डी एन खरेल, स्कटनेपाल युके,
ग़ैर आवासीय नेपाली संघ युके राज्य समन्वय समिति स्कटल्यान्डको नोभेम्वर ११ मा बसेको बैठकले हालै भारत सरकारले जारी गरेको आफ्नो देशको नक्शामा नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्शामा पारेको प्रति यस राज्य समिति स्कटल्यान्डको गम्भीर ध्यानाकर्षण भएको छ। भारतको यस किसिमको हैपाह र रबैयाप्रति स्वदेश तथा बिदेशमा बस्ने सम्पुण नेपालीहरुलाई अत्यन्त दुखित बनाएको छ । नेपालको सार्वभौम सत्ता र भौगोलिक अखन्डता माथिको यस्तो हस्तक्षेपप्रति एन आर एन ए युके, राज्य समन्वय समिति स्कटल्यान्डले घोर भर्त्सना गर्दै प्रेश बिज्ञप्ती जारी गरेको छ । साथै यस समितिले युके स्थित भारतीय राजदुतावास गई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ ।