झापाको दमकमा बिगत पन्ध्र दिनदेखी पाँच रुपैयाँमा सादा खाना दस रुपैयाँमा मासुभात अनि एक रुपैयाँमा सुत्ने होटलको ब्यबस्था गरेर दमकका युवाहरूले नेपालमै अचम्मको काम गरेका छन । दैनिक छ सयदेखी एक हजारसम्म मानिसहरुले त्यहाँ खाना खाइरहेको अभियानमा सक्रिय अभियानता कुमार राइले बताएका छन । कुमार राई योवन गुरुङ लगायतका दमकका धेरै समाजसेवी युवाहरुले चलाइरहेको कार्यक्रममा धेरैले सहयोग गरिरहेका छन ।
सस्तोमा खाना बाढ्दै गरेका युवा तथा समाजसेवीहरुलाइ विभिन्न कठिनाइ आइरहे पनि यो काम नरोकिने बताएका छन । यहाँबाट पाँच रुपैयाँ दस रुपैयाँ एक रुपैयाँ संकलन गरिएको पैसा इलामका दुबै मृगौला फेल भएका शुक्रराज लिम्बुलाइ उपचारका लागि खर्छ गरिदै गरिएको छ । काठमाडौमा उपचारकै क्रममा रहेका पच्चिस बर्सिय शुक्रराज लिम्बूलाई यो सानो सहयोग पनि निकै ठूलो बनेको छ ।
त्यसैपनी बाटोमा चिसोमा सुतेका सडक बालकदेखि वृद्धबृदाहरुको लागि पनि निकै राहत मिलेको छ । गरिब दुखीहरुका लागि यो अभियान सुरु गरिएको बताउने कुमार राई पछिल्लो समय निकै सामाजिक कार्यमा अघि सर्दै आएका छन । बिगत पन्ध्र दिनदेखि चलाइएको सहयोगार्थ कार्यक्रममा मान्छेहरुको भिड दिनानुदिन बढ्दै गएको पाइएको छ । अहिलेसम्ममा कति पैसा उठ्यो त अभियानबाट तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