माेडर्नमा शैक्षिक व्यापारिक महाेत्सव

Spread the love

माेडर्न बाेर्डिङ्ग स्कूल दधिकाेट भक्तपुरमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूकाे आयाेजनामा शैक्षिक महाेत्सव सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त महाेत्सव विद्यार्थीहरूले ब्रिटिस काउन्सिल अन्तर्गत ISA परियोजना अन्तर्गत ‘आत्मनिर्भरताका लागि स्वराेजगार’ आयाेजना गरेका हुन् ।

महाेत्सवमा विद्यार्थीहरूले परियोजना अन्तर्गत सिकेका ज्ञान, सीप र प्रविधिलाई विभिन्न स्टलहरूमा व्यवस्थित रूपमा राखेर अवलोकनकर्तालाई बिक्री गरेका थिए । स्टलहरूमा विद्यार्थीहरूले खानाका परिकारहरू समेत आफैले बनाएर तयार गरी राखेका थिए । म:म, आलुचप, पपकर्न, पानीपुरी लगायतका विभिन्न खानाका परिकार महाेत्सवमा राखिएका थिए ।

यसैगरी महाेत्सवकाे उद्घाटन कार्यक्रम कक्षा दशका विद्यार्थीहरूले गरेका थिए ।

महाेत्सवमा रमाइला खेल तथा नाचगानका स्टलहरू राखेर आगन्तुकहरूलाई रमाइलो पनि गराइएको थियोे । यसैगरी विद्यार्थीहरूले आत्मनिर्भरताका लागि स्वराेजगरमूलक सीप जस्तै: कपडाको झाेला बनाउने, पेन्टिङका फ्रेमहरू बनाउने, खेलाैना तथा कुसन बनाउने, जुत्ता तथा चप्पल बनाउने, कागजका साना ठूला खामहरू बनाउने आदि तालिम समेत लिएर उनीहरू आफैले बनाएका सामानहरू पनि स्टलहरूमा राखेर बिक्रीवितरण गरेका थिए ।

उक्त महाेत्सवकाे आयाेजनाले एकातिर विद्यार्थी र आगन्तुकहरूलाई मनाेरञ्जन प्राप्त भएको र अर्कोतिर विद्यार्थीहरू आफैले सीप सिकेर ती सीपलाई अरू सामु प्रस्तुत गर्दा कितावी ज्ञान मात्र नभै ब्यावहारिक ज्ञान समेत प्राप्त भएको आयाेजक कक्षा ९ का विद्यार्थीहरूले प्रतिक्रिया दिए ।

महाेत्सवकाे अवलाेकन विद्यार्थीहरू, अभिभावक तथा विद्यालयका शिक्षक कर्मचारी लगायतले गरेका थिए । विद्यार्थीहरूले स्थानीय स्राेत र साधनलाई उपयाेग गरी तिनलाई व्यवसायिक उत्पादन गर्न सिक्नु कितावी ज्ञानभन्दा धेरै महत्त्वपूर्ण रहेको प्रतिक्रिया विद्यालयकाे प्रधानाध्यापक अनिल कसपालले दिए । यसैगरी आफ्नाे घरमा व्यवहारिक सीप नभएका आफ्ना नानीबाबुहरूले विद्यालयमा आफ्नै सामु यसरी विभिन्न वस्तुहरूकाे उत्पादन गरी महाेत्सव आयाेजना गर्दा आफूहरू अत्यन्तै खुसी भएको प्रतिक्रिया अभिभावकहरूकाे रहेको थियो । विद्यालयको २६ औं स्थापना दिवस पारी पाैष १ गते आयाेजित उक्त महाेत्सव दिउँसो १ बजेबाट शुरु भै बेलुकी ४ बजेसम्म सञ्चालन भएको थियो ।