वीस भूगर्भ्विद् टोनी हागनले ’दी हिमालयन किङडम अफ नेपाल’ पुस्तकमा त्यहाँ सुरुङ देखेर आठौं आश्चर्यमा परेको उल्लेख गरेका छन्। हेरौ दुई प्रदेशको संगमस्थल तिन जिल्लाको संगम र्मिमिको पुरानो इटालीयन सरकारले बनाएको एउटा सुरुङ भिडियो मन परे सेयर गर्नुहोस ।