अँधेरी रातमा कञ्चनपुरमा एउटी आमालाई बेथाले च्यापिरहेको थियो । उनी प्रसव पीडाले छट्पटाउँदै र चिच्याउँदै थिइन् । निकैपछि भर्खर जन्मेको बच्चाको आवाज आयो । छोरी जन्म भयो ।
खुसीले मगमगाउँदै थिए बुवाआमा । नयाँ जामाले भन्दै थिए, घरमा छोरीको आगमन भएको छ । देवीको आगमन भएको छ, अब घरका सबै दुःख कष्ट हराउने छन् ।
मेरो न्वारनको दिनमा सबैले मेरो नाम लेखे । बाबाले मेरो नाम ‘निर्मला’ राखे । मलाई डाक्टर बनाउने सपना देखे ।
गरिबीले जीवनमा सयाैं परीक्षा लियो । तर, छोरीलाई पढाएर डाक्टर बनाउँछु भन्ने चाहना मेरी आमाको मनमा थियो । सयांै कष्ट झेल्नुप¥यो मेरो पढाइका लागि, तर, उनले कहिल्यै हार खाइनन् ।