बालुवाखानी चोकमा निःशुल्क स्वास्थ्य शिबिर हुने

Spread the love

माघ २ काठमाण्डौ । बुढानिलकष्ठ नगरपालिका वडा नं १० रहको बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लिले यहि माघ ४ गते शनिबार निःशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । शिबिरमा जनरल फिजिसियन, बालरोग, प्रसुति स्त्री तथा निःशन्तान, हाडजोर्नी तथा नशा, दन्तरोग, फिजियोथेरापी सेवा , सामान्य डेसिङ लगायतको सेवा उपलब्ध गराईने हेल्थ केयरका अध्यक्ष श्रीराम अधिकारीले बताए ।

अधिकारीका अनुसार स्वास्थय शिबिरमा ई.सि.जि, डिजिटल एक्स र सेवामा २० प्रतिशत छुटको ब्यबस्था गरिएको छ । शिबिरमा सिनियर कन्सलटेन्ट डा. एस.बी खड्का, बालरोग बिशेषक्ष सिनियर कन्सलटेन्ट गणेश श्रेष्ठ, सिनियर कन्सलटेन्ट श्रीप्रसाद अधिकारी,डा अनिल कुमार गुप्ता, डा सजनी बस्नेत नेपाल लगायतको चिकित्सक टोलीले सेवा दिने शिबिर संयोजक बिष्णु गिरीले जानकारी दिए ।

हेल्थ केयरले फरक अनुभव सहितको स्वास्थ्य सेवा उपलब्ध गराएको बालुवाखानी हेल्थ केयरले पहिलो पटक स्वास्थ्य शिबिर आयोजना गरेको संञ्चालक गोपाल केसीले बताए । केसीका अनुसार स्वास्थय शिबिरमा आएकाको चिकित्सकको सल्लाह अनुसार सुगरको निःशुलक जाँच तथा प्याथोलोजी ल्याबमा ३० प्रतिशतको छुटको ब्यबस्था गरेको जानकारी दिए । शिबिरको ब्यबस्थन गरिरहेका सुनिल केसीका अनुसार स्वास्थ्य शिबिरमा ५०० जनाको निःशुलक स्वास्थ्य परिक्षण गर्ने तथा औषधी बितरण गर्ने तयारी रहेको जानकारी दिए ।

बिहान ९बजे देखि शुरु हुने स्वास्थ्य शिबिर दिनको २ बजे सम्म संञ्चालन हुनेछ । हेल्थ केयरका अध्यक्ष श्रीराम अधिकारीले कमिशन रहित सहुलियतपुर्ण गुणस्तरीय स्वास्थ्य परिक्षण हाम्रो अभियान अन्तर्गत बुढानिलकष्ठ क्षेत्रका जनतालाई ध्यानमा राखी स्थापना गरेको बताउँदै सोही अनुसार स्वास्थ शिबिरको आयोजना गरेको बताए । बढ्दो शहरीकरण र प्रदूषणका कारण राजधानीमा अप्रत्याशित रूपमा बढिरहेको बिरामीहरूको स्वास्थ्य समस्यालाई समाधान गर्ने परामर्श सेवा पनि शिबिरमा उपलब्ध गराईने छ । हेल्थ केयरमा अध्यक्ष अधिकारीले भने हामीले अहिले नाफामुखी भन्दा पनि सेवामुखी भावनाले स्वास्थ्य सेवा दिन खोजिरहेका छौं।

शिबिरमा बुढानिलकष्ठ नगरपालिकाका बडा नं १०,११ र १२ बडाका जनताले प्रत्यक्ष लाभ लिनेर ५०० भन्दा बढीले स्वास्थ्य परिक्षण गर्ने हेल्थ केयरले जनाएको छ । शिबिर संञ्चालनमा बु.न.पा १० बडाले स्थानीय क्लव तथा सामाजिक संघ संस्थाले पनि सहयोग गरेका छन ।