कृष्णराज पाण्डे,
भारतीय एयरपोर्ट मा नेपालीहरु लाइ भारत को अध्यागमन कर्मचारीहरुले प्लेन चढ्न बाट रोक्दै आएका छन् । लाखौँ नेपाली यात्रु हरु यात्रा का क्रम मा बिचल्ली मा पर्दै र पैसा को नाश हुँदा पनि, भारत र नेपाल को नेत्रित्व ले नेपाली यात्रीहरुलाई भारत बाट न उड्न सूचना पनि निकालेको छैन। यस्तो गैर जिम्मेदारी र लापरवाही ले गर्दा आज पनि कुनै न कुनै नेपालीलाइ भारतीय एयरपोर्टबाट फिर्ता पठाइदैछ ।
हुन त नेपाली जनता मा लोकप्रियता पाउन, चुनाव जित्न वा राष्ट्रवादी को पदवी पाउनका लागि भारत र भारतीयता लाई भरपूर गाली गरेर श्रापे पुगने रहेछ तर भारत मा नेपालीहरु भारतीयहरु बाट ठगिने , लुटिने र अनावश्यक दुख पाउने गरेको कुरा पनि उत्तिकै सत्य हो । जसको कुनै सुनुवाई र क्षतिपूर्ति हुन् सकिरहेको देखिदैन । नेपालीहरु रोजी रोटी को लागि भारत जानु परेको होस् , किनमेल , औषधि उपचार या नाता गोता मा जाँदा किन न होस् सीमा पार हुना साथ रिक्सा , जीप , बस ,ट्रेन ,पसले , होटेल , रेस्टुरेन्ट ,अस्पताल , क्लिनिक जो सुकैले ” शिकार ” पाएका हुन्छन र मनपरी पैसा असुल्छन , ठग्छन र यदाकदा जबर्जस्ती पैसा खोस्छन पनि , गाली र अमर्यादित व्यवहार गर्छन तर देखने कसै ले केहि बोल्दैन । यी कुराहरु तत्काल नेपाल प्रहरी, नेपाली दूतावास , र नेपाल भारत सीमा अधिकारी हरुको नियमित संयुक्त बैठक मा पटक पटक पेश हुन्छन तर कहिले पनि सकारात्मक नतीजा आएको कुरा सार्वजनिक भएको छैन ।यस्ता पीडा पाई रहनु नेपाली को नीयति भै सकेको छ ।
भारतीय अध्यागमन कर्मचारीहरुले माग्छन नेपालीको पासपोर्ट मा भारतीय विसा र इन्ट्री
नेपाली हरु भारत को बाटो बाट, खास गरेर नया दिल्ली बाट विदेश को हवाई यात्रा गर्दा भाडा मा निकै अन्तर पर्ने हुनाले सस्तो र सुलभ यात्रा को लागि तथा मध्य देखि पश्चिम नेपाल का नेपाली हरुका लागि दिल्ली निकै छोटो र कम खर्च मा पुगिने हुनाले पैसा र समय को बचत को लागि दिल्ली एयरपोर्ट नेपालि को रोजाइमा पर्ने गर्दछ । तर अब दिल्ली को एयरपोर्ट को अध्यागमन ले नेपाली पासपोर्टधारी लाइ अमेरिका , युरोप का देशहरु र अस्ट्रेलिया समेत जानलाइ ‘ प्रस्थान ‘ आज्ञा दिने डेस्क मा ”नेपाल बाट भारत मा प्रवेश गरेको वीजा ” छाप ” देखाउनुस भन्छ । यात्री यो प्रश्न सुनेर अक्मकिन्छ, चकित पर्छ र पछि कर्मचारी लाइ नेपाल भारत को खुल्ला सीमा र स्वतन्त्र आवागमन बारे थाहा नहोला भन्ने ठानी यस बारेमा कुरा बुझाउन खोज्छ । ऐयर्लाइन्स का अफिसरले पनि कुरा प्रस्टयाउन कोशिस गर्छन तर इमिग्रेशन का कर्मचारी ले ” स्टाम्प ” बाहेक अरु शब्द न सुन्न चाहन्छन र न त बोल्न नै चाहन्छन ।
