रामचन्द्र र अनिताका स्वरमा ‘तम्राइ रुपले’ (भिडियो)

Spread the love

काठमाडौं– रामचन्द्र काफ्ले र अनिता चलाउनको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन् ।

म्युजिक भिडियोको निर्देशनमा शंकर विसी दोहोरिएका छन् । यो समूहको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता चर्चित गीतमा पनि बिसीले भिडियो निर्देशन गरेका थिए ।
म्युजिजक भिडियोमा शंकरकासाथै लोकदोहोरीका चर्चित महिला नृत्यंगाना फिचर भएका छन्। शंकरसँग अञ्जली अधिकारी, रिना थापा, करिष्मा ढकाल र आरुषी मगरले नृत्य गरेका छन् । भिडियोमा दुर्गा पौडेलको सिनामाटोग्राफी रहेको छ ।

मालश्री रेकर्डिङ स्टुडियो रेकर्ड भएको गीतलाई अनिता चलाउनेले प्रस्तुत गरेकी हुन्।