रमाइलो टेलिभिजनबाट हाँस्य टेलिश्रृङ्खला ‘जे होला होला’ प्रशारण सुरु

Spread the love

काठमाडौं,
रमाइलो टेलिभिजनबाट हाँस्य टेलिश्रृङ्खला ‘जे होला होला’ प्रशारण सुरु भएको छ । बिहिबार यसको औपचारिक घोषणासँगै प्रशारण सुरु भएको हो ।
औपचारिक घोषणा कार्यक्रममा शुभारम्भको केक काटिएको थियो भने ओइपियलका अध्यक्ष दयाराम पाण्डे, रमाइलो टेलिभिजनका समन अधिकारी लगायतले सफलताको शुभकामना दिएका थिए । टेलिश्रृङ्खलाका लेखक तथा निर्देशन सल्लाहकार उत्तम केसीले ‘हाम्रो टिमले मिहिनेत गरेर एउटा समसामयिक हाँस्य टेलिश्रृङ्खला दर्शकमाझ प्रस्तुत गरेका छौ, यसले सबैको मन जित्नेमा म आशावादी रहेको छु’, भने ।

अग्रज र अनुभवि हाँस्य कलाकार उत्तम के.सी. नेपालको लेखन, दमन रुपाखेतीको निर्देशन रहेको हाँस्य टेलिश्रृङ्खला  ‘जे होला होला’ रमाईलो टिभीबाट हरेक बिहिबार बेलुका ८ः३० बजे प्रशारण हुन थालेको हो ।

बिहिबार प्रशारण भएको पहिलो भागमा राजनीतिक व्यङ्यमा भारतले गरेको सीमा अतिक्रमणका विषयलाई चोटिलो रुपमा प्रस्तुत गरिएको छ भने घरवेटी र भाडावालका कुराका साथै अन्य समसामयिक विषय उठान गरिएको छ ।

उत्सव केसी मुख्य सहायक निर्देशक रहेको यो हाँस्य टेलिश्रृङ्खलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम वस्नेत, मुकुन्द मैनाली, सुशीला निरौला, उत्सव केसी, गीता नेपाल, विमला गौतम, सुमितकुमार घिमिरे, सबिता गजमेर, पूरुषोत्तम खडका, मनिता डंगोल, सागर खडका, सरस्वती पाण्डे, कृष्णभिरलगायतका कलाकारको अभिनय रहेको छ ।

दीपक रायमाझीको प्रकाश, लक्ष्मी मल्लको श्रृङ्गार, राजु श्रेष्ठको छायाँकन, पुष्कर सुनुवारको सङ्गीत, चिरञ्जिवि भण्डारीको गायन रहेको यो टेलिश्रृङ्खलामा सरिता गौतमको सम्पादन रहेको छ ।

तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति रहेको यो हाँस्य टेलिश्रृङ्खलाको कार्यकारी निर्माता उज्मा केसी र श्रीतिजा केसी रहेका छन् ।