यात्रीले नेपाली दूतावास को नोटिसबोर्ड मा टासिएको खाडी का नौ वटा देश जान परेमा दूतावास को सिफारिस ( नो अब्जेकसन् सर्टिफिकेट ) चाहिने भन्ने सूचना को फोटो र नेपाल बाट सोझै दिल्ली जाने अन्तरराष्ट्रिय यात्रा का बस या सीमा क्षेत्र बाट दिल्ल्ली जाने बस या ट्रेन को टिकेट पेश गर्दा पनि उसले वापस नेपाल गएर काठमांडू बाट अध्यागमन को स्टाम्प लगाएर प्लेन चढेर दिल्ली ऐरपोर्ट आए पछि बल्ल विचार हुनेछ भन्छन र प्रस्थान आज्ञा दिन हाकिम कारिन्दा सब ले इन्कार गर्ने गरेका छन् ।
यात्री ले दूतावास को हट लाइन मा कनटक्ट् गरेर इमिग्रेशन अधिकारीलाई कुरा गराउन खोज्दा भारतीय अधिकारी ले दूतावास को अधिकारी संग हाम्रो पदीय समानता छैन हामीले कुरा गर्न मिल्दैन भन्छन र फोन नै छुदैनन । आखिर मा यात्री निरुपाय हुन्छ । प्लेन छुट्छ ।
ऐयर्लाइन्स मा बुझाई सकेको माल सामान फिर्ता लिन कम गाह्रो हुँदैन । मुडकी बल देखायेपछी जुन सुकै स्तरको यात्री होस् के नै गर्न सक्छ र ? यात्री माल सामान र बालबच्चा पनि छन भने सबलाई बोक्दै दूतावास पुग्छ , दुखेसो सुनाउछ , दूतावास त्यस्ता घटना सुन्दै आएको आजिज र निरुपाय रहेछ । त्यहाँ बाट कुनै एक थोक पत्र लेखेर दिन्छ अनि यात्री इन्टर्नेशनल टिकट को लागि दौडछ, कति दिन पछिको टिकेट पाइन्छ ? टिकट को अन्तर रकम कति तिर्नु पर्दछ , अर्को उडान सम्म के खाएर कहाँ बस्ने ? गन्तव्य देश को डोमेस्टिक ले पहिलेको टिकेट मा नमिलाई दिएमा फेरी कहाँ बाट रकम को जोहो गर्ने हो ? अचानक अप्रत्यासित समस्या को चांग लाग्न पुग्छ । समय र धन को सत्यानाश । ‘चोक्टा खान गएकी बुढी झोल मा डुबी ‘ भन्ने उखान चरितार्थ हुने गरेको छ । अझ रमाइलो त के भने दूतावास को सिफारिस पत्र लिएर दोश्रो पटक गए पछी इमिग्रशन ले त्यो पत्र प्रायः हेर्दै हेर्दैन , जानुस भनि हाल्छ ।
बोरडर मा न त हुन्छ इन्ट्री न त लगाइञ्छ विसा
नेपाल र भारत को बीच को पारम्परिक मधुर सम्बन्ध र सन्धि सम्झौता अनुसार पनि कुनै वीसा पासपोर्ट को जरुरत पर्दैन र इन्ट्री को प्रावधान छैन । तसर्थ यस्तो अवस्था मा पासपोर्ट मा छाप लगाएको हुनु पर्ने भन्ने अत्तो थाप्नु दुख दिने बाहेक अरु के हुन् सक्छ ?
