बाबु आमा दुबै बिते, दुई साना छोरीहरु मामाघरमै क्रिया बस्दै, गाउँले कोही पनि आएनन् (भिडियो)

Spread the love

पुजा बस्नेत उमेरले १४ बर्ष भईन् उनीसंगै ११ बर्षकी उनकी बहिनी पुष्पा बस्नेत पनि छिन् । केही बर्ष अघि उनीहरुले आफ्ना बाबु गुमाए । जण्डीस रोगबाट उनका बाबुको भारतको लखनउमा मृत्यू भयो । बाबुले छोडेर गएको दुई बर्ष पछि आमाले समेत छोडेर गइएन् । उपचारकै क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा सीता बस्नेतको ज्यान गएपछि त्यी बालीकाहरु अहिले साहारा बिहीन बनेका छन् । बाबु आमा नै नभएको र दुई छोरी मात्र भएकाले अहिले पोखराको मामाली गाउँमा उनीहरु क्रिया बसिरहेका छन् ।

पोखरामा उनीहरुको केही छैन । घर नेपालगंज रहेछ तर नेपालगंजबाट उनीहरुको लागी कोही पनि आएका छैनन् । मावली गाउँलेहरुले आफूले सहयोग गरेर काजक्रियाको काम भईरहेको बताईएको छ । कक्षा ८ र कक्षा ६ मा पढ्ने बालिकाहरुको अब कस्ले जिम्मेवारी लिने भन्ने कुरा समस्याको बिषय बनेको हो । हेर्नुहोस् यो स्थलगत रिपोर्ट ।