दोबाटे टिमको “आमा” हेर्दा कस्को मन रुदैन होला! मनै रुवाउने भिडियो आँसु आउनेछ

Spread the love

दोबाटे टिमले अर्को मनै छुने कथामा आमा नामक सिरियल प्रसारणमा ल्याएको छ । हिन्दी सिरियललाई टक्कर दिदै नयाँ नेपाली रुवाउने सिरियल आमा प्रसारण भएको हो । आमा नेपाल फोकस टिभी बाट आएको हो । नेपालमा हास्य टेलि श्रृङखलाहरुले राज गरिरहेकै बेला सबैको मनै छुने धाराबाहिक आमा नामक श्रृङखलाको तेस्रो भाग आएको छ । आमामा मौलिक कथा जो हरेक नेपालीले आफ्नै कथा सम्झेर हेर्नेछन । हर घरको कहाँनि आमामा पाइनेछ ।

हास्य टेलिशृन्खला दोबाटेले हास्य जगतमा तहल्का मच्चाइरहदा त्यही दोबाटे टिमले नै नयाँ मनै छुने सिरियल तयार पारेका छन । दोबाटे तथा अन्य धेरै सिरियलमा बुढोको भुमिकामा देखा परिरहने समीर सुबेदि पनि आफ्नै साधारण अनुहारमा मुख्य भुमिकामा देखा परेका छन दोबाटेमा चिबे बुढोको भुमिकामा अभिनय गरेर निकै चर्चा कमाएका संचारकर्मी तथा कलाकार समीर सुबेदीले आमा सिरियलमा सोझो छोराको भुमिकामा अभिनय गरेका छन ।

दोबाटेका निर्देशक हरेन्द्र खत्रीको पनि अभिनय तथा लेखन निर्देशन रहेको छ । संचारकर्मी तथा समाजसेवी प्रजिता दङ्गाल आमाको मुख्य भुमिकामा देख्न सकिन्छ । दोबाटेमा सधै निशा सोझीको चरित्रमा देखा परेकी थिइन भने आमामा उनको बेग्लै प्रस्तुति देख्न सकिन्छ । आमामा घरमा सासू बुहारिको झगडाले उत्पन्न गराउने ब्यथा अनि घरमा परेको असरको बारेमा अचम्मकै तरिकाबाट प्रस्तुति गरिएको छ ।

आमालाई छोराले गर्ने माया अनि श्रीमतीको व्यबहारबाट बाध्य भएर आमालाई नै घरबाट निकाल्नुपर्ने बाध्यतालाई सरल रुपमा देखाइएको छ । आमालाई माया गर्नेले हेर्नुहोला एकपटक आमा हेरिसकेपछी कस्को मन रुदैन होला! । तलको भिडियो हेर्नुहोला