आर्यन सी के – अबु धबी – संयुक्त अरब इमिरात
बाह्र बर्ष कुकुरको पुच्छर धुङ्ग्रामा राखे पनि निकाल्दा बाङ्गको बाङ्गै भने जस्तै नेपालमा जस्तो शासन , संबिधान नीति नियम बने पनि जब सम्म शासकको आचरण र चरित्रमा परिबर्तन आउदैन तबसम्म मुलुकमा सुधारका केहि काम पनि हुदैनन् । हुने बिरुवाको चिल्लो पात भने झैँ यदि कुनै ठोस नीति कार्यक्रम लिएर सकारात्मक ढंगले अगि बढ्ने भए सरकार अहिले सम्म बढी सक्थ्यो तर बिना तयारी योजना लक्ष्य र दृस्टी बिना भाषणमा एक दुइ पटक त विश्वास गर्लान त्यसपछि आलोचना र सामाजिक संजालमा ट्रोल हुन थाल्छन ।
के नेता कहिले जान्न चाहन्छन उनीहरुको पहिचान भाषणले होइन उनीहरुको नीति र कार्यबाट व्याख्या र परिभाषित हुनेछ त्यसैले चुपचाप कडा परिश्रम गरे उनीहरुको प्रचार सफलताले गर्ने छ, इतिहास अनि भावी पुस्ताले गर्ने छन् । तर तेती छिटै सुध्रने पक्षमा भने नेताहरु अझै छैनन् । त्यसैले अब हामी जनताहरु सचेत भै गाली गलौज भन्दा बुद्दिमत्ता अपनाई आउने हरेक चुनाबहरुमा उम्मेदवारहरुलाई निम्न बुदाहरुमा लिखित कबुलनामा गराई खबरदारी गर्ने जिम्मा अब तपाई हामी युवाहरुको हो । भोटको लागि एक महिना मरिहत्ते गर्ने जिते पछि क्षेत्रमा विकास त के फर्कदा पनि नफर्कने नेताहरुको लागि यो हर्कत तलको प्रक्रियाले एउटा कोसेढुंगा साबित हुन सक्छ।
१) सम्बन्धित चुनाब क्षेत्रमा भएको बाटोघाटो, बिजुली पानी गुणस्तरिय शिक्षा तथा सुलभ स्वास्थ्यको सुनिश्चित गर्ने, बिधालय, अस्पतालको भवन, तथा गुणस्तर सुधार तथा उन्नतिमा ध्यान दिने (आफ्नो क्षेत्रको उपरोक्त बिषयका नाम सहित उल्लेख गर्ने)।
२) चुनाब क्षेत्रमा भएका युवाहरुको तथ्याड़क संकलन गरि रोजगारका अबसर सृजनाको लागि पहल गर्ने र खेलखुद का लागि स्थानानुकुल भवन र भलिबल तथा फुटबलको साथै अन्य खेलको लागि मैदान निर्माण गर्न सहयोग र बिशेस पहल गर्ने।
३) गरिब निमुखा, बृद्द,अशक्त र महिलाहरुको लाभयुक्त परियोजनाको विकल्प खोज्ने र सुरु गर्ने ।
४) चुनाबी क्षेत्रमा रहेका किसानलाइ सरल सुलभ ऋण उपलब्ध गर्न पहल गरि बालि, खाधन्य, बाख्रापालन, कुखुरा, गाइ, भैसी, दुध, तरकारी फलफुल मा लाग्न उत्प्रेरित गरि राष्ट्रला
स्वस्थ, जैविक खानेकुरा उपलब्ध गर्न, तथा बिदेशी समानको आयातमा मा कमि पनि हुन्छ। त्यसो त भारत बाट आउने तरकारी, खाधन्य, माछा, मासुहरुमा बिषाधिहरु पाइएका छन्।
५) चुनाब क्षेत्रमा रहेका पौराणिक, पार्टी पौवा, बिश्राम र पर्यटन स्थलको पहिचान गरि त्यसलाई बिकाश गर्ने । र उत्पादनयुक्त जमिनको पहिचान गरि कृषि, तरकारी फलफुललाई प्राथमिकताका साथ अगाडी बढाउन उचित कदम चाल्ने र सम्बन्धित निकायमा समन्वय गर्ने ।
६) त्यही अनुसार उत्पादन बालि, बस्तुहरु र सामानको उचित मूल्य र बजारको ब्यबस्था सुनिश्चित गर्ने ।
७) क्षेत्रमा रहेका सरकारी कार्यालय रहेका कर्मचारीसंग निरन्तर बार्तालाभ गरि जनताको काजकाममा ढिला सुस्ती नगर्न सुझाब र निर्देशन दिने भ्रस्टाचार जस्ता कुराको अनुगमन गरि सचेत गराउन पहल गर्नु पर्ने।
८) आफ्नो क्षेत्रमा जहाँ जति बेला भैपरी आउने समस्या, प्राकृतिक प्रकोपलाई प्राथमिकता साथ स्वीकार गरि सहयोग गर्ने ।
९) बिजयपश्चात कम्तिमा पनि ३ महिनामा एकपटक चुनाबी क्षेत्रको भ्रमण गरि जनताका साथ सुखदुख साथ दिने र बचन बद्दता गरेका काम हरुको प्रगति बिबरण सार्बजनिक गर्ने । काममा भएका बाधा अड्चन भएर ढिलाई भए सम्बन्धित निकाय संग गरिएको लिखित् पत्राचार को प्रतिलिपि उपलब्ध गराउनु पर्ने।
१०) सांसद बनि सके पछि देशको संसदका हरेक बैठकमा उपस्थिति भै क्षेत्रका समस्या देश, संसद अनि सम्बन्धित निकाय सम्म राख्नु पर्ने।
११) चुनाबी क्षेत्रको भेटमा कुनै पनि भव्य, बाजागाजा बिना नै सामान्य छिटो छरितो बनाउने । फूलमाला खादा र अबिर को प्रयोग नगर्ने। त्यसो गर्दा जनता र नेता बीचको सम्बन्धमा निकटता हुन नसक्ने अनि नेता जनताका सेवक पनि भएकोले त्यसले राम्रो संदेश अनि शोभा दिदैन।
१२) आधिकारिक भ्रमण अथवा निजि भ्रमणमा र छुट्टीमा लामो समय देश वा विदेशमा जादा संसदीय क्षेत्रमा सूचना गर्नु पर्ने।
अन्त्यमा, नेताहरु बहादुर, निडर, बोल्ने र सबैसंग घुलमिल हुन्छन, त्यसका बाबजुद नेताहरुको एउटा मात्र डर चुनाबमा हुन्छ त्यो हो हार्ने डर, त्यसैले अब जाग्ने पालो हाम्रो हो हर कदमलाइ अब आलोचना, रिस र आवेगले मात्र होइन विवेकपूर्ण ढंगले एक जुट अनि जागरुक भै
चुनाबपूर्व उम्मेदवार संग यस्तै किसिममा प्रतिबद्दता सम्झौतामा हस्ताक्षर गरि राख्ने र बेला बेलामा याद दिलाउने तथा कुनै पनि काम प्रतिबद्दता पुरा नभए राष्ट्रिय पत्रिका र टि भी हरुमा प्रसारण गर्ने सके पक्कै पनि नेताहरुको आचरणमा अबश्य सुधार भै एउटा समृद् नेपालको परिकल्पना साकार हुन टेवा पुग्ने छ ।
धन्यवाद