नेपाल बाट भारत मा कहिले प्रवेश गरेको भन्ने ऐरपोर्ट को अध्यागमन को प्रश्न को उत्तर मा , नेपाल बाट सोझै दिल्ली जाने नेपालि नम्बर को बस को टिकेट या सीमा क्षेत्र बाट दिल्ली जाने बस या ट्रेन को टिकेट दिदा पनि न मान्ने रहेछन । प्रश्न राख्ने तर उत्तर न मान्ने कस्तो अचम्म । यात्री ले ऐयेर टिकेट , बस को टिकेट , विदेश को वीजा , दूतावास को सूचना को फोटोकपी , दूतावास को छुट्टै पत्र , समेत का कागज मा पहिला पटक मा नै ” प्रस्थान आज्ञा” पायो भने धन्यवाद भन्नु पर्ने अवस्था रहेछ ।
भारतीय अध्यागमन लाइ न त् छ कानूनको ज्ञान न त गर्न चाहन्छन कानून को पालन
एवं प्रकार ले हेर्दा दिल्ली ऐयेरपोर्ट मा अध्यागमन ले नेपाली को हक मा कुनै नियम कानून को पालन नहुने , आफ्नो मन ले काम गर्ने रहेछन । प्रस्थान आज्ञा न पाएको यात्री को अकारण मा धन र समय को नाश हुन्छ , परदेश मा झन् ठूलो पीडा हुन्छ । अध्यागमन को यस्तो अकारण र बदनीयतले नेपाली यात्री ले बेहोर्नु परेको क्षति पूर्ति ती कर्मचारी बाट भराई पाउन नेपाल सरकार नै अघि सरेर कारवाही चलाउनु पर्ने देखिन्छ । अन्यथा दुवै देश का सरकार ले एक अर्का संग मित्रता को दम भरेर मीठा मीठा कुरा गरि रहदा यात्री ले अकारण मा दुख उठायी रहनु राम्रो होइन । नेपाल सरकार ले आफ्नो नागरिक लाइ उडान र वापसी को नियमित सरल वातावरण बनाउन नसके सम्म र अकारण दुख भोगाई मा परेका लाई क्षतिपूर्ति को कारवाही मा पहल गर्न न सके सम्म नेपाली नागरिक् हरु ले अनावश्यक दुख खेप्न लाई भारतीय ऐयेर पोर्ट प्रयोग नगर्न सचेत गराउनु पनि नेपाल सरकार कै दायित्व देखिन्छ ।
प्रवेश आज्ञा को यात्रीलाई प्रस्थान मा जान भनिन्छ
अझ एउटा हास्यास्पद कुरा पनि छ । नेपालि यात्री कुनै देश बाट दिल्ली ऐरपोर्ट मा झरे पछी ” निकास ” लिन ”प्रवेश आज्ञा ” को लाइन मा जाँदा अध्यागम का कर्मचारी ले अध्यागमन को ” प्रस्थान ” को बाटो मा गएर इमिग्रशन गराउनुस भन्छन । यात्री ले बाहिर उडान गर्ने यात्री र बाहिर बाट फर्के का यात्री को आउने जाने बाटो नै अलग हुन्छ म विदेश उड्ने होइन विदेश बाट आएकोले ”प्रस्थान आज्ञा ” को लाइन मा त मेरो प्रवेश नै हुन् सक्दैन भन्दा ”जसरी जान सक्छौ जाउ” भन्छन ।अब यात्री संग उपाय के, उ कहाँ जाने भयो त ? उ न त बाहिर निकल्न सक्छ न त अन्त कतै हिड्न मिल्छ । उ त त्यहीं किलो गाडिए झैं हुने भयो ।
नौ देशको लागि आवश्यक छ दूतावास को सिफारिश
भारतीय अध्यागमन लाई यस्तो काम गरेर कुनै लाभ प्राप्त हुने होइन अनि उसले नेपाली लाई यसरी अकारण मा दुख दिनु को तात्पर्य र नेपाल सरकार र सरोकारवाला हरु यति हद सम्म निरुपाय भएर चुप लागेर अन्याय सहनु आश्चर्य को कुरा हो ।
