आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि सक्नुपर्ने पोखरा रंगशाला फुटबल मैदान निर्माणमा ढिलाइ भएको छ। भारतबाट ल्याउने प्रक्रिया लम्बिँदा दुबो बाटैमा सुकेकाले त्यही ल्याएर मैदानमा बिछ्याइँदा अहिले आधाभन्दा बढी फेर्नुपर्ने देखिएको छ।
पोखरा रंगशालामा सागअन्तर्गत महिला फुटबल हुँदै छ। साग सुरु हुन २० दिन बाँकी रहँदा मैदानमा बिछ्याइएको दुबो बिग्रिएर फेर्नुपर्ने भएपछि महिला फुटबल हुने/नहुने अन्योल उत्पन्न भएको छ।
भारतको कोलकोलाबाट झिकाइएको माटोसहित बर्मुडा दुबोको चपरी भारतीय क्वारेन्टाइनले भन्सारमा रोक्दा पोखरा ल्याउन ८ दिन लागेको थियो। तिनै दुबो पोखरा रंगशालामा बिछ्याइयो। फुटबल मैदानको ८७ हजार वर्गफिट क्षेत्रमा दुबोको चपरी बिछ्याइएको थियो। तर आधाभन्दा बढी दुबो उम्रिएन।
नउम्रिएको दुबो झिकेर निर्माण कम्पनीले थप ६३ हजार वर्गफिट दुबो बिछ्याइसकेको छ। थप १२ हजार वर्गफिट दुबो मगाइएको छ ।