कौडा चुट्का “के छ खबर”को गीतको भिडियो

Spread the love

काठमाडौं /अहिलेको युवा पुस्तामा निकै नै चर्चित गायिका मेलिना राई र युवा गायक राजु गुरुङको कौडा चुट्का “के छ खबर”को भिडियो सार्वजनिक भएको छ । बहु प्रतिभाशाली गायक राजु गुरुङ नेपालको पहिलो एतिहासिक तथा चर्चित कार्यक्रम लोक स्टारको टप ११ सम्म पुन सफल हुनुको साथ साथै धेरै दर्शकहरुको मन जित्न सफल भईसकेका छन् |गायक राजु गुरुङलाई (मान्छे एक प्रतिभा अनेक) भन्दा फरक नपर्ला | दर्शकहरुको माया,साथ् अनि हौसलाले नै गर्दा कौडा चुट्का “के छ खबर” बजारमा ल्याएका छन् | यो गीत कौडा छुटका “के छ खबर” टिपिकल मौलिक संस्कृति खालको रहेको छ।

उक्त “के छ खबर” गीतमा,संगीत संयोजन तेजेन्द्र गुरुङको रहेको छ । गायक राजु गुरुङलाई स्चरमा स्वर मिलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । गायक राजु गुरुङको उक्त गीतमा चर्चित मोडेलहरु सन्तोष थापा मगर,संदेश गुरुङ,बिमल गुरुङ,लक्ष्मी पुन मगर,लक्ष्मी गुरुङ,पार्वती गुरुङ,बबिता गुरुङ,सुमित्रा गुरुङ(बिनिता),श्रीस्ती गुरुङ,दिपांजलि गुरुङ,प्रजिना गुरुङ,रसु गुरुङ,कृति केसी लगायतले अभिनयमा साथ दिएका छन् | “के छ खबर” गीतमा शब्द संगीत चर्चित संगीतकार आर.के.गुरुंगको रहेको छ,भने गीतको भिडियोमा निर्देशन दिप गुरुंगले गरेको छ । छायांकनमा मधुर बस्नेत,मेक अपमा पवित्रा गुरुङ,नृत्यमा पश्चिमान्चल कल्चर ग्रुपले जिम्मेवारी सम्हालेको छ भने सम्पादन सुजन शाहीको रहेको छ ।

गीतको भिडियो सोंचे भन्दा राम्रो मौलिक संस्कृति झल्किने र भिडियोम आफ्नै गाउँ ठाउँको मौलिक भेष भुषा झल्किने बडा रमाईलो खालको बनेको छ| गीतको भिडियोलाई गायक राजु गुरुङको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ | गायक राजु गुरुङले सबै गीत संगीत प्रेमिहरुमाझ आगामी दिनमा अरु सांगीतिक कोसेलीहरु पनि आफनै युट्युब च्यानलमा आउने जानकारि गराउंदै आफ्नो युट्युब च्यानल (राजु तोलंगी गुरुङ) लाई सबस्क्राईब गर्नको लागि अनुरोध गरेका छन् ।

हेरौं कौडा चुट्का “के छ खबर”को गीतको भिडियो