नेपाली दूतावास दिल्ली ले ९ वटा देश ( कुवेत , सउदीअरब , लेबनान ,यु ये इ , ईराक , लीबिया , कतार , ओमान ,बहराइन ) जान लायी हाम्रो नो अब्जेक्सन सर्टिफिकेट लिएर मात्र जान दिनु भनि भारतीय इमिग्रेशन लाइ भनेको रहेछ र त्यसको सूचना दूतावास मा टासेको रहेछ तर सो बाहेक का अन्य देश जाने यात्री ले एयरपोर्ट मा जो संग पनि नो अब्जेक्सन मागिन्छ भन्ने कुरा सुनेर पहिले नै नो अब्जेक्सन लेखि दिनोस भनेर दूतावास मा जाँदा रहेछन र दूतावास ले अरु देश जान लाई कुनै रोक छैन हाम्रो सूचनापाटी बाट सूचना को फोटो खिचेर लानुस भन्दो रहेछ तर इमिग्रेशन ले त्यसलाई मान्छ या मान्दैन यो उसको कुरा रहेछ ।
विदेस मा नेपाली को समस्या नेपाली सरकार को जिम्मेवारी
नेपालीहरुलाई बिदेस मा के कस्तो समस्या आउन सक्छ र कस्तो समस्या आएको छ, यो समस्त नेपाली हरुलाई खबर गर्नु प्रथम जिम्मेवारी नेपाल सरकार को हो । लाखौँ नेपालीहरु भारत एयरपोर्ट बाट के के कारण र बिना कारण फिर्ता भएका छन्, समस्त नेपालीहरुलाई खबर गराउन नेपाली सरकार र राजदुताबास फेल भएका छन् ।
नेपालीले भारत बाट उड्न छोडे हुन्छ भारत देश र भारतिय बिमान संचालक कै नोक्सान
भारतीय अध्यागमन को यो व्यवहार बाट नेपालि यात्री भारतीय एर पोर्ट प्रयोग गर्न अनिच्छुक हुदै गएको छ र भविष्य मा यसमा उल्लेख्य कमी हुने निश्चित छ यस बाट भारतीय पर्यटन, उद्योग व्यवसाय र येयर्लाइन्स हरुलाई नै घाटा हुन्छ, भारतको विश्व समुदाय मा छवी बिग्रने कुरा निश्चित छ र नेपाल भारत को यति राम्रो सम्बन्ध केहि कर्मचारीको गल्ती वा बद नीयत ले प्रभावित भै रहेको छ ।
संसारमा हुंदैन दुवै देश को बोर्डर मा चेक, नेपाल र भारत मा मात्र
नेपाल बाट भारत र भारत बाट नेपाल जाने लाई दुवै तिर सुरक्षा जांच हुने गरेको छ तर आफनो देशको नागरीक लाई आफनै देश भित्र प्रहरीले अकारण चेक गर्न मिल्ने होइन । चेक आगमन मा हुने हो, प्रस्थान मा होइन ।
सामान्य यात्रुलाइ बिना दुख दिएर कसरी हुन सक्छ नेपाल र भारत को बोर्डर सुरक्षित
आज को जस्तो विकसित् टेक्नोलोजी ले बोर्डर को समस्या लाइ समाधान गर्न सक्छ । अझ नेपाल भारत को बोर्डर मा नेपाली ले भोग्ने गरे का अप्रत्यासित समस्या र भारतीय चेक पोस्ट ले दिने गरेको दुख, अप्रवासन समस्या र अपराधीले नेपाल मा अड्डा न बनाउन भन्ना का लागि त बन्द बोर्डर को लागी विचार हुनु पर्दछ । पर्खाल लगाएर बोर्डर मै सरल आवागमन इन्ट्री सिस्टम गर्न राम्रो देखिन्छ । यसको अतिरिक्त भारतमा अकारण दुख पाएको नेपालीका लागि भारतिय अदालतमा क्षतिपूर्ति को लागि मुद्दा हाल्ने अधिकार दूतावासलाई दिएर नागरिक को सुरक्षा मा बल पुर्याउन आवश्यक छ ।