खबरदार ! इशा एक्लै छ आवाज़ उठाउन सक्दैन भन्नेहरुलाई, रास्ट्र निर्माणको हरेक अभियानमा म इशा दिज्यु सँगै छु!

Spread the love

समाजसेवी लेखिका ज्वाला संग्रौलालेख्नुहुन्छ “यो पोस्ट समय भए शीरदेखि तिरसम्म पढेर प्रतिक्रिया दिनुहोला”
#Attention
बिनोद रानाभाट भाईलाई उद्गार गर्न दुखी गरिबबाट संकलन गरेको पैसामाथी रजाँई गर्ने उदेश्यले खोलिएको सहयोगी नेपाल नामक समितिका केहि लठैतहरुले समयमा पैसा पीडितहरुसमक्ष पुर्याउन पनि नसक्ने अनि अभियन्ता हरुको पनि कुरै नसुनी आफू खुसी पैसा झ्वाम पार्न जुन किसिमका षड्यन्त्रहरु रच्दै छन् , अब यिनीहरुलाई दोबाटोमा ल्याएर भाँटे कारबाही गर्नै पर्छ ।

बिनोद नेपाल पुगेको यतिका दिनसम्म पनि समितिमा पैसा राखेर त्यो पैसाको ब्याजले तिमीहरुले घर चलाउने सोचेका थियौ होला तर यो अभियानमा म , इशा दिज्यु लगाएत आजसम्म ईमानमा एउटा पनि खोट नलागेका मानिसहरु जोडिएका छौं र तिमीहरुलाई हल्का डर छ! समितिमा भएको पैसा पीडितहरुलाई एक एक लाखको दरले देऊ भनेर तिमीहरुलाई बार-बार हामीले भन्दै आईरहेका थियौं र छौ पनि ! तर तिमीहरुको चोर प्रबृति अझै पनि सुध्रिएनछ र अन्त्यमा बेलायत बाट इशाले धम्क्यायो भन्दै दिज्युको बेईजत गर्ने बहानामा अभियानको पैसा छाँयामा पार्ने कोशिस गर्दै रहेछौ!

ए नकचराहरुहो, लाज लाग्दैन अलिकति तिमीहरुलाई इशाले यस्तो भन्यो उस्तो भन्यो भन्न? इशा गुरुङलाई प्रश्न गर्नु अघि तिमी लुटेराहरुले आफ्नो अनुहार ऐनामा हेर बुझ्यौ ? गरिबको पैसा समितिमा गुम्स्यार राख्ने, संजालमा आएका पीडितहरुको डिटेल पठाउँदा पनि नागरिकता र गाबीसको सिफारिस माग्ने, बहाना माथी बहाना गर्ने अनि आफू पानीमाथीको ओभानो बन्न इशा गुरुङलाई आरोप लगाउने?? अर्को कुरो यदि कुनै पीडितलाई इशा गुरुङले २ लाख दिनुपर्छ भनेको हो भनेपनि त्यस्मा तिमी लाचार हरुले उपद्रो मच्चाउनु पर्ने केहि छैन!

किनकी इशा गुरुङले पीडितको बारेमा राम्रोसँह बुझेरै तिमीहरुलाई यो पीडितको बिराम जटिल छ दुईलाख दिनुहोला भनेको हुनसक्छ। यस्मा तिमी चोरका खन्तीहरुले बिबाद गर्नुपर्ने के छ? अनि इशाले धम्क्याएको पीडितले पनि पाएको त त्यहि एकलाख हो ! दुईलाख दियौ र ओ चोरमाथीका चण्डालहरु? यो अभियानको पैसा दुरुपयोग होला कि भनेर निरन्तर खबरदारी गर्ने , आफ्नो ड्युटी, परिवार र सब समय कटाएर निरन्तर फलो अप गर्ने अनि चाँडोभन्दा चाँडो पीड़ितलाई पैसा बाँडौ, समतिमा एकसुको नराखौ भनेर बार-बार आवाज उठाउने यदि कोहि छ भने त्यो इशा दिज्यु हो।

खबरदार !! एक्लै छ आवाज़ उठाउन सक्दैन , इशा डराउँछ, यस्लाई आरोप लगाएर केहि दिन बिबादमा ल्याएर यो पैसा ढाकछोप गर्न पाईन्छ भन्ने सपनामा पनि नसोच, रास्ट्र निर्माणको हरेक अभियानमा म इशा दिज्यु सँगै छु.!