दुवै हात गुमाएकी मेघा घिमिरेको अमेरिकामा कृतिम हात जडान ,उनीलाई निसर्त र निस्वार्थ गर्नेलाई प्रशंसा सहित सम्मान : नारीकेसी मेमोरिएल द्वारा प्रमाण पत्र वितरण

Spread the love

विजय थापा, दुबै हात गुमाएकी बिराटनगर निवासी मेघा घिमिरेको कृतिम हात अमेरिकामा जडान गरिएको छ । हाई टेन्सन (बिजुलीको तारमा अत्यधिक विद्युत संचालन शक्ति )को कारण दुई हात गुमाउनु परेकी मेघा घिमिरेको अन्तत्वगत्वा अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सफलतापूर्वक हात जोडिएको छ ।

नारायण रिना केसी मेमोरिएल फाउन्डेसन (नारीकेसी स्मारक प्रतिष्ठान )द्वारा मेघा घिमिरेलाई सहयोग गर्ने दातृ संस्था,अस्पताल ,नारी प्रतिष्ठानका सदस्य ,प्राविधिक ,संघ/संस्था,संचारकर्मी,समुदाय ,परिवार लगायतलाई एक समारोह बीच उच्च कदर गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा कृतिम नयाँ हात लगाएकी स्वय मेघा घिमिरेले पनि प्रमाण पत्र बितरण गर्न सफल भएकी छिन् । मेघाले मन्तब्य राख्दै नारायण रिना केसी मेमोरिएल फाउन्डेसनकी संस्थापक तथा अध्यक्ष रिमा केसी(कटवाल )लाई भगवानको रुपमा देखेको बताईन । अमेरिका आउने परिकल्पना समेत नभएको अवस्थामा रिमा केसी(कटवाल )को बिशेष पहलमा अमेरिका आएको र आफ्नो हात जोडिन सम्भव भएको बताइन ।

उनले अस्पताल आफ्नी आमा ,सहयोग गर्ने र बिश्व ब्यापीरुपमा आफूलाई चिनाउने संचार माध्यम लगायत दानबिरहरुलाई मुक्त कण्ठले प्रशंसा गरिन ।

अध्यक्ष रिमा केसीले बिसेष गरि मेघाको हातको जडान गर्न सहयोग गर्ने वाशिंगटन डिसी स्थित प्रसिद्ध अस्पताल मेडस्टार तथा कृतिम हात निर्माण गर्ने ह्यांगर लगायत सहयोगी मन लाई कृतज्ञता ज्ञापन गरिन ।

केसीले आफ्नो प्रतिष्ठानले गरेका कुराहरुको समेत छोटोमा चर्चा गरिन । र मेघालाई अमेरिका आउन प्रवेशाज्ञा अस्विकार भए पछि प्रतिष्ठानका कार्यकारी उप सभापति तथा डिसी क्षेत्रका प्रमाणित जन लेखापाल (सिपिए)को पहलमा सिनेटर र डिसी स्थित विदेश बिभागले समेत मेघालाई अमेरिका ल्याउन सहयोग गरेकोमा बिशेष बिशेष धन्यवाद दिईन ।

यसै गरि मेघाकि आमा जसले अनवरत रुपमा छोरी मेघाको लागि अहोरात्र खटिई सेवा गरि रहेकी छिन् उनले अमेरिका आउन हामी सक्ने थिएनौ । पैसाले पनि सकिदैन थियो तर बिश्वब्यापी रुपमा सबैको सहयोग रहेको छ । तर रिमा केसी(कटवाल)ले आफू र छोरीलाई अमेरिकामा आफ्नै घरमा राखी र छोरीको उद्धार गरि दिनु भएकोमा धन्यवाद दिईन ।

उक्त समारोहमा सन् १९५८ मा डिसीमा स्थापित मेडस्टार वाशिंगटन हस्पिटल सेन्टर तथा डिसी कै ह्यांगर फाउन्डेसन संग नारायण रिना केसी मेमोरिएल फाउन्डेसनको स्मृतिपत्रमा सम्झौता (एमओयु )भएको छ ।

उक्त समारोहमा प्रतिष्ठानका कार्यकारी उप सभापति हरि शर्माले सम्मान समारोहको कार्यक्रम संचालन गरेका थिए । समारोहमा डिसी क्षेत्रका बिधान सभा सदस्य ,सभासद ,सिनेटर ,स्थानीय स्तरका नगर क्षेत्रका निर्वाचित पदाधिकारी लगायत नेपाली समुदायलाई आमन्त्रित गरिएको थियो ।

समारोहमा अनुपस्थित रहेका सिनेटरका प्रतिनिधिले संदेश दिनुको साथै मेघालाई हात जडान हुन् सकेकोमा बधाई दिएका थिए । समारोहमा पन्च कन्या द्वारा अतिथिहरुलाई स्वागत गरिएको थिए भने नारी प्रतिष्ठानको बारेमा जानकारी गराईएको थियो ।

समारोहमा हर्नडनकि उप नगर प्रमुख शिला ओलेम ,परिषद सदस्य सिसार डेल अगुईला ,सदस्य रचना सिज्मोर हेइजर ,नेपाली मूलका हर्नडन शहरका नगर परिषद सदस्य प्रदिप ढकाल लगायतले छोटो मन्तब्य राखेका थिए । यसै गरि सिनेटर जोन बेल ,सिनेटर मार्क वार्नर लगायतका प्रतिनिधिले संदेश पढेर सुनाएका थिए ।

समारोहका अन्त्यमा मेघा घिमिरेको खुशीको लागि भर्जिनियाका स्थानीय फ्युजन संगीत मण्डली (ब्याण्ड)का आनन्दु लामाको बासुरीको धुनमा राजन अधिकारी तथा अर्जुन घिमिरेले साथ दिदै बासुरीको धुन प्रस्तुत गरेका थिए ।