प्रिती आलेको भुत्रो मायाजाल बिबादमा आएपछि पहिलोपटक मिडियामा:मलाइ सिध्याउने योजनामा बनाएका हुन

Spread the love

कमल सरगम -काठमान्डौ -गायिका प्रिती आले माथी ‘भुत्रो’शब्दलाइ लिएर सामाजिक संजालमा प्रसस्तै बिरोध आएको छ।उक्त बिषयलाइ आधार मानेर लोक दोहोरी प्रतिष्ठानलाई समेत प्रहार गर्न थालेपछि आलेले आफ्नो सामाजिक संजालमा स्पष्टीकरण दिएकी छिन।गीतमा प्रयोग भएको शब्द’भुत्रो’यस अगाडी पनि अन्य गीतमा प्रयोग भैसकेको र यो सामान्य रुपमा प्रयोग भैरहेको शब्द भएको उनको जिकिर छ भने यो शब्दले गर्दा दोहोरी प्रतिष्ठानले सजाय दिए भोग्न तयार रहेको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेकी छिन “यही गीतको कारण म संस्थाभित्र आवद्द रहन अयोग्य हुने अबस्था आउछ भने त्यो म हाँसी हाँसी स्विकार्न तयार छु । संस्थालाई अफ्ट्यारो नपरोस, मेरो गल्ती हो भने म सजायँको भागीदार हुनै पर्छ, मलाई संस्थाको विधानले निर्दिष्ट गरेको हदैसम्मको सजायँ गरियोस म भोग्न तयार छु । मेरो गीतले पारेको अफ्ट्यारो प्रति म संस्थागत अग्रज एवं सम्पुर्ण समकालीन साथीहरु संग अन्तर हृदय देखी नै माफी माग्न चाहन्छु ।’आलेले आफुले लोक गीतमा पीएचडी गरेकाहरु संग सल्लाह लिएर मात्रै उक्त गीत बजारमा ल्याएको बताएकी छिन। उनको भनाई जस्ताको तस्तै :