रामलाई झापामा भब्य स्वागत,रामले एअरपोर्टमै आँसु खसाले यस्तोसम्म भयो (भिडियो हेर्नुहोस)

Spread the love

भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु आज गृहजिल्ला झापामा आइपुगेका छन । भोइस अफ नेपालको फाइनल नजिकिदै गर्दा भोटको अपिल साथै आफन्त र साथिभाइ भेटघाट गर्न झापा पुगेका राम एअरपोर्ट पुग्ने बित्तिकै धेरै संख्यामा उपस्थित उनका समर्थक तथा आफन्तले गरेको स्वागतमा राम लिम्बुले भावुक हुँदै आँसु नै खसाले ।

झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन । सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन ।

सधै घरमा गित गाएरै बस्ने रामले अहिले देश तथा बिदेशमा तहल्का नै पिटिरहेका छन । झापा भद्रपुरको बिमानस्थलमा पुग्नेबित्तिकै धेरै मान्छेले एकै स्वरमा राम लिम्बू भन्ने आवाज आइरहेको थियो । आज उनि आफ्नो गृहजिल्लामा पुगेपछि हजारौं संख्यामा मान्छेको भिड थियो । एअरपोर्टमा उर्लिएको जनसागर र त्यहाँ गरिएको भब्य स्वागत देखेर रामले आँखाबाट आँसु नै थाम्न सकेनन तलको भिडियोमा हेर्नुहोला ।