नेपाल आइडल भन्दा पुरानो कार्यक्रम खुल्ला मञ्च,लुकेका यस्ता राम्रा प्रतिभाको खोजी,अचम्मको कार्यक्रम (हेर्नुहोस भिडियो)

Spread the love

नेपाल आइडल भन्दा पुरानो,गाउँ गाउँम लुकेर रहेका प्रतिभाको खोजी गर्दै आएको कार्यक्रम खुल्ला मञ्च रहेको छ । झापाको दमकमा रहेको पाथीभरा एफ एमको एउटा गायन कार्यक्रम जसलाई दिपक ओलिले सन्चालन गर्छन । कार्यक्रम खुल्ला मन्च जसले हरेक हप्ता गाउँ तथा सहर जताततै लुकेर रहेका प्रतिभालाई स्थान दिने गर्छ । कार्यक्रम प्रस्तोता दिपक ओलि रचनाकार संगीतकार तथा गायक पनि हुन ।

नेपाली संगीत छेत्रमा निकै अनुभबी संगीतकार दिपक ओलिले सधै नयाँ कलाकारलाई अवसर दिने गरेका छन । दिपक ओलिको भर्खरै बजारमा आएको गित राम राम तिम्रो कसमले निकै चर्चा कमाएको पनि थियो । गित गाउन रहर हुने तर अवसर नपाएकाहरुका लागि खुल्ला मन्चले हौसला बढाउने काम पनि गरेको छ । निकै पुरानो कार्यक्रम मार्फत आफ्नो कला देखाएर आफुलाइ चिन्ने मौका पाएका धेरै कलाकारहरुले आफू नेपाली साङितिक छेत्रमा स्थापित नै गरिसकेका छन । धेरै भाग पार गरिसकेको खुल्ला मन्चको कार्यक्रममा पुग्दा अचम्ममै परेको थियो सुपर अनलाइन टिभी टिम ।

दुई सय भागको गौरभमय कार्यक्रम समेत गरिसकेको कार्यक्रम खुल्ला मन्चमा फोन मार्फत आफ्नो गायकी प्रस्तुत गर्ने गरिन्छ । नेपाल आइडल लगायत अन्य रियालिटी सो हरुको बारेमा थाहा नहुने अनि सारै नै बिकट गाउँ जहाँ टेलिभिजन सम्म नपुग्ने ठाउँसम्म पनि पाथिभरा एफएम मार्फत कार्यक्रम खुल्ला मन्च पुग्ने गर्छ। त्यहाँ सम्मका लुकेका प्रतिभा खोज्ने काम कार्यक्रम खुल्ला मञ्चले गर्छ । पछिल्लो समय निकै लोकप्रिय बन्दै छ । यस कार्यक्रममा विभिन्न हप्ता बिजय हुने बिजेताहरुलाई उपस्थिति गराएर फाइनलमा एक जना बिजेता बनाउने नियम रहेको छ ।

आज फाइनलको दिन विभिन्न हप्ताका बिजेताहरुलाइ पछि पार्दै झापाका दृस्टिबिहिन जेठा मुर्मु र इलामकी निशा पोखरेल आइपुगेका छन । उनिहरुले पालैपालो यसरी गित गाएर सुनाए कि सबै चकित नै परे । तर को बन्यो त बिजेता अनि कस्तो गाए त उनिहरुले तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